काठमाडौं । भातृत्प विकास बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति अध्यक्षमा कृष्णबहादुर सुनुवार निर्विरोधन निर्वाचित भएका छन् । संस्थाको ९औं वार्षिक साधारणसभाले सुनुवारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै, संस्थाको उपाध्यक्षमा सागर शाक्य, सचिवमा आशिष महर्जन, सदस्यहरुमा रमेशकुमार श्रेष्ठ, रबिन्द्र मानन्धर, राजेन्द्रप्रसाद जोशी र उदय मान डंगोल निर्विरोध भएका छन् । लेखा समिति संयोजकमासदा क्षेत्री र सदस्यहरुमा राजकुमार कपाली र दिना डंगोल निर्विरोध भएका छन् ।
संस्थाको शेयर पूँजी ६७ लाख ९० हजार ५ सय ५२ रुपैयाँ छ । संसथाले ७ करोड ३ लाख ५३ हजार रुपैयाँ बचत संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाको खुद नाफा ७ लाख ४७ हजार ६ सय ८१ रुपैयाँ छ छ ।
संस्थाले विभिन्न व्यापार व्यवसायको लागि ऋण लगानी गर्नुका साथै वातावरण प्रदुषण नियन्त्रण एव्म स्वरोजगार प्रवद्र्धनको लागि सफा टेम्पोमा पनि लगानी गदै आएको छ । साधारणसभाले सेयर सदस्यहरुलाई ४.४७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को पौडीतर्फ २ सय मिटरको ब्यक्तिगत मिडलेसहित ४ विधामा कास्य पदक प्राप्त गर्न सफल भएका संस्थाका उपाध्यक्ष सागर शाक्यका छोरी एवं राष्ट्रिय पौडी खेलाडी तिसा शाक्यलाई कदर पत्रसहित सम्मान प्रदान गरिएको थियो ।