काठमाडौं । ‘शान्ति, उद्यमशिलता, पर्यटन र दिगो विकासका लागि परिवर्तनका संवाहक युवा’ भन्ने मूलनाराका साथ देशभरीका युवा संस्थाहरुको छाता संगठन आयोनको १४ औं बार्षिक साधारण सभा ललितपुर स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) प्रमुख आतिथि रहनु भएको थियो । यसैगरी बार्षिकोत्सव समारोहमा नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत विशिष्ट अतिथिको थिए । यसैगरी प्रतिनिधि सभाअन्र्तगत संसदको स्वास्थ्य तथा शिक्षा समितिकी सदस्य मनकुमारी जि सि विशेष अतिथिका रुपमा कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित भएका थिए ।
कार्यक्रममा आयोनका देशैभरबाट आएका प्रतिनिधिहरु, संयुक्त राष्ट्रसंघ लगाएत नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सामाकि संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाली नागरिक संगठनका अगुवाहरु, सामाजिक तथा युवा अभियन्ताहरु, प्राज्ञ, बुद्धिजिवि, विद्यर्थी नेताहरु उपस्थिति थिए ।
आयोनले १४ औं बार्षिक साधारण सभालाई सफल पार्ने क्रममा उद्घाटन कार्यक्रम भन्दा पहिले बृहत्तर यौनिकता शिक्षामा केन्द्रित वहस “युवा संग सांसद”कार्यक्रमको आयोजना गरेको थियो । करिव एक सयभन्दा बढि युवाहरु सहभागि उक्त कार्यक्रममा प्यानलिष्टको रुपमा राष्ट्रिय सभाका सांसद तथा राष्ट्रिय सभाअन्र्तगत दिगो बिकास तथा सुशासन समितिमा सदस्य डा. बिमला राई पौड्याल र प्रतिनिधि सभा सांसद तथा प्रतिनिधि सभाअन्र्तगत महिला तथा सामाजिक समितिको सदस्य लक्ष्मी परियार सहभागि थिए । उक्त युवासंग सांसद वहसको सहजीकरण आयोनका कार्य समिति सदस्य सोविता गौतमले गरेका हुन् ।
चौंधौ बार्षिकोत्सवको अवसरमा आयोनले युवा अभियन्ता तथा आयोनका संस्थापक अध्यक्ष राजेन्द्र मुल्मीलाई सम्मान गरेको थियो । यसैगरी स्वयंसेवकहरुमध्ये उत्कृष्ट वन्न सफल भानुभक्त पाँण्डेलाई उत्कृष्ट स्ववंसेवक अवार्डबाट सम्मानित गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै सवै अतिथिहरुले आयोनले नेपाली युवाहरुको सर्वाङ्गिण विकासमा खेलेको भूमिका र योगदानको खुलेरै प्रसंशा गरे ।
कार्यक्रमका प्रमुख अतिथि जगतबहादुर सुनार (विश्वकर्मा)ले आयोनले युवामन्त्रालयको गठन हुनुपर्छ भन्ने अभियान थालेको त्यसपछि क्रमशः राष्ट्रिय युवा परिषद्को गठन प्रक्रिया, राष्ट्रि युवा नीति २०७२, युथ भिजन २०२५, नेपाल युवा रोजगार कार्ययोजना आदिमा महत्वपूर्ण तथा निर्णायक भूमिका निर्वाह गरे । उनले समग्र युवाहरुको गौरवमय संस्थाको रुपमाआफुलाइ स्थापित गराउन सफल भैकेको आयोनले युवा लक्ष्यित कार्यक्रम र युवा सरोकारका विषयमा निरन्तर गरिरहेको पैरवी तथा उर्जाशिल प्रयासहरुको खुलेर प्रसंशा गर्दै यस्ता कार्यहरुमा निरन्तरताको शुभकामना व्यक्त गरे ।
आयोनले नै प्रारम्भ गरेका केही महत्वपूर्ण कार्यक्रमहरु जस्तै विकासमा युवा साझेदारी कार्यक्रम आदीलाई युवा तथा खेलकुदमन्त्रालय अन्र्तगत स्थापित राष्ट्रिय युवा परिषद्ले समेत अवलम्वन गर्दै हाल साझेदारी कार्यक्रमका रुपमा अघि बढाइरहेको प्रमुख अतिथि समेत रहनु भएका युवा तथा खेलकुदमन्त्रीले जानकारी दिए । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन महासचिव निरज वाग्ले गरेका थिए भने स्वागत मन्तव्य आयोनका वरिष्ठ उपाध्यक्ष तुलसीराम चौलागाइले व्यक्त गरे ।
यसैगरी कार्यक्रमको वन्द सत्रमा महासचिव निरज वाग्ले प्रस्तुत गरे सांगठनिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष जितवहादुर खड्काले प्रस्तुतगर्नु भएको संस्थाको आर्थिक प्रगति प्रतिवेदन सम्पूर्ण सदस्य संस्थाका प्रतिनिधिहरुले सर्वसम्मतिबाट पारित गरे । कार्यक्रम आयोनका अध्यक्ष जगदिशकुमार ऐरको अध्यक्षतामा सम्पन्न भएको थियो । चौंधौ साधारण सभाले २६ वुँदे सांगठनिक ललितपुर घोषणा पत्रजारी गरेको छ भने सरकार र सरोकारवालासँग ६ बुँदे सुझाव सहितको मागतथा ऐक्यबद्धता पनि सार्वजनिक छ ।