काठमाडाैं । गजलकार गोकुल पाण्डे (निश्चल)को ‘संशयात्मक सपना’ गजल संग्रह शनिबार विमोचन भएको छ । युवा गजलकार पाण्डेद्वारा लिखित पहिलो गलज संग्रह ‘संशयात्मक सपना’ शनिबार काठमाडौंमा विमोचन गरिएको हो ।
वरिष्ठ साहित्यकार विजय चालिसेले ‘संशयात्मक सपना’ को विमोचन गरेका हुन् । उनको कृतिमा ६० भन्दा बढी गजलहरु प्रकाशित छन् । नुवाकोटको बेल्कोटमा जन्मिएका पाण्डे सानैदेखि साहित्यमा अगाडी थिए ।
हाल उनी शिक्षण पेशामा आवद्ध छन् । उनले आफ्नो कृतिमा नेपाली राजनीति, शैक्षिक, सामाजिक तथा समसामयिक विषयवस्तुहरु समावेश गरेका छन् ।
कार्यक्रममा साहित्यकार चालिसेले साहित्यले बालबालिका तथा युवाहरुमा सिर्जनात्मक क्षमता बढाउने बताए । उनले पछिल्लो समय युवाहरुमा साहित्यप्रति रुचि बढ्न थालेको समेत बताए । गजलकार पाण्डेले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रमा क्रियाशिल भएर लाग्ने बताए ।
