
काठमाडौं । कुमारी जब प्रा.लि. ले आफ्नो वेवसाईट र मोवाईल एप सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा आफ्नो वेवसाईटको स्तर वृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एप सञ्चालनमा ल्याएको हो ।
रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले www.kumarijob.com नामक वेवसाईट सो वेवसाईट तथा एपको सञ्चालनमा ल्याएको हो ।
मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको कुमारी जबले यही पौष १६ गते आफ्नो छैटाैं वार्षिकउत्सव सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिनुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । साथै सेवाग्राहीहरुलाई समेत मायाको चिनो प्रधान गरेको थियो ।

कम्पनीका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले नव संसाधनका क्षेत्रमा क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै, आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवामुखी बनाउन निरन्तर लाग्ने उनले बताए ।

