व्यवसायिक क्षेत्रमा देखा परेका समस्याको समाधान गर्छाैः मन्त्री भट्ट

<p>काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राज भट्टले व्यवशायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफु र मन्त्रालय संधै कटीवद्ध रहने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न निजी क्षेत्रलाई समग्र निजी क्षेत्रको धारणा प्रस्तुत गर्न समेत आव्हान गर्दै चेम्बर अग्रणी संस्था भएको हुँदा उद्यम व्यवसायबारे आफुले धेरै सिक्नु [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेख राज भट्टले व्यवशायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफु र मन्त्रालय संधै कटीवद्ध रहने बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न निजी क्षेत्रलाई समग्र निजी क्षेत्रको धारणा प्रस्तुत गर्न समेत आव्हान गर्दै चेम्बर अग्रणी संस्था भएको हुँदा उद्यम व्यवसायबारे आफुले धेरै सिक्नु पर्ने बताए ।

उक्त कुरा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री भट्टले बताउँदै चालु आर्थिक वर्षको पाँच महिनामा निकासीको तथ्याङ्क उत्साहप्रद रहेको उल्लेख गरे । उनले व्यापार घाटा न्यूनिकरण गर्न यो दिगो हुनु पर्ने र निर्यात योग्य बस्तुहरुको देशगत एवं वस्तुगत रुपमा विविधिकरण गर्नु पर्ने आवश्यकता औल्याउदै वस्तुको उत्पादनदेखि निकासी बजार तहसम्म प्रर्वद्धनात्मक कार्य गरी निकासी वृद्धि गर्नुको विकल्प नरहेको दाबी गरे ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चेम्बरको तर्फबाट बधाई तथा कार्यकालको शुभकामना दिदै चेम्बका अध्यक्ष राजेश काजी श्रेष्ठले औद्योगिक व्यवशायीक ऐनले दिएको सुविधा सहुलियत आर्थिक ऐनले काट्न नहुने बताउँदै स्थानिय कर र अन्य करको चाप बढ्दै व्यवसायको लागत बढेको र विभागित स्तरको अधिकार प्रत्यायोजनको प्रतिशत बढाउनु पर्ने र कम झन्झटिलो बनाउनु पर्ने, बैदेशिक लगानी आकर्षित गर्दा स्वदेशमा उपलब्ध श्रोत र साधनको परिचालन हुने गरी लगानी बढाउन प्रोत्साहित गर्नु पर्ने र आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित आपूर्ति व्यवस्था गर्न “वफर स्टक” को व्यवस्था गर्नु पर्ने, पूराना ऐन कानून खारेज गरी समयानुकूल ऐन कानूनको तर्जुमा गरी उपभोक्ता एवं व्यवसायी मैत्री कानूनको तर्जुमा र परिपालना गर्नु पर्ने बताए ।

Share News