नयाँ वर्षसँगै सिटिजन्स बैंकले शुरु गर्यो एटिएममा मास्टरकार्ड सेवा

<p>काठमाडौं । सिटिजन्स बैंकले आफ्नो एटिएममा मास्टरकार्ड सेवा शुरुवात गरेको छ । भ्रमण वर्ष २०२० को शुरुवातसँगै विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मेइस्टो तथा सर्रस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्ने छन् । नेपालमा मास्टरकार्ड ब्राण्डका कार्डवाहकलाई बैंकले यस अघि नै [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो एटिएममा मास्टरकार्ड सेवा शुरुवात गरेको छ । भ्रमण वर्ष २०२० को शुरुवातसँगै विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो ।

यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मेइस्टो तथा सर्रस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्ने छन् । नेपालमा मास्टरकार्ड ब्राण्डका कार्डवाहकलाई बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आएको छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटिएम. र १ सय २ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News