आरआर स्ववियुद्वारा ‘वृहत रचनात्मक सप्ताह २०७६’ सम्पन्न

<p>काठमाडाैं ।  रत्न राज्य क्याम्पस (आरआर) स्ववियुद्वारा आयोजित वृहत रचनात्मक सप्ताह २०७६ बुधबार सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन आरआरका सभापति तपेन्द्रजंग शाहीको अध्यक्षता तथा सत्तारुढ नेकपा(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका नेता आर सि लामिछाने लगायतको उपस्थिति रहेको [&hellip;]</p>

काठमाडाैं ।  रत्न राज्य क्याम्पस (आरआर) स्ववियुद्वारा आयोजित वृहत रचनात्मक सप्ताह २०७६ बुधबार सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन आरआरका सभापति तपेन्द्रजंग शाहीको अध्यक्षता तथा सत्तारुढ नेकपा(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

समापन कार्यक्रममा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेल, अनेरास्ववियुका नेता आर सि लामिछाने लगायतको उपस्थिति रहेको थियो। यहि पुस ८ गते खेलकुदमन्त्री जगत विश्वकर्माको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रमको उद्घाट गरिएको थियो।

कार्यक्रममा सभापति शाहीले वृहत रचनात्मक सप्ताह कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि साथ दिने सबैलाई धन्यवाद दिएका छन्।

Share News