एनआईसी एशियाको न्यू इयर अफरः भिसा कार्डबाट भुक्तानी गर्दा १०% नगद फिर्ता

<p>काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा नयाँ अफर स्वरुप क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँ रकम फिर्ता पाउने छन् । ग्राहकले पुस १५ (३१ डिसेम्वर २०१९)देखि माघ ११(२५ फेब्रुवरी २०२०) सम्म भिसा कार्डबाट सामान [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०२० को अवसरमा नयाँ अफर स्वरुप क्यास ब्याक अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकले भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँ रकम फिर्ता पाउने छन् ।

ग्राहकले पुस १५ (३१ डिसेम्वर २०१९)देखि माघ ११(२५ फेब्रुवरी २०२०) सम्म भिसा कार्डबाट सामान वा सेवा खरिद गर्दा भिसा कार्ड मार्फत भुक्तानी गर्दा सो मात्राको नगद फिर्ता पाउने भएका हुन् ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिटकार्ड प्रयोगकर्ताले सामान वा सेवा खरिदगर्दा न्यूनतम पाँच सय तथा सो भन्दा बढीको खरिद गर्नुपर्ने छ । साथै, योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोबार गरिएको हुनुपर्नेछ बैंकले जनाएको छ ।

यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News