चारजना इजिप्सियनलाई देश निकाला गर्ने, यस्ता छन् सरकारका १४ निर्णय

<p>काठमाडौं । सरकारले चारजना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ।  सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चारजना इजिप्सियनलाई देश निकाला गर्ने निर्णय गरेकाे बताए । गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय [&hellip;]</p>

काठमाडौं । सरकारले चारजना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ।  सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चारजना इजिप्सियनलाई देश निकाला गर्ने निर्णय गरेकाे बताए ।

गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बाँस्कोटाले  बताए। उनीहरूकाे भिसा दस्तुर तथा बिलम्व शुल्क ४ हजार ६ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो।

यस्तै, सरकारले  चक्रपथका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । चक्रपथको दोस्रो चरणको विस्तार परियोजना कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चिनियाँ कम्पनीलाई स्वीकृति दिएको जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद्ले यीसहित १४ निर्णय गरेको छ।

Share News