काठमाडौं । उखु किसानका पैसा नतिरी फरार भएका चिनी मिलका संचालकालाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यलयलाई निर्दशन दिएको छ ।
उखु किसानको पैसा नतिरी फरार रहेका सर्लाहीका अन्नपुर्ण मिलका संचालक राकेश अग्रवाललाई पक्राउ गर्न मन्त्रालयले निर्दशन दिएकाे हो ।
उखु मिल सञ्चालकले पैसा नदिएको भन्दै सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।