गरिमा विकास बैंकको जोरपाटीमा शाखा कार्यालयको उद्घाटन

<p>काठमाडाैं । गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेज्यूले गरेका हुन् । कार्यक्रम विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द [&hellip;]</p>

काठमाडाैं । गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेज्यूले गरेका हुन् । कार्यक्रम विकास बैंकका अध्यक्ष श्री चन्द्रकान्त बरालज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकालज्यूले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ ।

Share News