जनस्वास्थ्य विज्ञहरूले घाेषणा गरे ‘पत्रु खाना’ बहिस्कार अभियान

<p>काठमाडौं। नेपाल जनस्वास्थ्य प्रतिष्ठानका जनस्वास्थ्य विज्ञहरुले संयुक्त रुपमा पत्रु खानाको प्रयोग रोक्न पर्ने भन्दै विरोध अभियान सुरु गर्ने भएका छन्। बालबालिकाको स्वास्थ्यमा सबैभन्दा बढी असर गरिरहेको पत्रु खानालाई सबैले बहिस्कार गर्नुपर्ने भन्दै नेपाल जनस्वास्थ्य प्रतिष्ठानका जनस्वास्थ्य विज्ञहरुले संयुक्त अभियान सुरु गर्न लागेका हुन्। बिहिबार  प्रतिष्ठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. रिता थापाले पत्रु [&hellip;]</p>

काठमाडौं। नेपाल जनस्वास्थ्य प्रतिष्ठानका जनस्वास्थ्य विज्ञहरुले संयुक्त रुपमा पत्रु खानाको प्रयोग रोक्न पर्ने भन्दै विरोध अभियान सुरु गर्ने भएका छन्। बालबालिकाको स्वास्थ्यमा सबैभन्दा बढी असर गरिरहेको पत्रु खानालाई सबैले बहिस्कार गर्नुपर्ने भन्दै नेपाल जनस्वास्थ्य प्रतिष्ठानका जनस्वास्थ्य विज्ञहरुले संयुक्त अभियान सुरु गर्न लागेका हुन्।

बिहिबार  प्रतिष्ठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा. रिता थापाले पत्रु खानाले बालबालिकाहरुमा कुपोषण निम्त्याउने बताइन्। नेपाल सरकारको तथ्यांक अनुसार प्रदेश नं ५ मा मात्रै ५५ प्रतिशत मानिसहरु पुड्कोपनाको शिकार छन्।

वर्तमान पोषण स्थितीमा ३६ प्रतिशतमा पुड्कोपना, ९.६ प्रतिशत, ५ वषै मुनिको कम तौल २७ प्रतिशत र १२ वर्ष मुनिको अधिक तौल १२ प्रतिशत जस्ता सुचकहरुले देशमा कुपोषणको खराब स्थिती छ । पछिल्लो समय कुपोषणको संख्या घटे पनि यसमा उल्लेखनिय रुपमा सुधार भने देखिएको छैन।

स्वस्थ जनशक्तिबाटै देशको आर्थिक विकास हुने भएकाले पोषण सबैका लागि आवश्यक छ । तर, नेपालमा कुपोषण एउटा मुख्य स्वास्थ्य समस्या बन्दै गइरहेको उनीहरूकाे भनाइ छ ।  पहिला मानिसहरु खाना राम्रोसँग खान नपाएर कुपोषणको शिकार हुने गर्दथे भने हाल अत्याधिक रुपमा पत्रु खानाको सेवनले बालबालिकामा कुपोषण बढेको विज्ञहरु बताउँछन्।
पकाउने झन्झट नहुने, जिब्रोलाइै निकै स्वाद दिने हुनाले  बालबालिकादेखि  वृद्धसम्ममा पत्रु खानाको प्रयोग अत्याधिक बढ्दो छ। नेपालमा हुने कुल बालमृत्युको ५३ प्रतिशत कुपोषणका कारण भइरहेको राष्ट्रसंघीय बालकोष (युनिसेफ) को एक अध्ययनले देखाएकाे छ ।

Share News