काठमाडौं । सरकारले उखुको मूल्य प्रति कुन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको छ । एक वर्षअघि सरकराले उखुको मूल्य प्रति कुन्टल ४७१ रुपैयाँ २८ पैसा तोकेको थियो ।
सरकारले उखुको मूल्य प्रति कुन्टर ६५ रुपैयाँ २८ पैसा वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रबक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटा जानकारी दिए ।
उखुको मूल्य प्रति कुन्टल ५३६ रुपैयाँ ५६ पैसामा त्यसभित्र उद्योगीको ढुवानी खर्च र नाफा पनि जोडिएको मन्त्री बास्कोटाले बताए । उद्योगीले किसानलाई भुक्तानी गर्ने मूल्य भने अस्पष्ट भएको छ ।
उखुको मूल्य वृद्धिबाट किसान र उद्योगी सबैलाई फाइदा हुने मन्त्री बास्काेटाले बताए। उखुको मूल्य वद्धिपछि चिनीको मूल्य कतिले वृद्धि हुन्छ र उपभोक्तालाई कति असर पर्छ भन्ने बारेमा मन्त्री बाँस्कोटा मौन बसे ।
नेपाल चिनी उद्योग संघका अनुसार हाल चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । उखुकाे मूल्य वृद्धिसँग अब चिनीकाे मूल्य पनि बढ्ने उद्याेगीले बताएका छन् ।