<p>काठमाडौं । क्रिसमस डे नजिकिएसँगै क्रिसमसका सामग्रीहरु खरिदविक्री पनि बढेको छ । नेपालमा क्रिसमसका लागि ५ वर्षमा १४ करोड ६० लाखको १ हजार ९४८ मेट्रिकटन सामान आयात भएको छ । यस उत्सवमा खरिदकर्ताहरूले ट्री, क्लासिक आकार, रमणीय सुगन्ध र नर्डम्यान फर्मको नरम सुइहरू मन पराउँछन् । युरोपको सबैभन्दा लोकप्रिय क्रिसमस ट्री हो । यस प्रकारको [&hellip;]</p>

काठमाडौं । क्रिसमस डे नजिकिएसँगै क्रिसमसका सामग्रीहरु खरिदविक्री पनि बढेको छ । नेपालमा क्रिसमसका लागि ५ वर्षमा १४ करोड ६० लाखको १ हजार ९४८ मेट्रिकटन सामान आयात भएको छ ।

यस उत्सवमा खरिदकर्ताहरूले ट्री, क्लासिक आकार, रमणीय सुगन्ध र नर्डम्यान फर्मको नरम सुइहरू मन पराउँछन् । युरोपको सबैभन्दा लोकप्रिय क्रिसमस ट्री हो । यस प्रकारको रुख नै बजारमा धेरै खपत हुने गर्दछ ।

व्यापार र निर्यात प्रवधन केन्द्रका अनुसार सो आर्थिक वर्षमा क्रिसमस डेका लागि ३५ करोडको ४३४ मेट्रिटन क्रिसमस डेका समान आयात भएको छ । चीनबाट ३५ करोडको २७२ मेट्रिकटज र इण्डोनेशियाबाट ९ करोडको १९३ मेट्रिकटन क्रिसमस डे मनाउने सामग्री नेपाल आयात भएको छ ।

अर्थिक वर्ष २०७५/७६ मा क्रिसमस डे मनाउन ४१ करोडको ३८२ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन २० करोडको १७८ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७३/७४ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन १८ करोडको २०७ मेट्रिकटन सामग्री आयात भएको थियो । अर्थिक वर्ष २०७२/७ मा विभिन्न देशबाट क्रिसमस डे मनाउन २९ करोडको ११७ मेट्रिकटन सामग्री आयात भएको थियो ।

सन् २००४ मा पोप जोन पलले क्रिसमस रूखलाई ख्रीष्टको प्रतीक बताएका थिए ।

Share News