एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कार्यलयको उद्घाटन गरेको हो । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखाको उद्घाटन गरेको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कार्यलयको उद्घाटन गरेको हो ।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखाको उद्घाटन गरेको हुन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Share News