काठमाडौंमा बसेर शंकास्पद गतिविधि गर्ने ७५ जना चिनियाँ नागरिक पक्राउ, मनमैजु एरिया प्रहरीकाे घेरामा 

<p>काठमाडाैं । काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले  ७५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गैर कानुनी काम गरेकाे आरोपमा उनीहरुलाई  साेमबार पक्राउ गरेकाे जनाइएकाे हाे । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । सोमबार मनमैजु, बाँसबारी र सामाखुसी प्रहरी कार्यालयले [&hellip;]</p>

काठमाडाैं । काठमाडौंमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले  ७५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । गैर कानुनी काम गरेकाे आरोपमा उनीहरुलाई  साेमबार पक्राउ गरेकाे जनाइएकाे हाे ।

बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

सोमबार मनमैजु, बाँसबारी र सामाखुसी प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन् । ती स्थानमा थुप्रै चिनियाँ नागरिकहरु पक्राउ गरेको स्रोतले बताएकाे छ । अपरेशन अहिले पनि जारी छ । प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्‍ने बारे खुलाएको छैन ।

केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाइ चिनियाँहरुले शंकास्पद गतिविधि गरेको रिपोर्ट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएका थिए ।

सोही रिपोर्टका आधारमा प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन् ।

 

Share News