काठमाडौं । रेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम चितवनमा सम्पन्न भएको छ । पौष २ गते देखि सञ्चालित ४ दिने कार्यक्रममा चितवन रेडक्रस शाखा र उपशाखाका नेतृत्वमा आगामी ५ वर्षका लागि जिल्ला स्तरीय सेवा योजना र रेडक्रसको संस्थागत क्षमता वृद्धिको लागि योजना तयार भएका छन् ।
रेडक्रसका मानवीय गतिविधिहरुलाई अझै प्रभावकारी बनाउन, योजना र प्रतिवेदनलाई संस्थागत गर्न दोस्रो चरणको समुदाय सहयोग (कोर्ड) अन्तर्गत कार्यक्रमआयोजना गरिएको हो ।
कार्यक्रममा बाढी, आगलागी, वन्यजन्तुको आक्रमण, पहिरो, सडक दुर्घटना, शीतलहर जस्ता समस्या र प्रकोपहरुमा प्रभावितलाइ योजनाबद्ध सहयोग गर्ने तथा रक्तसञ्चार सेवालाइ थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको थियो ।