<p>काठमाडौं । अघिल्लो वर्षको फ्रिज बजेटले गर्दा चालु आर्थिक वर्षको पहिलो चौमासिमा २० प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले भने हामीले अघिल्लो आर्थिक वर्षको फ्रिज बजेटलाई हिसाव नगरी यो आर्थिक वर्षको बजेटलको खर्चलाई मात्रै लिएको कारणले २० प्रतिशत मात्रै खर्च भएको देखिएको बताए । व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा समितिले [&hellip;]</p>

काठमाडौं । अघिल्लो वर्षको फ्रिज बजेटले गर्दा चालु आर्थिक वर्षको पहिलो चौमासिमा २० प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उनले भने हामीले अघिल्लो आर्थिक वर्षको फ्रिज बजेटलाई हिसाव नगरी यो आर्थिक वर्षको बजेटलको खर्चलाई मात्रै लिएको कारणले २० प्रतिशत मात्रै खर्च भएको देखिएको बताए ।

व्यवस्थापिका संसदको अर्थसमिति बैठकमा समितिले चालु आर्थिक वर्षको आर्थिक अवस्थाको बारेमा पहिलो चौमासिक अवस्थाबारे अर्थमन्त्रीसहित सरोकारवाला मन्त्रालयका मन्त्री, सचिव र सहसचिव लगाएतकालाई राखेर छलफल गरेको हो । अर्थमन्त्रीले पहिलो चौमासीकमा २० प्रतिशत मात्रै खर्च हुनु सकारात्मक नरहेको बताए । कर्मचारी तन्त्र तर्सिएको कारणले पनि थोरै मात्रामा खर्च भएको हो । कानुन र नियम अनुसार काम गर्दा कोही तर्सिन र ठराउन पर्दैन । ७६१ वटा सरकारहरु नै सडक निर्माणमा मात्रै लागेकाले पनि बजेट खर्च काम भएको हो । स्थानीय तह, प्रदेश सरकार देखि केन्द्र सरकारसम्म सडक निर्माणमा मात्रै लागि रहेको छ । मन्त्रीले बजेट खर्च गर्न ऐन बाधक नबनेको समेत बताए ।

अर्थ मन्त्रालयका सचिव डा राजन खनालले भौतिक प्रगती भएको देखिए पनि विक्तिय प्रगती नदेखिएको बताए । उनले भौतिक र विक्तिय प्रगतीसँगसगै लैजानु पर्ने बताए । उनले अघिल्लो वर्ष भुकम्प लागि एकै पटक ठुलो रकम खर्च भएकोले यस वर्षको भन्दा धेरै देखिएको हो । यस वर्ष पनि काम नै नभएको भने हैन । ठुला ठुला परियोजनको दातृ निकायको लगानी फुकुवा गर्न नसकिएको कारणले पनि खर्चमा कमी देखिएको उनले बताए ।

Share News