प्रभु बैंकको २०१औं शाखा सर्लाहीको मलंगवामा

<p>काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा आफ्नाे २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् । कार्यक्रममा निरसल साहले बैंकिङ्ग सेवा विस्तार अभियानबाट देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा आफ्नाे २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेका हुन् ।

कार्यक्रममा निरसल साहले बैंकिङ्ग सेवा विस्तार अभियानबाट देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् ।

बैंकको मलंगवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु प्रभावित हुने र बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।

Share News