
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा नाराणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले मिश्रले सेवाग्राहीबाट सो रकमको घुस लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि कार्यरत कार्यालय सहयोगी(करार) भाईकाजी गौतमलाई उक्त रकम दिनु भनी घुस माग गरेको भन्ने सूचनाको आधारमा आयोगले बुधबार उक्त टोली खटाएको थियो ।