मार्सको १६औं वार्षिकोत्सव सम्पन्न

<p>काठमाडौं । विज्ञापन एजेन्सी मार्स  प्रा.लिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।  पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा सफलता हासिल गरेको छ । यस १६ वर्षे समयावधिमा मार्सले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको र सम्पूर्ण टिममा उत्साह थपेको यसै [&hellip;]</p>

काठमाडौं । विज्ञापन एजेन्सी मार्स  प्रा.लिले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।  पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफएम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा सफलता हासिल गरेको छ ।

यस १६ वर्षे समयावधिमा मार्सले आफ्नो पूर्ण आत्मविश्वास र भरोसाको साथ ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्दै आएको र सम्पूर्ण टिममा उत्साह थपेको यसै कम्पनीका प्रबन्ध निर्देशक मनिस अधिकारीले बताए ।

२००३ मा स्थापित भएर २०१९ सम्म आइपुग्दा नेपालका केही ख्याति प्राप्त कम्पनीको सेवा गरेर सन्तुष्टी दिएर आगामी दिनमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ ।

Share News