ओयोको बोर्ड अफ डिरेक्टरमा आदित्य घोष नियुक्त

<p>काठमाडाैं । ओयो होटेल्स एण्ड होम्सको बोर्ड डिरेक्टरमा आदित्य घोष नियुक्त भएका छन् । दक्षिण एशियाको होटेल्स र आवास व्यवसायमा हालका सिईओ आदित्य घोषलाई मंगलबार कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरी नियुक्त गरेको बताएको हो । घोषको कम्पनीमा एक वर्षको कार्यकाल पश्चात बोर्ड डिरेक्टरमा बढुवा गरिएको हो । ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा ग्रुप सिईओ [&hellip;]</p>

काठमाडाैं । ओयो होटेल्स एण्ड होम्सको बोर्ड डिरेक्टरमा आदित्य घोष नियुक्त भएका छन् । दक्षिण एशियाको होटेल्स र आवास व्यवसायमा हालका सिईओ आदित्य घोषलाई मंगलबार कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरी नियुक्त गरेको बताएको हो । घोषको कम्पनीमा एक वर्षको कार्यकाल पश्चात बोर्ड डिरेक्टरमा बढुवा गरिएको हो ।

ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा ग्रुप सिईओ रितेश अग्रवालले घोषको कडा व्यवसायीक कौशल, समस्या समाधान गर्ने क्षमता, शक्तिशाली संस्थागत सुशासन भएको संगठन निर्माण गर्ने चाहना र विविधता र समावेशीकरण सिद्धान्तहरुमा आधारित उच्च प्रदर्शन गर्ने कार्यले गर्दा डिरेक्टरमा बढुवा गरेको बताए ।

यस्तै ओयोले हाल नयाँ रियल स्टेट बिजनेसको सिइओ रोहित कपुरलाई समग्र भारत र दक्षिण एशियाको सिईओमा नियुक्त गरेको घोषणा गरेको छ । पछिल्लो वर्षमा रोहितले ओयो लाइफ–ब्राण्डको दीर्घकालिन रेन्टल हाउजिंग पोर्टफोलियोको साथ साथै भारतमा अन्य नयाँ रियल स्टेट बिजनेसको निरीक्षण गरिरहेका छन् ।

Share News