राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी

<p>काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । उनी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । अस्ति आइतबार बसेको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । हिजो सोमबार उनले शपथ ग्रहण समेत गरिसकेका छन् । गत असोज २२ गते नेपाल [&hellip;]</p>

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी नियुक्त भएका छन् । उनी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । अस्ति आइतबार बसेको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले उनलाई सो पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । हिजो सोमबार उनले शपथ ग्रहण समेत गरिसकेका छन् ।

गत असोज २२ गते नेपाल सरकार अर्थ मन्त्रालयको सहसचिवबाट अवकास पाएका उनी निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंकको सदस्य र बीमा समितिको सदस्य बनिसकेका छन् । २०४३ सालबाट सरकारी सेवामा प्रवेश गरेका अधिकारीले जनप्रशासन र अर्थशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् ।

Share News