काठमाडौं । एलजीले कन्डेन्सर ड्रायर नेपाली बजारमा ल्याएको छ । यस कन्डेन्सर ड्रायरमा सेन्सर ड्रायर टेक्नोलोजी छ, जसले लुगामा भएको ओसलाई पत्ता लगाएर सही तापक्रम र समय छनौट गरेर कपडालाई सुकाउछ ।
यसमा ठूलो ड्रमको क्षमता भएकोले धेरै लुगाहरु एकै चोटीमा सुकाउन सकिन्छ । र्याक निर्मित हुनाले नाजुक कपडा, कपडाको खेलौना तथा जुक्ताहरु नघुमाईकन सुकाउदछ ।
ट्रु स्टिम र टु वे टम्बिलिङ टेक्नोलोजीले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउछ । यस कन्डेन्सर ड्रायरलाई आफ्नो घरमा रहेको एलजीको वासिङ्ग मेसिनसँगै सजिलै जडान गर्न सकिन्छ ।
साथै, एलजीसँग वासर ड्रायर भएको वासिङ्ग मेसिन पनि उपलब्ध छ, जसले कपडा धुनुका साथै शतप्रतिशत सुकाउछ ।