सौगात मन्टेश्वरी र इनर व्हिल क्लव अफ कीर्तिपुरको संयुक्त आयोजनामा ‘१०८ कुमारी पूजा’ सम्पन्न

<p>काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरी तथा इनर व्हिल क्लब अफ कीर्तिपुरले संयुक्त रुपमा कुमारी पूजा सम्पन्न गरेका छन् । गत शनिवार सौगात मन्टेश्वरीको प्राङ्गणमा सैयौंको उपस्थितिमा भव्यताका साथ आयोजना गरिएको सो पूजा कार्यक्रममा ९ वर्ष मुनिका, वेल विवाह नभएका र गुन्युचोली नदिइएका १०८ नानीहरु सहभागी थिए । इनर व्हिल क्लव अफ कीर्तिपुर र सौगात मन्टेश्वरी [&hellip;]</p>

काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरी तथा इनर व्हिल क्लब अफ कीर्तिपुरले संयुक्त रुपमा कुमारी पूजा सम्पन्न गरेका छन् । गत शनिवार सौगात मन्टेश्वरीको प्राङ्गणमा सैयौंको उपस्थितिमा भव्यताका साथ आयोजना गरिएको सो पूजा कार्यक्रममा ९ वर्ष मुनिका, वेल विवाह नभएका र गुन्युचोली नदिइएका १०८ नानीहरु सहभागी थिए ।

इनर व्हिल क्लव अफ कीर्तिपुर र सौगात मन्टेश्वरी मिलेर विगत चार वर्षदेखि १०८ कुमारी पूजाको आयोजना गर्दै आएकाे सौगात मन्टेश्वरीकी अध्यक्ष राज्यलक्ष्मी वैदार बताइन् ।

उनका अनुसार नेपाल परम्परा र संस्कृतिले धनी देश भएको हुनाले त्यस्ता परम्परा र संस्कृतिको महत्व आजको पुस्तालाई बुझाउनका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।

Share News