काठमाडौं । गोदरेज “फ्रिकपल ट्रिप टु बाली”अफरको लक्की–ड्र सम्पन्न भएको छ । भाद्र २० गतेदेखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन)को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्र मार्फत बाली भ्रमण राखिएको थियो ।
फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेका छन् ।
गोदरेज अप्लाएन्सेस्, एक विश्वसनीय ब्राण्डको नाम हो जसले चाडपर्वको अवसरमा ग्राहकहरु माझ ल्याएको “फ्रिकपल ट्रिप टु बाली”योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सो रुममा सम्पन्न गरिएको हो ।