काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङ्गमा अभिकर्ता अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले मंसिर १३ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।