काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । विहान ९ बजे उनी कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको चिकित्सकले बताएका छन् । प्रधानमन्त्री ओलीलाई बिहान साढे ९ बजे अस्पताल पुगेका हुन् । अस्पतालका अनुसार उनको केही बेरमै शल्यक्रिया गर्ने तयारी गरिएको छ ।
विदेशमा मिर्गौला सम्बन्धि उपचार गराइ रहेका ओली केही महिनायता ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन् ।