उद्योग राज्यमन्त्रीको मिसन : सरकारी संस्थानको निजीकरण

<p>काठमाडौं ।सोमबार उद्योग दिवसको अवसरमा उद्योग विभागले गरेको कार्यक्रममा पहिलोपटक नवनियुक्त उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतिलाल दुगड मन्त्रीको रुपमा एउटै मञ्चमा देखिए । यातायातमन्त्री भएर अघिल्लोपटक चर्चा कमाएका मन्त्री भट्टको दोस्रो इनिङको पहिलो अभिव्यक्ति सामान्य नै रह्यो । उनले उद्योग क्षेत्रमा भएका समस्याहरू खुलस्त रूपमा भन्न उद्योगीलाई आग्रह गरेका छन् । नेपालमा उद्योग तथा [&hellip;]</p>

काठमाडौं ।सोमबार उद्योग दिवसको अवसरमा उद्योग विभागले गरेको कार्यक्रममा पहिलोपटक नवनियुक्त उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतिलाल दुगड मन्त्रीको रुपमा एउटै मञ्चमा देखिए । यातायातमन्त्री भएर अघिल्लोपटक चर्चा कमाएका मन्त्री भट्टको दोस्रो इनिङको पहिलो अभिव्यक्ति सामान्य नै रह्यो ।

उनले उद्योग क्षेत्रमा भएका समस्याहरू खुलस्त रूपमा भन्न उद्योगीलाई आग्रह गरेका छन् । नेपालमा उद्योग तथा लगानीको अवस्था, चुनौती र सम्भावना अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री भट्टले उद्योगीका समस्या हल गर्ने आफ्नो लक्ष्य रहेकोले सबै व्यवसायीलाई सहयोग गर्न आग्रह गरेका हुन् । हिजोका पुराना सोच र प्रवृत्तिहरूलाई परिवर्तन गरेर उद्योगीहरू आफ्ना समस्या लिएर आए त्यसलाई छलफल र अन्तर्क्रिया मार्फत निराकरण गरिने उनले बताए ।

तर त्यसको विपरित पहिलोपटक राज्यमन्त्री भएका दुगडको भने मन्त्रीकै अगाडिको रवाफ हेर्नलायक नै थियो । उनले आफ्नै नेतृत्वमा रहेका सार्वजनिक संस्थानहरुलाई निजीकरण गरिदिने धम्की दिए । दुगडले सरकारको स्वामित्वमा रहेको । संस्थानहरुलाई छिटो नाफामा जान भन्दै नत्र निजीकरण गरिने घोषणा गरे ।

उनले भने ‘मैले हेटौडा सिमेन्टका निर्देशकलाई बोलाएर के छ अवस्था भनेर जाकारी मागेको छु, अब सबै संस्थानहरुसँग नाफा वा घाटाको विवरण हेरिने छ । घाटाका गएका संस्थानहरुको निर्देशकलाई बोलाएर नाफामा लान सकिन्छ भने काम गर्नुस्, सकिँदैन भने म निजी क्षेत्रलाई सञ्चालन गर्न दिन्छुु’ – उनले भने ।

हालै मात्र राज्यमन्त्रीमा नियुक्त भएका दुगडले आफु औद्योगिक क्षेत्रबाटै आएकाले व्यवसायीहरुको पिडा राम्रोसँग बुझेको र देशको आवश्यकतालाई समेत नजिकबाट नियालेकाले औद्योगिक क्षेत्रको समस्या र त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने राम्ररी थाहा भएको भन्दै नेपालमा औद्योगिक क्रान्तिको जग आफूले खन्ने समेत उन्ने उद्घोष गरे ।

उनले आफ्नो कार्याकालमा काम गर्न नसके अपराधी घोषणा गर्न पनि आग्रह गरे, उद्योग क्षेत्रमा जुनसुकै हालतमा पनि परिर्वतन गर्ने बताए । मन्त्रायको ठूला, मझौला तथा  साना सबै खाले उद्योगको स्वामित्व लिनेछ । मन्त्रालयले उद्योेग खोल्न स्वीकृति दिएको मन्त्रालयले ती उद्योग तथा व्यवसायको संरक्षणको जिम्मा पनि लिनेछ ।’

निजी क्षेत्रको प्रतिनिधिको रूपमा सरकारमा उद्योगी नै आएको अवस्थामा अब उद्योगीहरूका समस्या हल हुने उनको भनाई थियाे । राज्यमन्त्री दुगडले सरकार सफल भएमात्र व्यवसायीहरु सफल हुने बताउँदै सहयोग गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे । र्यक्रममा उद्योग सचिव एमकुमारी खतिवडाले निजी क्षेत्रलाई लिखित रूपमा उद्योग क्षेत्रका समस्या त्याउन आग्रह गरिन् । त्यस्ता समस्याहरूलाई हल गर्न मन्त्रालय तयार रहेको बताइन् ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च व्यजदरको कारण उद्योगमा समस्या पारेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन गरेर अगाडी बढे सरकारले लिएको समृद्धिको नारा सफल हुने छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोरले उद्योगमा विद्युत सहज रूपमा प्रवाह गर्न नसकेको र विद्युत प्रवाह गर्दा उद्योग अनुसार भेदभाव भएको बताए ।

Share News