नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गका बिष्फोटक पदार्थ भारतबाट ल्याइदैँ

<p>काठमाडाैं । नागढुङ्गा -सिस्नेखेला सुरूङमार्गका बिष्फोटक पदार्थ भारतबाट ल्याइने भएको छ । सुरुङमार्गको निमार्णका क्रममा चाहिने ९०० टन विस्पोटक पदार्थ भारतबाट ल्याइने भएको हाे । २.६७ किलोमिटर लामो सुरुङमार्ग निमार्णको लागि निर्माता कम्पनी हाजमा अन्डो कर्पोरेसनले उक्त परिमाणाममा बिष्फोटक पदार्थ आवस्यक पर्ने जनाएको आयोजना प्रमुख श्याम खरेलले बताए । उनका अनुसार विष्फोटक पदार्थ ल्याउन प्रकृया अघि [&hellip;]</p>

काठमाडाैं । नागढुङ्गा -सिस्नेखेला सुरूङमार्गका बिष्फोटक पदार्थ भारतबाट ल्याइने भएको छ । सुरुङमार्गको निमार्णका क्रममा चाहिने ९०० टन विस्पोटक पदार्थ भारतबाट ल्याइने भएको हाे । २.६७ किलोमिटर लामो सुरुङमार्ग निमार्णको लागि निर्माता कम्पनी हाजमा अन्डो कर्पोरेसनले उक्त परिमाणाममा बिष्फोटक पदार्थ आवस्यक पर्ने जनाएको आयोजना प्रमुख श्याम खरेलले बताए ।

उनका अनुसार विष्फोटक पदार्थ ल्याउन प्रकृया अघि बढीसकेको छ । खरलले चार महिनामा नेपाल अइपुग्ने बताए । सुरुङमार्ग निमार्णको लागि आयोजनाले निमार्ण कम्पनीलाई निमार्ण कार्यादेश दिइसकेको छ । सुरुङमार्गको गोलाई ७६ वर्ग मिटरको हुने आयोजनाले जनाएको छ । आगामी ४२ महिनाभित्र निमार्ण काम सकिने निमार्ण सम्झौतामा उल्लेख छ ।

बिष्फोटक पदार्थ ल्याउनका लागि पहिले सुरक्षा परिषद्को सिफारिस चाहिन्छ । त्यसपछि गृह , रक्षा र परराष्ट्र मन्त्रालय हुँदै ल्याउने देशको दुतावाससम्मको अनुमति चाहिन्छ। ‘आयोजनाले विस्फोटक पदार्थ ल्याउनको लागि गृह मन्त्रालयमा सिफारिस मागेको छ। ४ महिनामा नेपाल आइपुग्छ,’ उनले भने ।

Share News