
काठमाडौं । आयातकर्ता संघ नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष बल्लभ राज सिग्देलको सभापतित्वमा मंसिर ७ गते होटल सोल्टी काउन प्लाजामा सम्पन्न भएकाे उक्त सभाले निर्यामत प्रस्तावहरू पारित गरिएको थियो ।
साथै, सभामा सहभागी पदाधिकारी तथा सदस्यहरूले भन्सार प्रयोजनको लागि माल वस्तुहरूको मूल्यांकन गर्ने आर्थिक ऐन २०७२ को व्यवस्था व्यवहारिक नभएको, प्रचलित भसार ऐनको व्यवस्था अनुरूप नभएको र साथै अन्तराष्ट्रिय प्रचलन विपरित भएकोले उक्त व्यवस्थालाई संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सुझाव दिएका थिए ।
त्यसैगरी, वर्षौदेखि आयातकर्ताको रूपमा व्यवसाय गर्दै आएका फर्म र कम्पनीलाई मनासिव कारण र आधार बिना मुख्य कम्पनीले आयातकर्तालाई हटाई अन्य व्यक्ति, कम्पनी र फर्मलाई आयातकर्ता नियुक्ति गर्ने जस्ता काम कारवाहीबाट आयातकर्ता व्यवसायीहरूको व्यवसाय सधै असुरक्षित भएको सहभागी पदाधिकारीले बताए ।
यसबाट धेरै व्यवसायीहरू पीडित हुन पुगेको यथार्थतालाई दृष्टिगत गरि आयातकर्तालाई खारेज गर्ने, नयाँ आयातकर्ता नियुक्ति गर्ने जस्ता आधार प्रकृया र कार्यविधी सम्बन्धमा कानूनी एवं नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने सुझाव सदस्यहरूले सभा समक्ष प्रस्तुत गरेका छन् ।