समिट एयरले थप्यो नयाँ जहाज, यसै सातादेखि उडान सुरु हुने

<p>काठमाडाैं । समिट एयरले नयाँ हवाई जहाज खरिद गरेको छ । आन्तरिक हर्वाइ सेवा प्रदायक कम्पनी समिटले शुक्रबार जहाज खरिद गरी नेपाल भित्र्याएको हो । जहाजको नेपाली दर्ता नम्बर नाइनएन–एएनडी रहेको छ । कम्पनीले चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट)ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ को १८ सिटे जहाज खरिद गरेको बताएको छ । समिट [&hellip;]</p>

काठमाडाैं । समिट एयरले नयाँ हवाई जहाज खरिद गरेको छ । आन्तरिक हर्वाइ सेवा प्रदायक कम्पनी समिटले शुक्रबार जहाज खरिद गरी नेपाल भित्र्याएको हो । जहाजको नेपाली दर्ता नम्बर नाइनएन–एएनडी रहेको छ । कम्पनीले चेक गणतन्त्रको जहाज निर्माता कम्पनी एलइटी (लेट)ले उत्पादन गरेको ‘एल ४१० युभिपी–ई२०’ को १८ सिटे जहाज खरिद गरेको बताएको छ ।

समिट एयरलाइन्सका प्रमुख कार्यकारी मनोज कार्कीले उक्त जहाजलाई सानो धावनमार्ग भएका दुर्गमका विमानस्थलमा प्रयोग गर्ने बताए । जहाजले पहाड तथा हिमाली क्षेत्रका विमानस्थल ( काठमाडौं,पोखरा र सुर्खेत फाप्लु,सुकेटार, खानीडाँडा, भोजपुर, लुक्ला, पोखराबाट मनाङ, मुस्ताङ र सुर्खेत नेपालगंजलाई आधार बनाएर सिमिकोट, जुम्ला, बाजुरा, डोल्पामा उडान गर्ने उनले बताए ।

दुईटा इन्जिन भएको यो विमानमा १८ जना यात्रु अटाउने क्षमता रहेको छ। हाल सम्म आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको कम्पनीले तीन जहाजमार्फत सेवा दिदै आएको छ । यो जहाजसमेत गरेर कम्पनीको अब चार जहाज भएका छन् । नागरिक उडड्यन प्राधिकरणले स्विकृतिदिए लगत्तै नयाँ जहाजमार्फत सेवा दिने कार्कीले बताए । यो सातादेखिनै नयाँ जहाजको सेवा सुरु गर्ने उनको भनाइ छ ।

Share News