पर्यटन, औद्योगिक र कृषि मेलाको फ्यूजनले मुलुकको विकास हुने

<p>काठमाडौं । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटन, औद्योगिकर कृषि मेलाको फ्युजनले मुलकको तिब्र विकासको लागि आवश्यक पूर्वाधारको विकास भएको सूचना सम्प्रेषण हुने बताए । चेम्बर अफ कमर्ससँग आबद्ध उद्योग व्यापार संगठन भैरहवाले आयोजना गरेको पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषिमहोत्सव २०७६ को अवलोकन तथा अन्र्तक्रियामा सहभागि हुदै यस्तो मेला वर्षेनी [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले पर्यटन, औद्योगिकर कृषि मेलाको फ्युजनले मुलकको तिब्र विकासको लागि आवश्यक पूर्वाधारको विकास भएको सूचना सम्प्रेषण हुने बताए ।

चेम्बर अफ कमर्ससँग आबद्ध उद्योग व्यापार संगठन भैरहवाले आयोजना गरेको पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषिमहोत्सव २०७६ को अवलोकन तथा अन्र्तक्रियामा सहभागि हुदै यस्तो मेला वर्षेनी गर्दै प्रचारप्रसार गर्नु पर्नेमा जोड दिए । उद्योग व्यापार संगठन भैरहवाका अध्यक्ष नारायण भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

यसैबिच गुल्मी चेम्बर अफकमर्सको प्रथम साधारण सभाको बिशेष अतिथि राजेश काजी श्रेष्ठले उद्घाटन गर्दै मुलुकको समग्र विकासमा व्यापारी व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले चेम्बरको इतिहास हकहितका साथै समाजिक सेवामा पनि चेम्बर सकृय रहेको जानकारी दिए ।

रिडिको प्रचार हुन आवश्यक रहेकाले धार्मिक पर्यटनको लागि आन्तरिक र वाह्य प्रचार हुन आवश्यक रहेको बताए । अन्य सस्थाहरु संगको समन्वमा हकहितमा लाग्नु पर्ने गुल्मि चेम्बर अफ कमर्सको प्रथम साधारण सभा सभापति अध्यक्ष युवराज न्यौपाने प्रमुख अतिथि अध्यक्ष राजेश काजी श्रेष्ठ , बिशेष अतिथि प्रदेश सभा सदस्य दिनेश पन्थी,प्रजिअ कोषहरी निरौला,चेम्बर प्रदेश अध्यक्ष भिमलाल पौडेल, कार्यकारी सदस्य टंकप्रसाद पोखरेल, गुल्मी पत्रकार महासंघ, उद्योग वाणिज्य संघ अध्यक्षको उपस्थिति रहेको थियो ।

Share News