काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार मूल्यमा व्यापक गिरावट आउँदा सुनको भाउ २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको थियो ।
यसअघि बिहीबार सुनको भाउ तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँ थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । तोलाको ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ६ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
गत शुक्रबार चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । जुन नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो ।