
काठमाडौं । एनआइसी एशिया बैंकले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेकाे “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र गरेर उक्त नामकाे याेजना सार्वजनिक गरेकाे हाे ।
आम जनमासहरुलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस् भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरिएको बैंकले जनाएकाे छ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सक्नेछन् ।
यस बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्तर्गतकाे उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज पाउन सक्नेछन् ।
रिकरिङ्ग निक्षेप योजनाअन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत रहेकाे र यस्ता निक्षेप योजनाहरुले निक्षेप श्रोत परिचालन गरिरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताएका छन् ।