काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरिएको छ। विद्यालय तहमा अद्यापन गराउँदै आएको अनिवार्य विज्ञान बिषयमा अब प्रविधी पनि थप गरिएको हो।
नयाँ पाठ्यक्रमअनुसार विद्यालय तहमा पढाइ हुँदै आएको अनिवार्य विज्ञानको साटो विज्ञान तथा प्रविधि विषय पढाइ हुने भएको हो ।
अब विद्यार्थीहरुले कक्षा ४ देखि कक्षा १० सम्म अनिवार्य विषयको रुपमा विज्ञान तथा प्रविधि पढ्नुपर्नेछ । विश्वभर विकसित हुँदै गएको प्रविधि विकास र विस्तारको कारण विज्ञानका साथै प्रविधिमा पनि जोड दिइएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।
केन्द्रले आगामी २०८० सालसम्म सबै तहमा नयाँ पाठ्यक्रम लागु भईसक्ने बताएको छ।