काठमाडौं । सातै प्रदेशमा पर्यटन प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने तयारी भइरहेको छ । पर्यटनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको पहिलो संस्थापर्यटन पत्रकार संघको आठौं वार्षिक साधारण सभाएवं पाँचौ महाधिवेशनले देवीप्रसाद पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
शनिबार सम्पन्न साधारण सभाले प्रथम उपाध्यक्षमा किशोर बस्नेत र द्धित्तिय उपाध्यक्षमा श्रीहरि श्रेष्ठ, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा मनुका कुँवर र कोषाध्यक्षमा मोहनप्रसाद मैनालीलाई चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा कुमार चौलागाई, शंकर प्रधानाङ्ग, अच्यूत रेग्मी, अर्जुन पार्खिन, शिव बस्नेत र जुली गुरुङलाई चयन गरेको छ ।
सर्वसम्मत रुपमा संघको नयाँ नेतृत्व चयन भए लगत्तै नवनिर्वाचित अध्यक्षपन्तले पर्यटन पत्रकार संघलाई देशव्यापी रुपमा अगाडि बढाउने र सरकारले लिएको भ्रमण वर्ष–२०२० लाई सफलपार्न सोही हिसाबले प्रबद्र्धनात्मक कार्य गर्ने बताए ।
साथै नवनिर्वाचित अध्यक्षपन्तले सातै प्रदेशमा पर्यटन पत्रकारहरुको क्षमता अभिवृद्धि कार्यक्रमसँगै पर्यटनका प्रवद्र्धनात्मक क्रियाकलाप अगाडि बढाउने जनाएका छन् ।