नेपाल बैंकमा एकै दिन ७०० ग्राहकले खोले खाता

<p>काठमाडौँ । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृध्दि गर्ने उद्देश्यले ल्याएको ‘समृद्धिको नाता खोलौ बैक खाता’ अभियानलाई सफल गराउन विशेषः पहल गरेको छ । यसैक्रममा नव वर्षको उपलक्ष्यमा दिईएको सार्वजनिक विदाको दिन समेत ७० वटा शाखा खोली स्थानीय स्तरमा प्रचार प्रसार सहित नेपाल बैकद्वारा सर्वसाधारणलाई समृध्द नेपाल अभियान वचत खाता [&hellip;]</p>


काठमाडौँ । नेपाल बैंक लिमिटेडले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृध्दि गर्ने उद्देश्यले ल्याएको ‘समृद्धिको नाता खोलौ बैक खाता’ अभियानलाई सफल गराउन विशेषः पहल गरेको छ ।

यसैक्रममा नव वर्षको उपलक्ष्यमा दिईएको सार्वजनिक विदाको दिन समेत ७० वटा शाखा खोली स्थानीय स्तरमा प्रचार प्रसार सहित नेपाल बैकद्वारा सर्वसाधारणलाई समृध्द नेपाल अभियान वचत खाता खोल्ने सेवा संचालन गरिएको थियो ।

पहिलो दिन नै ७०० बढी ग्राहकले उक्त खाता खोलेर यस अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । कुनै पनि बैकमा खाता नभएका नेपालीले आफनो परिचय खोलाउने कुनै पनि प्रमाणपत्रको आधारमा नेपाल बैंकका१६१ शाखाबाट खोल्न सकिने यस खाताको लागि आवश्यक रु १०० बैँक स्वयमले वेहार्ने छ ।

उक्त अभियानमा सहभागी वचत ग्राहकलाई ५.२५ प्रतिशतको आकर्षक व्याजदर सहित एविविएस , निःशुल्क एटिएम लगायतका सुविधा उपलव्ध हुने बैंकले जनाएको छ ।

Share News