काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अहिले वादविवाद भन्दा पनि समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले निरन्तर घटिरहेको ब्याजदरले निक्षेपकर्तालाई मार पर्छ कि भन्ने विषयमा राष्ट्र बैंक सजग रहेको बताए ।
राष्ट्र बैंकले ब्याजदर करिडोर २.७५ प्रतिशतको सिमा राखेको कारण सो भन्दा तल ब्याजदर झर्न दिएको छैन, उनले भने, ‘यदि उक्त सिमा पनि नतोकेको थियो भने ब्याजदर १ प्रतिशतमा झथ्र्यो ।’
कार्यकारी निर्देशक पौडेलका अनुसार ब्याजदर करिडोर राखेको कारण ठूलो लागत रास्ट्र बैंकले बेहोरेको छ । तर रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षात्मक गरेको रूपमा जोड दिनुपर्ने हुन्छ ।
अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्था बलियो नहुदा निजि क्षेत्र अग्रसर हुन नसक्ने उनको भनाई छ । तर बैंक तथा वित्तीय संस्थाहरु प्रुडेण्ट हुन जरुरी रहेको उनले औंल्याए । रास्ट्र बैंकले निक्षेपकर्ताको रक्षाका लागि भूमिका निर्वाह गर्दै आएको बताए ।