काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले कालोसूचिमा समावेश आशुतोष ब्रोकर एण्ड सेक्युरिटिजलाई कारोबार गर्न रोक लगाएको छ ।
मंगलबार बोर्डको बैठकले सो सेक्युरिटिज कालोसूचिबाट फुकुवा नभएसम्म र बोर्डले यसबारेमा पत्र नपठाएसम्म कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सीडीएसलाई पत्र लेखेको छ ।
यता, नेपाल स्टक एक्सचेञ्ज(नेप्स)ले आशुतोष ब्रोकर एण्ड सेक्युरिटिज प्रालिलाई निलम्बन गरेको छ ।
कम्पनी र कम्पनीका सञ्चालकहरु कर्जा सूचना केन्द्रको कालोसूचिमा समावेश देखिएकाले कालोसूचिमा पर्नुको कारण तथा तथ्य खुलाई नेप्सेमा पेश गर्न मंगलबार नेप्सेले पत्र काटेको छ ।
धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को नियम १८(६) मा सञ्चालक वा कार्यकारी प्रमुखको अयोग्यता सम्बन्धी प्राबधान अनुसार अर्को निर्णय नभएसम्म सदस्यता निलम्बन गरी धितोपत्र कारोबारमा रोक लगाइएको नेप्सेको पत्रमा उल्लेख छ ।
साथै, पत्रमा त्यस कम्पनीबाट कारोबार राफसाफ तथा फर्छ्यौट लगायतका अन्य कारोबार हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न भनिएको छ ।

याे पनि हेर्नुहाेस्
सेयर ब्रोकर कम्पनी आशुतोष कालोसूचीमा, धितोपत्र बोर्डले लाइसेन्स खारेज गर्न सक्ने