सस्तोमा घरकर्जा चाहियो? जानुस् सिभिल बैंक, १२.२६ प्रतिशत मै ऋण पाइन्छ

<p>काठमाडौं । तपाई घर किन्ने वा नयाँ बनाउने सोचमा हुनुहुन्छ ? बैंकको महंगो ब्याजका कारण घर बनाउन र किन्न सक्नु भएको छैन ? तपाइ सस्तो कर्जा खोजिरहनु भएको छ ? अब चिन्ता नलिनुस सिभिल बैंकले परल मूल्य अर्थात आधार ब्याजदर मै आवास कर्जा दिने भएको छ । बैंकले सिमित अवधिका लागि १२.२६ प्रतिशत मैं आवास [&hellip;]</p>

काठमाडौं । तपाई घर किन्ने वा नयाँ बनाउने सोचमा हुनुहुन्छ ? बैंकको महंगो ब्याजका कारण घर बनाउन र किन्न सक्नु भएको छैन ? तपाइ सस्तो कर्जा खोजिरहनु भएको छ ?

अब चिन्ता नलिनुस सिभिल बैंकले परल मूल्य अर्थात आधार ब्याजदर मै आवास कर्जा दिने भएको छ । बैंकले सिमित अवधिका लागि १२.२६ प्रतिशत मैं आवास कर्जा दिन लागेको हो । गत बैंशाखसम्म बैंकको आधार ब्याजदर १२.२६ प्रतिशत छ । यही दरमा घर बनाउन र किन्नलाई बैंकले कर्जा दिने भएको हो ।

बैंकले योजना तपाइको साथ हाम्रो तपाइको खुसी हाम्रो खुसी भन्ने नाराका साथ आवास कर्जा ल्याएको हो । यो योजना सीमित अवधिका लागि भएको बैंकले जनाएको छ ।

यो योजनामा सहभागी हुन शुक्रबारदेखि सुरु हुने प्रोपर्टी एक्सपोको स्टल नम्बर सी १९ वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

 

Share News