लाभकर वृद्धिबारे धितोपत्र बोर्डका अध्यक्ष असन्तुष्ट, भन्छन्- दर बढाउँदैमा कर संकलन वृद्धि हुन्न

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारमा करका दरहरु वृद्धि गर्दैमा कर संकलन वृद्धि नहुने बताएका छन् । धितोपत्र बोर्डको रजत जयन्ती बर्ष समापन कार्यक्रममा अध्यक्ष डा. कार्कीले पूँजी बजारमा कर वृद्धि गरेर कर संकलन हुन्छ भन्ने अनुमान यस अघि नै गलत सावित भैसकेको समेत बताएका थिए । ‘पहिलो पूँजी [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारमा करका दरहरु वृद्धि गर्दैमा कर संकलन वृद्धि नहुने बताएका छन् । धितोपत्र बोर्डको रजत जयन्ती बर्ष समापन कार्यक्रममा अध्यक्ष डा. कार्कीले पूँजी बजारमा कर वृद्धि गरेर कर संकलन हुन्छ भन्ने अनुमान यस अघि नै गलत सावित भैसकेको समेत बताएका थिए ।

‘पहिलो पूँजी बजारबाट ९० करोड राजश्व संकलन भएको थियो तर व्यक्तिगत तर्फको पूँजीगत लाभकर १० प्रतिशत र संस्था तर्फ १५ प्रतिशत कायम गरिएपछि त्यो घटेर ९ करोडमा सिमित हुन पुग्यो, त्यसकारण करको दर बढाउँदैमा कर संकलन बढ्ने होइन, बरु उल्टै घटछ’, कार्कीले भने ।

२०५८ साल अघि पूँजी बजारमा कुनै पनि प्रकारको कर थिएन् । २०५८ सालदेखि व्यक्तिगत तर्फ ५ र संस्थागत तर्फ १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरिएको थियो । तर २०६५ सालमा डा. बाबुराम भट्टराई अर्थमन्त्री बनेपछि त्यसलाई बढाएर व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ १५ प्रतिशत पुर्याएका थिए ।

तर सुरेन्द्र पाण्डे अर्थमन्त्री भएपछि त्यसलाई पुनःघटाएर ५ र १० प्रतिशत बनाए । त्यसपछि कुनै पनि सरकारले पूँजी बजारमा लाभकर वृद्धि गरेका थिएनन् । तर डा. युवराज खतिवडाले व्यक्तिगत तर्फ ७.५ प्रतिशत पूँजीगत लाभकर असुल्ने व्यवस्था गरेका छन् । यद्यपी संस्थागत तर्फ भने १० प्रतिशतको दर कायमै छ ।

डा. कार्कीले पूँजीगत लाभकर वृद्धि गरिएकोमा घुमाउरो शैलीले असहमति जनाउँदै अगाडी भने–‘दैनिक २ अर्बको सेयर कारोबार भएको देखेर राजश्व प्रशासनले यस क्षेत्रमा करको दर बढायो । यसले राजश्व वृद्धि गर्न सघाउँदैन् । बरु कारोबार घटेर राजश्व पनि घट्छ’, डा. कार्कीले भने ।

 

Share News