राजश्व सचिव ढुङानाले भने : मदिरा उद्योगलाई राज्यले प्रोत्साहन गर्दैन, कर संकलनको साधन मात्र बनाएको हो

<p>काठमाडौं । सरकारले बढी कर बुझाउन मदिरा उद्योगलाई प्रोत्साहन नगर्ने भएको छ । मदिरा उद्योग राज्यको नियन्त्रणमा रहेकाले प्रोत्साहन आवश्यक नरहेको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । “मदिरा राज्यले नियन्त्रण गर्नुपर्ने उद्योग हो । साह्रो खुला गर्नुपर्ने नभएकाले यसलाई नियन्त्रणमा राखेको छ” उनले भने “राज्यले मदिरा उद्योगलाई साह्रै प्रोत्साहन गर्दैन र गरेको पनि [&hellip;]</p>

काठमाडौं । सरकारले बढी कर बुझाउन मदिरा उद्योगलाई प्रोत्साहन नगर्ने भएको छ । मदिरा उद्योग राज्यको नियन्त्रणमा रहेकाले प्रोत्साहन आवश्यक नरहेको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए ।

“मदिरा राज्यले नियन्त्रण गर्नुपर्ने उद्योग हो । साह्रो खुला गर्नुपर्ने नभएकाले यसलाई नियन्त्रणमा राखेको छ” उनले भने “राज्यले मदिरा उद्योगलाई साह्रै प्रोत्साहन गर्दैन र गरेको पनि छैन् । राजश्व संकलनको साधन मात्र बनाएको छ ।”

अझै केही वर्ष राज्यको राजश्व संकलनको साधन मदिरा उद्योग हुने उनले स्पष्टपारे । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेटपछिको छलफललाई सम्बोधन गर्दै उनले राज्यको प्रथामिकतामा मदिरा उद्योग नपर्ने बताएका हुन् ।

उनले भने “युपीका आधारमा कर लगाएका छौ, करको दर पनि बढाउदै छौ ।” यो वर्ष स्वास्थ्य जोखिम कर नलगाएको उनले जानकारी दिए । मदिराको कार्यविधी बनाएर अघि बढ्ने तयारी भएको उनले सुनाए । कार्यविधिमा उद्योगीको सुझव पनि समेट्ने उनकाे भनाई छ ।

सो अवसरमा राजश्व सचिव ढुङानाले नक्कली भ्याट बिल दिनेलाई मात्र हैन अब लिनेलाई पनि कार्वाही गर्ने जानकारी दिए ।

Share News