सरकार र सेयर लगानीकर्ताबीचको वार्ताबिना निष्कर्ष टुङ्गियाे, अब के हाेला ?

<p>काठमाडौं । सरकार र सेयर लगानीकर्ताबीचको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । सरकारले आइतबारदेखि बोनस सेयर र हकप्रद सेयरको लागत मूल्यमा लाभकर लगाएपछि आन्दोलित भएका लगानीकर्ताले सोमबार राजश्व सचिव शिशीरकुमार ढुङ्गानासँग भेट गरेको थियो । भेटमा सचिव ढुङ्गानाले लगानीकर्ताको कुरा अर्थमन्त्री समक्ष राखिदिने प्रतिवद्धता जनाएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । “लगानीकर्ताले आफनोतर्फबाट [&hellip;]</p>

काठमाडौं । सरकार र सेयर लगानीकर्ताबीचको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।

सरकारले आइतबारदेखि बोनस सेयर र हकप्रद सेयरको लागत मूल्यमा लाभकर लगाएपछि आन्दोलित भएका लगानीकर्ताले सोमबार राजश्व सचिव शिशीरकुमार ढुङ्गानासँग भेट गरेको थियो ।

भेटमा सचिव ढुङ्गानाले लगानीकर्ताको कुरा अर्थमन्त्री समक्ष राखिदिने प्रतिवद्धता जनाएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । “लगानीकर्ताले आफनोतर्फबाट कुरा राखेको र हामीले लाभकर यसरी लाग्नु हुदैन भनेर राजश्व सचिवलाई बुझाउने प्रयास गरेका छौं” उनले भने । ठुला लगानीकर्ताले सरकारले लगाएको लाभकरको खारेजीको माग गर्दै सोमबारदेखि कारोबार नगर्ने निर्णय गरेका छन् ।

 

Share News