अटो मोबाइल क्षेत्रका लागि खुसी हुने बजेट आएको छ : अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको उनले बताए । यो बजेटले अटो क्षेत्रका व्यवसायीहरू खुसी भएको उनको भनाइ छ । 'अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीहरू स्वागत गर्छौँ,' उनले भने । यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए । अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए ।
अटोमोबाइल उद्योगका लागि मैत्रीपूर्ण बजेट, नाडा उत्साहित
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ । नाडाले विगतमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागमा अटोमोबाइल क्षेत्रसम्बन्धी नीतिगत सल्लाह र सुझावहरू पेश गरेको थियो, जसलाई बजेटले समेटेको भन्दै नाडाले सरकारलाई धन्यवाद दिएको हो । नाडाका अनुसार यस वर्षको बजेट व्यवसायमैत्री मात्रै नभई अटोमोबाइल व्यवसायको दीर्घकालीन माग र आवाजलाई सम्बोधन गर्न सफल भएको छ । नाडाले यस बजेटले उद्यमी, व्यवसायी र समग्र अटोमोबाइल उद्योगलाई मात्र होइन, राष्ट्रिय अर्थतन्त्रलाई समेत गतिशील बनाउने विश्वास व्यक्त गरेको छ । नाडाले अब आगामी मौद्रिक नीति पनि यसै अनुरूप व्यवसायमैत्री हुने अपेक्षा व्यक्त गर्दै बजेटमार्फत आफ्नो आवाज सुनिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार प्रकट गरेको छ । यस्ता नीतिगत पहलकदमीहरूले निजी क्षेत्रको मनोबल उच्च बनाउने र लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने कम्पनीको भनाइ छ ।
चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न
काठमाडौं । चीनको अटो उद्योगमा तीव्र बन्दै गएको मूल्ययुद्धले विश्वकै सबैभन्दा ठूलो गाडी बजारमा लामो समयदेखि अनुमान गरिएको ठूलो परिवर्तन (सेक-आउट) को डर बढाएको छ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले एक दर्जनभन्दा बढी मोडेलमा नयाँ छुटहरूको घोषणा गरेपछि ठूला गाडी निर्माता कम्पनीहरूका सेयर सोमबार घटे । बीवाईडीको मूल्य कटौतीले यसको सबैभन्दा सस्तो मोडेल सीगल ह्याचब्याक(ब्याट्रीबाट चल्ने) को सुरुवाती मूल्य करिब १० हजार डलरबाट घटाएर ५५ हजार ८०० युआन (७ हजार ७६५ डलर) बनायो । सीनो अटो इनसाइज्ट्सका प्रबन्ध निर्देशक टु लीका अनुसार बीवाईडीको मूल्य कटौती र अन्य घटनाक्रमहरूले कमजोर कम्पनीहरूले मूल्यमा लगातार भइरहेको गिरावट र घाटा धान्न नसक्ने अवस्था आउन सक्ने औंल्याए । उनले नेटा, पोलेस्टरजस्ता पहिले नै संघर्षरत स्टार्टअपहरूलाई दबाबमा पार्न सक्ने बताउँछन् । शुक्रबार ग्रेट वाल मोटर्सका अध्यक्ष वेई जिआनजुनले चेतावनी दिएका थिए कि चीनको अटो उद्योग अस्वस्थ अवस्थामा पुगेको छ, जहाँ मूल्य प्रतिस्पर्धाले कार निर्माता र आपूर्तिकर्ताहरूको नाफामा गहिरो असर पारेको छ । उनले चिनियाँ रियल स्टेट कम्पनी इभरग्रान्डसँग तुलना पनि गरे, जुन ठूलो ऋण संकटपछि गत वर्ष बन्द भयो । 'अहिले अटोमोबाइल उद्योगमा ‘एभरग्रान्ड’ पहिले नै छ तर अझै पतन भएको छैन,' उनले सीना फाइनान्ससँगको अन्तर्वार्ताका क्रममा भने । बजारमा तनावको अर्को संकेतस्वरूप रोयटर्सले रिपोर्ट गरेको छ कि चिनियाँ नियामकहरू 'प्रयोगशाला गाडी' बिक्रीबारे अनुसन्धान गरिरहेका छन्, जुन वास्तवमा नयाँ गाडीहरू हुन् तर ‘जीरो माइल्स’ मा बिक्री गरिन्छन् । एक स्रोतका अनुसार कम्पनीहरू आक्रामक बिक्री लक्ष्य पुरा गर्न यस्तो तरिका अपनाइरहेका छन् । पछिल्लो दशकमा धेरै स्टार्टअप कम्पनीहरू चीनको अटो बजारमा प्रवेश गरेका छन्, मुख्य रूपमा विद्युतीय गाडी (ईभी) क्षेत्रको तीव्र विकासको कारण । तर अहिले बजार अत्यधिक प्रतिस्पर्धी भएको छ र धेरै कम्पनीहरू ठूलो घाटामा चलिरहेका छन् । जाटो डाइनामिक्सको तथ्याङ्कअनुसार चीनमा हाल सक्रिय १६९ गाडी कम्पनीहरूमध्ये आधाभन्दा बढीको बजार हिस्सा ०.१ प्रतिशतभन्दा कम छ । यो अवस्था २०औं शताब्दीको सुरुमा अमेरिकाको अटो उद्योग जस्तै हो, जहाँ फर्डजस्ता ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सयौं कम्पनीहरू बजारमा आएका थिए, अन्ततः केही उद्योग बन्द भए त केही मर्जरमा गए । लीले भनेअनुसार मूल्ययुद्ध करिब तीन वर्षदेखि चलिरहेको छ । सुरुमा ड्राइभर असिस्टेन्ट प्रणालीहरू (जसले केही अवस्थामा स्टेयरिङ र ब्रेकिङ नियन्त्रण गर्छ) जस्ता विशेषताहरूका लागि ग्राहकहरूले बढी मूल्य तिर्थे तर अहिले यी सुविधा बहुसंख्यक कम्पनीहरूले सामान्य मूल्यमै दिन थालेका छन् । गत हप्ता, चीनको राज्य योजना आयोगले चेतावनी दिएको थियो कि केही उद्योगहरूमा प्रतिस्पर्धा अत्यधिक भइसकेको छ, केही कम्पनीहरूले लागतभन्दा सस्तो मूल्यमा गाडी बिक्री गरिरहेका छन्, जसले निष्पक्ष प्रतिस्पर्धा विथोलिरहेको छ । शुक्रबार ग्रेट वालका अध्यक्ष वेई ले भने, 'यो दीर्घकालीन मूल्य युद्धले गाडी आपूर्ति शृंखलालाई असर गरिरहेको छ । कार कम्पनीहरूबाट मूल्य घटाउन दबाब आएपछि केही आपूर्तिकर्ता कम्पनीहरू बन्द हुने खतरा छ ।' 'केही उत्पादनहरू २ लाख २० हजार युआनबाट १ लाख २० हजार युआनसम्म घटाइएको छ । एक लाख युआन घटाएर अझै गुणस्तर कायम राख्न सकिने कुन औद्योगिक उत्पादन हुन्छ ?,’ उनले थपे । चीनको अटो उद्योगमा लामो समयदेखि एकीकरण हुने अनुमान हुँदै आएको भए पनि कम्पनीहरूको संख्या अझै बढिरहेको माइकल जे डुने नामक विश्लेषकले बताए। 'बीवाईडीको मूल्य कटौतीले केही कमजोर कम्पनीहरूलाई बजारबाट हटाउनेछ,’ उनले भने, 'तर यहाँ हरेक पतनसँगै साओमी वा हुवावेजस्ता नयाँ खेलाडीहरू मैदानमा छिर्दै छन् ।’
शांघाई अटो शोमा सबैको ध्यान खिचेको 'जेको जे फाइभ' र 'जेको भी ट्वान्टी थ्री' नेपाल भित्रिँदै
काठमाडौं । शांघाई अटो शोमा सबैको ध्यान केन्द्रित गरेको जेको जे फाइभ र जेको भी ट्वान्टी थ्री नेपाली बजारमा आउने पक्का भएको छ । नेपालमा ओमोडा र जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले दुवै मोडल भित्र्याउन लागेको हो । सबै कुरा मिलेको अवस्थामा नाइमा अटो शोमा यी दुवै मोडल प्रदर्शन हुने स्रोतले जनाएको छ । दुई मोडेलमध्ये जेको जे फाइभ आउने लगभग पक्का भइसकेको छ भने भी ट्वान्टी थ्रीलाई पनि सक्दो नाइमा अटो शोमा देख्न सकिने स्रोतको दावी छ । जेको जे फाइभ एसयूभी हाे । याे गाडी प्लग इन हाइब्रिडमा उपलब्ध हुनेछ । यसमा बोल्ड फ्रन्ट ग्रिल र मोडर्न एलईडी हेडलाइट्स रहेकाे छ । यसैगरी, याे गाडीमा २०८ किलाेवाटकाे पीएमएस मोटर रहेकाे छ । ब्याट्रीप्याक ६९.८ किलाेवाटकाे लिथियम आयन ब्याट्री रहेकाे छ । यसकाे डब्ल्यूएलटीपी रेन्ज ५०१ किलाेमिटर रहेकाे छ । यसका साथै यसमा प्यानाराेमिक सनरुफ, १९ इन्चकाे एलाेय ह्वील्स, लेभल टु एडीएसलगायतका अन्य फिचर छन् । जेको भी ट्वान्टी थ्री प्रिमियम इलेक्ट्रिक कम्प्याक्ट-साइज क्रसओभर हो । रेट्रो अफ राेड डिजाइनमा आधारित याे गाडीलाई आईकार ट्वान्टी थ्री भनेर पनि चिनिन्छ । यो गाडीमा अफ-रोड क्षमतासँगै आधुनिक प्रविधि र स्टाइलिश डिजाइन रहेकाे छ । याे गाडीमा फोर ह्वील कर्नर डिजाइन रहेकाे छ । यसमा ग्राउन्ड क्लियरेन्स २०६ मीमी र अल ह्वील ड्राइभमा २१२ मीमी रहेकाे छ ।
निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी
काठमाडौं । निसानका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) इभान एस्पिनोसा जापानी अटो निर्माता कम्पनीलाई सुधार्ने कठिन कामको सामना गर्दैछन् । एस्पिनोसाले लागत घटाउने योजना अघि सारेका छन् । किनभने घट्दो विक्री अवस्था फर्किने कुनै ग्यारेन्टी छैन । नयाँ मोडलहरूको कमी, सबैभन्दा ठूलो बजारमा नयाँ ट्यारिफ र चिनियाँ तथा स्थानीय प्रतिस्पर्धीहरूको तीव्र प्रतिस्पर्धाले गर्दा निसानलाई बिक्री टिकाइराख्न निकै कठिन हुनेछ । कम्पनीको बिक्री सन् २०१७ को व्यापार वर्षदेखि अहिलेसम्म ४२ प्रतिशतले घटिसकेको छ । एस्पिनोसाले मंगलबार ११ हजार थप कर्मचारी कटौती गर्ने, सातवटा कारखाना बन्द गर्ने योजना सार्वजनिक गरे । साथै उनले चालू आर्थिक वर्षमा बिक्री ३ प्रतिशतले घट्ने अपेक्षा गरिएको जानकारी दिए, किनकि प्रमुख बजारहरूमा प्रदर्शन दबाबमा रहेको छ । कम्पनीले चीनमा बिक्री १८ प्रतिशतले घट्ने आशा राखेको छ भने उत्तर अमेरिका र जापानमा बिक्री झन्डै स्थिर रहने अनुमान छ । 'तिनीहरूसँग हाइब्रिड कारहरूको लाइनअप छैन । तिनीहरूको ब्याट्री(चालित विद्युतीय सवारी ९बीईभी० सफल छैनन्,' अनुसन्धान संस्था पेलहम स्मिथर्स एसोसिएट्सकी विश्लेषक जुली बुटेले भनिन् । 'तिनीहरूले नयाँ मोडल ल्याउनमा काम गर्नुपर्नेछ, तर त्यसमा समय लाग्छ र ती पहिलेभन्दा सफल हुने ग्यारेन्टी पनि छैन,' उनले थपिन् । एस्पिनोसाले सवारी विकास समयलाई उल्लेखनीय रूपमा छोट्याउने र कम्पनीको रणनीतिलाई सबैभन्दा महत्त्वपूर्ण अमेरिकी बजारमा क्रसओभर र स्पोर्ट युटिलिटी सवारीहरू (एसयूभी) मा केन्द्रित गर्ने वाचा गरेका छन् । 'हामी बुझ्दछौं कि दीर्घकालीन सुधार केवल लागत कटौतीमा भर पर्न सक्दैन । यसलाई सशक्त उत्पादन प्रस्तावले पनि साथ दिनुपर्छ,' उनले भने । रणनीतिअनुसार निसानले यो आर्थिक वर्षदेखि आफ्ना अमेरिका बिक्रीमा सर्वाधिक बिक्री हुने ‘रग’ एसयूभीको प्लग-इन हाइब्रिड संस्करण संयुक्त रूपमा आफ्नो साझेदार मित्सुबिशी मोटर्ससँग विकास गरेर ल्याउनेछ । अर्को हाइब्रिड संस्करण अर्को आर्थिक वर्षमा ल्याइनेछ, जसमा निसानको ई-पावर हाइब्रिड प्रविधि प्रयोग गरिनेछ । बुटेका अनुसार यो रणनीति सफल हुनेमा निसान विश्वस्त छैन, किनभने प्लग-इन हाइब्रिडहरूको माग शुद्ध हाइब्रिड जति छैन । 'उनीहरूले आकर्षक उत्पादन ल्याउनुपर्नेछ यो लक्ष्य हासिल गर्न,' बर्नस्टीनका वरिष्ठ विश्लेषक मासाहिरो अकिताले भने । ट्यारिफ र नाफा समस्या अमेरिकाले लागू गरेका नयाँ ट्यारिफहरूले निसानको चालू आर्थिक वर्षमा बिक्री घटाउने योजनालाई थप जटिल बनाएको छ । कम्पनीले ३ प्रतिशत घटाएर ३० लाख २५ हजार सवारी बिक्री गर्ने लक्ष्य राखेको छ । ट्यारिफले गर्दा कम्पनीले अमेरिका बजारमा मूल्य बढाउनुपर्ने सम्भावना छ भने उत्पादन लागत पनि बढ्नेछ । अघिल्लो आर्थिक वर्षमा अमेरिका बिक्री ९ लाख ३८ हजार सवारीमा पुगेको थियो, तर यो वृद्धि कम मूल्यका साना सवारीहरू- जस्तै मेक्सिकोबाट आयात गरिएका सेन्ट्रा र भर्साका कारण थियो । तर, उत्तर अमेरिकी बजारमा निसानको सञ्चालन नाफा माइनस ०.५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.६ प्रतिशत थियो, यद्यपि कार बिक्री बढेको थियो । निसानले आफ्ना अमेरिकी बजारका कुल बिक्रीमध्ये मेक्सिको र जापानबाट ४५ प्रतिशतभन्दा कम मात्रै आयात गर्छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले चालु आर्थिक वर्षमा कम्पनीलाई ४५० अर्ब येन (३.१ अर्ब डलर) खर्च गराउनेछ भन्ने अनुमान छ । नाफा अझै दबाबमा रहन्छ, किनभने कम्पनीले पुराना मोडलहरूको स्टक घटाउन भारी छुटहरू प्रदान गरिरहेको छ । एकै समयमा निसान चिनियाँ ईभी निर्माता जस्तै बीवाईडी र घरेलु प्रतिस्पर्धीहरूबाट पनि चुनौतीको सामना गरिरहेको छ । सस्तो मूल्यका सवारी बनाउने निसानको सानो प्रतिस्पर्धी सुजुकीले सन् २०२५ को पहिलो तीन महिनामा निसानको बिक्रीलाई पार गर्दै टोयोटा र होन्डा पछाडि जापानको तेस्रो ठूलो अटो निर्माता बन्ने बाटोमा छ । खस्किँदै कम्पनी निसान जापानका ठूला अटो निर्माता कम्पनीहरूमा यस वर्ष अहिलेसम्म २९ प्रतिशत गिरावटसहित सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनेको छ, जुन व्यापक बजारको ५.५ प्रतिशत गिरावटभन्दा निकै खराब हो । यस वर्ष सुरुमा ठूला प्रतिस्पर्धी होन्डासँगको एकीकरण प्रयास असफल भएपछि एस्पिनोसाले कम्पनीको नेतृत्व सम्हालेका हुन् । उनी अघि मकोटो उचिडा पदमा थिए । उक्त एकीकरण भएमा विश्वकै चौथो ठूलो अटो कम्पनी बन्ने थियो । विश्लेषकहरूका अनुसार निसानले विगतमा पूर्वअध्यक्ष कार्लोस गोसनको नेतृत्वमा बिक्री बढाउने लक्ष्यमा अत्यधिक ध्यान केन्द्रित गरेको र भारी छुटमार्फत बिक्री बढाउने रणनीतिले अहिले कम्पनीलाई घाटा भएको हो । यसले कम्पनीको ब्रान्ड छविमा क्षति पुर्याएको छ र कम्पनी अहिले पुराना मोडलहरूलाई अद्यावधिक गर्न संघर्ष गरिरहेको छ । बुटेले चिन्ता व्यक्त गर्दै भनिन्, 'यदि ट्रम्पको ट्यारिफ लामो समयसम्म रह्यो भने निसानले थाम्न सक्ला कि सक्दैन भन्ने प्रश्न उठ्छ ।' टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड
बेलायती कारहरूलाई छुट दिँदा अमेरिकी अटो निर्माता आक्रोशित
काठमाडौं । जनरल मोटर्स, फोर्ड र स्टेलान्टिसलाई प्रतिनिधित्व गर्ने एक समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग घोषणा गरेको व्यापार सम्झौताको कडा आलोचना गरेको छ । समूहले यो सम्झौताले अमेरिकी अटो उद्योगलाई हानि पुर्याउने चेतावनी दिएको छ । यो सम्झौताअनुसार बेलायती कार निर्माताहरूलाई हरेक वर्ष १ लाख कारहरू अमेरिका पठाउन कोटा दिइनेछ, जुन १० प्रतिशत महसुल दरमा हुने छ । यो संख्या गत वर्ष बेलायतले निर्यात गरेको कुल संख्याको लगभग बराबर हो । यो दर मेक्सिको र क्यानडाको २५ प्रतिशत महसुल दर र अन्य अधिकांश देशहरूको दरको तुलनामा निकै कम हो । 'यो सम्झौताअनुसार अमेरिकन अंशहरू नभएका बेलायती कारहरू अमेरिका ल्याउनु यूएसएमसीए अनुरूप आधा अमेरिकी अंश भएका मेक्सिको वा क्यानडाका कारहरू ल्याउनु भन्दा सस्तो पर्छ,' अमेरिकी अटोमोटिभ पोलिसी काउन्सिलले भन्यो । काउन्सिलले डेट्रोइट थ्री अटोमेकरहरूलाई प्रतिनिधित्व गर्छ । 'यसले अमेरिकी अटोमेकरहरू, आपूर्तिकर्ताहरू र कामदारहरूलाई क्षति पुर्याउँछ । हामी आशा गर्छौं कि बेलायती गाडीहरूलाई दिइएको यो विशेष पहुँचले भविष्यमा एसियाली वा युरोपेली प्रतिस्पर्धीहरूसँग हुने वार्ताका लागि उदाहरण नबनोस्,’अटोमेकरहरूको समूहले थप्यो । अमेरिकी अटो निर्माता चिन्तित छन् कि यो सम्झौता अन्य देशहरूसँग हुने भविष्यका सम्झौताहरूको ढाँचा बन्न सक्नेछ, जसले उनीहरूले क्यानडा वा मेक्सिकोमा बनाउने गाडीहरूलाई कमजोर बनाउनेछ । शुक्रबार ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले भने, 'कुनै पनि राष्ट्रपतिले राष्ट्रपति ट्रम्पभन्दा बढी व्यक्तिगत रूपमा अमेरिकी अटो उद्योग पुनर्जीवित गर्न चासो देखाएका छैनन् । ट्रम्प प्रशासनले राष्ट्रिय र आर्थिक सुरक्षाका लागि आवश्यक उत्पादनहरू पुनः अमेरिकामै ल्याउने उद्देश्यले अटोमेकरहरूसँग मिलेर काम गरिरहेको छ, जसमा महसुल छुट र नियमन न्यूनीकरणजस्ता नीतिहरू छन् ।’ ट्रम्पले गत महिना गाडीहरूमा लगाइने महसुलको असर कम गर्दै केही पाट्र्स र कच्चा पदार्थहरूमा महसुलको प्रभाव घटाए पनि आयात गरिएका गाडीहरूमा २५ प्रतिशत महसुल कायम राखेका छन् । उनले यूएसएमसीए अनुरूपका उत्तर अमेरिकी अटो पार्ट्सहरूलाई महसुल छुट पनि निरन्तरता दिएका छन् । अटोमेकरहरूले आशा गरेका थिए कि ट्रम्पले गाडीको महसुल सहज बनाउनेछन् । फोर्डले यसै साता महसुलका कारण मेक्सिकोमा बनेका केही गाडीहरूको मूल्य बढाएको जनाएको छ । ट्रम्पको व्यापार युद्धले सन् २०२५ मा कम्पनीलाई लगभग २.५ अर्ब डलर थप खर्च हुने बताएको छ, तर करिब १ अर्ब डलरको बोझ कम गर्न सकिने आशा गरेको छ । जीएमले महसुलका कारण ४ अर्बदेखि ५ अर्ब डलरसम्मको लागत पर्ने जनाएको छ तर कम्तीमा ३० प्रतिशत क्षतिपूर्ति गर्न सकिने आशा गरेको छ । टोयोटाले भने अप्रिल र मे महिनाका लागि महसुल खर्च करिब १.२ अर्ब डलर हुने प्रक्षेपण गरेको छ । टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि
लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा 'केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै
काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले 'केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । काठमाडौंस्थित थापाथली (केई शोरुम/हुन्डाई शोरुमको विपरित दिशा)मा आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुन लागेको हो । 'केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ । कार्निभलका मुख्य आकर्षण ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारी साधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् । बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने जनाइएको छ । यसैगरी, प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारीसाधन सँग बोस्च जेट कार वासर र एक्स थ्री प्रो सवारीसाधनको साथ बोस्च वासिङ मेसिन प्राप्त गर्न सकिने छ । कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू पनि हुने जनाइएको छ । चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ । नेपालमा केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले वितरण गर्छ ।
ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी
काठमाडौं । बीवाईडी र चेरीजस्ता चिनियाँ सवारी निर्माता कम्पनीहरू युरोपेली आयोग (ईयू) मा चिनियाँ-निर्मित विद्युतीय सवारीहरूमा लाग्ने आयात शुल्कबाट बच्न प्लग-इन हाइब्रिड सवारी (पीएचईभी) बढी बेच्ने गरेको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको एक रिपोर्टमा उक्त तथ्यांक उल्लेख गरिएको हो । अनुसन्धान संस्था रो मोशनका अनुसार यी दुई ब्रान्डहरूले सन् २०२५ को मार्चमा क्रमशः ३ हजार २६९ र ७५७ वटा पीएचईभी ईयूभित्र बेचेका थिए, जुन सन् २०२४ को जुलाईमा अस्थायी शुल्क लागू हुँदा झण्डै शून्य बिक्री थियो । चिनियाँ–निर्मित ब्याट्री-विद्युतीय सवारी (बीईभी) हरूमा ईयूले ४५.३ प्रतिशतसम्मको शुल्क नोभेम्बरदेखि पूर्ण रूपमा लागू गरेको छ । अमेरिकी शुल्कको असर सामना गरिरहेका बेला ईयू र चीन बीचमा यी शुल्कहरू केही कम गर्ने विषयमा वार्ता चलिरहेको छ । ईयूको शुल्क र युरोपमा ब्याट्री-विद्युतीय सवारीको अपेक्षाभन्दा ढिलो स्वीकृतिका कारण बीवाईडी र लीपमोटरजस्ता ईभी निर्माता कम्पनीहरूले युरोपेली बजारका लागि आफ्नो रणनीति फेरिरहेका छन् । मंगलबार, बीवाईडीले यो वर्ष जर्मनीमा थप दुई पीएचईभी मोडेलहरू ल्याउने घोषणा गरेको थियो । बीवाईडीले ईयूमा बेचिने बीईभीमा २७.५ प्रतिशत शुल्क तिर्छ, जबकि पीएचईभीमा मात्र १० प्रतिशत । यसले जर्मनीमा बेचिने प्रत्येक अट्रो थ्री बीईभीमा १० हजार २५७ युरो (११ हजार ६५६ डलर) शुल्क तिर्नुपर्छ, जबकि सील यू पीएचईभीमा मात्र ३ हजार ९९९ युरो शुल्क लाग्छ । बीवाईडीको मार्च महिनामा ईयूमा बीईभीको बिक्री ४ हजार ६३३ पुगेको थियो, जुन मार्च २०२४ को तुलनामा दोब्बर हो । तर पीएचईभी बिक्री शून्यबाट ३ हजार २६९ मा पुगेको छ । चेरी जसले पनि बीईभीमा १० प्रतिशत आधारभूत शुल्क र २१.३ प्रतिशत अतिरिक्त शुल्क तिर्छ, उसले ३१० बीईभी र ७५७ पीएचईभी बिक्री गरेको थियो । एसएआईसले ३५.३ प्रतिशतको सबैभन्दा उच्च बीईभी शुल्कको सामना गरिरहेको छ । तर उसले पीएचईभीको बिक्रीमा बीवाईडी वा चेरीजत्तिको वृद्धि गर्न सकेको छैन । 'निर्माताहरूले बजारमा पुग्न वैकल्पिक बाटो पत्ता लगाउने समय मात्र पर्खन बाँकी थियो,' रो मोशनका सदस्यता सम्पादक डिडी बोस्टकले भने, 'र अहिले तिनीहरूले त्यो बाटो हाइब्रिडमार्फत पाएका छन् ।’ नयाँ सीईओको खोजीमा टेस्ला
केई अटो सम्मेलनमा लक्ष्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्स सम्मानित
काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रालि र जिओ अटोमोबाइल्स प्रालिले चीनको यिबिनमा सम्पन्न 'केई अटो ग्लोबल कन्फरेन्स २०२५' मा ‘मोस्ट प्रमिसिङ पार्टनर अवार्ड’ प्राप्त गरेका छन् । नेपालमा केई मोटर्सका आधिकारिक वितरकद्वयले पाएको यो अवार्डले ५० भन्दा बढी अन्तर्राष्ट्रिय वितरकहरूमध्ये उत्कृष्ट साझेदारका रूपमा उनीहरूको पहिचान बलियो बनाएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक छलफल र व्यवसायिक सञ्जाल विस्तारका अवसरहरू प्रस्तुत गरिएका थिए । केई ब्रान्डलाई नेपाली बजारमा सफल रूपमा प्रवर्द्धन गर्ने, ग्राहक सन्तुष्टि हासिल गर्ने र नविनतम मोडेलहरूको तयारीमा अग्रसर रहने प्रतिबद्धताका लागि यो अवार्ड दिइएको हो । केई नेपाल अब नेपाली उपभोक्ताको आवश्यकता र रुचिअनुसार डिजाईन गरिएका नयाँ मोडेलहरू सार्वजनिक गर्ने तयारीमा रहेको छ । ती सवारी साधनहरू आधुनिक प्रविधि, मजबुत प्रदर्शन र उचित मूल्यमा उपलब्ध गराइने लक्ष्य छ । अवार्डले नेपालभर नवप्रवर्तनशील र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।
अमेरिकी अटो उद्योगका लागि राहत : ट्रम्पले ट्यारिफमा लचकता देखाउँदै ऐतिहासिक कदम चाल्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल उद्योगमा देखिएको आर्थिक दबाबलाई सहज बनाउँदै मंगलबारदेखि अटो ट्यारिफको प्रभाव कम गर्ने ऐतिहासिक घोषणा गर्न लागेका छन् । वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार अबदेखि स्वदेशमै उत्पादित कारहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जाहरूमा लाग्ने ट्यारिफ कम गरिनेछ र विदेशमा बनेका कारहरूमा अनावश्यक दोहोरो शुल्क लगाइने छैन । 'राष्ट्रपति ट्रम्पले अमेरिकी अटो उत्पादक र कामदारहरूका लागि दीर्घकालीन साझेदारी निर्माण गर्दैछन्, 'लुटनिकद्वारा ह्वाइट हाउसमार्फत जारी वक्तव्यमा भनिएको छ, 'यो सम्झौता राष्ट्रपति ट्रम्पको व्यापार रणनीतिका लागि कोसेढुङ्गा सावित हुनेछ ।' यो कदम किन विशेष छ? वाल स्ट्रिट जर्नलले खुलासा गरेअनुसार ट्रम्पको यो कदमले स्टिल र एल्युमिनियममा लाग्ने अन्य शुल्कहरूसँग भीडन्त नगरी सन्तुलन कायम राख्नेछ । अघिल्ला ट्यारिफहरू तिरेका कम्पनीहरूलाई फिर्ता भुक्तानी दिइने समेत उल्लेख गरिएको छ। राष्ट्रपति ट्रम्प मिशिगन प्रस्थान गर्दैछन्, जहाँ उनले आफ्नो कार्यकालको पहिलो १०० दिनको कार्यकाललाई लिएर आयोजना गर्नेछन् । अटो ट्यारिफमा आएको लचकता ट्रम्प प्रशासनको व्यापार सम्बन्धी कठोर र कडा नीतिमा आएको परिवर्तनको एउटा स्पष्ट संकेत हो । उद्योगबाट स्वागत जनरल मोटर्स (जीएम) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेरी बार्रा भन्छिन्, 'राष्ट्रपति ट्रम्पको नेतृत्वले अमेरिकी निर्माण क्षेत्रका लागि खेलमैदान समतल बनाइरहेको छ। अब हामी अमेरिकामा झन् बढी लगानी गर्न सक्षम हुनेछौं ।' फोर्डका सीईओ जिम फार्लीले भन्छन्, 'यो निर्णयले अटो उद्योग, आपूर्तिकर्ता र उपभोक्ताहरू सबैलाई राहत दिनेछ ।' ट्यारिफले अटो उद्योगमा अस्थिरता पछिल्ला केही महिनायता अटो ट्यारिफले अमेरिकाको अटो उद्योगमा अस्थिरता ल्याएको थियो । स्टिल, एल्युमिनियम र पाट्र्समा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको योजनाले मूल्यवृद्धि, बिक्रीमा गिरावट र आपूर्ति श्रृंखलामा अवरोध ल्याउने चेतावनी दिइएको थियो । जीएम, टोयोटा, फक्सवागन, हुन्डाईलगायत ठूला ब्रान्डहरूको प्रतिनिधित्व गर्ने समूहले ट्रम्पलाई चेतावनी दिँदै पत्र पठाएका थिए, जसमा भनिएको थियो – 'यी ट्यारिफहरूले सम्पूर्ण अटो उद्योगमा धेरै असर पार्नेछन् ।' अब भने ट्रम्पको कदमले उद्योगलाई राहत दिइसकेको छ- नयाँ घोषणा मंगलबार औपचारिक गरिनेछ । सान्दर्भिक सामग्री बीवाईडीको त्रैमासिक नाफा गत वर्षको तुलनामा १००.४ प्रतिशतले वृद्धि लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै
काठमाडौं । चीनमा विदेशी अटोमोकरहरूले यस वर्षको शाङ्घाई अटो शोमा एक गम्भीर चुनौतीको सामना गरिरहेका छन्- घरेलु कम्पनीहरूले आकर्षक, सस्तो विद्युतीय सवारी (ईभी) तीव्र गतिमा उत्पादन गरिरहँदा चिनियाँ ग्राहकहरूको विश्वास पुनः जित्ने । विश्वका ठूला अटोमेकरहरूले विगत केही वर्षहरूमा आफ्नो बजार हिस्सेदारी क्रमशः गुमाइरहेका छन्, किनकि चिनियाँ ब्रान्डहरूको बिक्री उच्च भइरहेको छ । अघिल्ला ब्रान्डहरूको मूल्य घट्दै जानु अहिले सस्तो र मध्यवर्गीय सवारी साधनहरूबाट सुरु भएर लक्जरी अटोमेकरहरूमा फैलिएको छ, जसले अब उन्नत ईभी प्रविधि र अत्याधुनिक सुविधाहरूमा चिनियाँ प्रतिस्पर्धीहरूसँग मेल खान संघर्ष गरिरहेका छन् । जर्मनीको पोर्शे- दशकौंदेखि विश्वकै शक्तिशाली प्रिमियम ब्रान्डहरूमध्ये एक- अहिले चीनमा विदेशी अटोमेकरहरूको पतनको प्रतीक बनेको छ । देशमा यसको बिक्री पहिलो त्रैमासिकमा ४२ प्रतिशतले घट्यो, जुन विगतका गिरावटहरूको निरन्तरता हो । केवल चार वर्षअघि पोर्शले चीनमा ९५ हजार ६७१ गाडी बेचेर कीर्तिमान राखेको थियो- जुन २०२१ को कुल विश्वव्यापी बिक्रीको झण्डै एक तिहाइ थियो । फक्सवागन समूहअन्तर्गतका अन्य ब्रान्डहरू जस्तै भीडब्ल्यू र अडीले शाङ्घाई शोमा पाँच नयाँ ईभी मोडल प्रदर्शन गरे पनि पोर्शे आफ्ना इन्धनमा चल्ने गाडीहरूको परम्परामा केन्द्रित भयो । कम्पनीले ९११ मोडेलका दुई सीमित संस्करणहरू सार्वजनिक गर्यो, जुन प्रख्यात स्पोर्ट्स कारका पुराना मोडेलहरूबीच राखिएको थियो । एउटा बोर्डमा लेखिएको थियो- 'यसको विकल्प छैन' । तर चिनियाँ ग्राहकहरूलाई यो चित्त बुझ्दैन । उनीहरू सस्तो र भविष्यमुखी लक्जरी सवारीहरू घरेलु ब्रान्डहरू- जस्तै बीवाईडीको याङ्वाङ ब्रान्ड र साओमीबाट खरिद गरिरहेका छन् । साओमीले हालै कार उद्योगमा प्रवेश गरे पनि यसको पहिलो सवारी एसयू सेभेन स्पोर्ट सेडानले पोर्शेजस्तै डिजाइन र निकै कम मूल्यमा ठूलो चर्चा पायो । फेब्रुअरीमा साओमीले १ हजार ५४८ हर्सपावरको एसयू सेभेन अल्ट्रा सार्वजनिक गर्दा मूल्य ५ लाख २९ हजार ९०० युआन (झण्डै ७२ हजार ५९१ डलर) थियो र दुई घण्टामै १० हजार अर्डर आएको दाबी गर्यो- जुन संख्या चीनमा पोर्शेका सबै मोडलहरूको पहिलो त्रैमासिक बिक्रीभन्दा बढी हो । चीनमा सबैभन्दा सस्तो पोर्शे ९११ को मूल्य १.४६८ मिलियन युआन (झण्डै २ लाख १ हजार १७० डलर) छ, जसमा ३९४ हर्सपावर हुन्छ । सीनो अटो इनसाइजका संस्थापक तू ली भन्छन्, 'चीनमा पोर्शे सकियो ।' विदेशी अटोमोकरहरू चीनमा बिक्री गुमाइरहेका छन् र पोर्शेमात्र यो अवस्थामा छैन । यद्यपि धेरैजसो चिनियाँ प्रतिस्पर्धीहरू अझै नाफामा पुगेका छैनन् । 'विदेशी अटोमोकरहरूले चुनौती बुझेका छन्,' शाङ्घाईस्थित अटोमोटिभ फोरसाइजका प्रबन्ध निर्देशक यु झाङ भन्छन्, 'तर तिनीहरू अझै समाधानतर्फ पर्याप्त छिटो बढिरहेका छैनन् ।' सेप्टेम्बर २०२२ मा पोर्शको प्राथमिक सेयर निष्कासन (आईपीओ) पछि यसको मूल्य यसको प्यारेन्ट कम्पनी फक्सवागनभन्दा बढी भएको थियो । तर अहिले पोर्शको सेयर मूल्य ४४ प्रतिशतले घटिसकेको छ र यो वर्षमात्र २१ प्रतिशतले घटेको छ । चीनमा यसको बिक्री लगातार तीन वर्षदेखि घट्दै गएको छ । फक्सवागन र पोर्शेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमेले शाङ्घाई शोअघि पत्रकार सम्मेलनमा भीडब्ल्यू र अडीका मोडलहरू सार्वजनिक गर्दा पोर्शेको घट्दो बिक्रीलाई महत्त्व नदिएको बताए । 'हामीलाई संख्याको मतलब छैन,' ब्लुमेले भने, 'हामी मूल्यलाई कायम राख्न चाहन्छौं ।' ब्लुमेले पोर्शले साओमी वा याङवाङजस्ता ब्रान्डहरूसँग सिधा प्रतिस्पर्धा नगरेको दाबी गरे । 'उनीहरू पनि राम्रो कार हुन्,' उनले भने, 'तर ती कारहरूमा पोर्शेको जस्तो ड्राइभिङ क्षमताको अभाव छ र ती सस्तो मूल्यको क्षेत्रमा पर्छन् ।' ब्लुमेलेका अनुसार पोर्शेले चीनमा विद्युतीय सवारीको सेग्मेन्ट नै छोड्न सक्ने सम्भावना छ, जहाँ आधाभन्दा बढी नयाँ गाडीहरू ईभी वा हाइब्रिड हुन् । पोर्शेले यहाँ दुईवटा ईभी बेच्छ- टाकन र माकन । तर देशअनुसार मोडल बिक्री सार्वजनिक गर्दैन । ब्लुमेलेका भने, 'चीनमा पोर्शका ईभी बिक्री 'तुलनात्मक रूपमा कम' छन् । अर्को दुईदेखि तीन वर्षमा हामी हेर्नेछौं, पोर्श यहाँ विद्युतीय ब्रान्डका रूपमा रहन्छ कि रहँदैन ।' पोर्शको ऐतिहासिक विशिष्टता- जस्तै ९११ को सिक्स-सिलिन्डर इञ्जिनको गर्जन- चीनमा अन्य बजारजस्तो प्रभावशाली छैन । जाटो डाइनामिक्सका चीन निर्देशक बो युले भने, 'पोर्श ब्रान्डको सुनौलो छवि अब चीनको नयाँ पुस्तालाई केही अर्थ राख्दैन ।' धमाका मच्चाउँदै चिनियाँ अटोमेकर अब चिनियाँ अटोमोकरहरू उच्च स्तरमा प्रवेश गर्दै बिक्री संख्यामा केन्द्रित छन् । साओमीले गत वर्ष १ लाख ३७ हजार एसयू सेभेन बेचेको थियो, जुन पोर्शेको चीनमा गरिएको कुल वार्षिक बिक्री (५७ हजारभन्दा कम) को दोब्बर हो । गत महिना साओमीले २०२५ को लागि आफ्नो सवारी बिक्री लक्ष्य ३ लाख ५० हजार मा बढाएको घोषणा गर्यो । सानो लक्जरी ईभी निर्माता निओको बिक्री गत वर्ष ३८.७ प्रतिशतले बढेर २ लाख २१ हजार ९७० पुगेको थियो । सीईओ विलियम लीका अनुसार निओले यस वर्ष आफ्नो उत्पादन दोब्बर पार्ने अपेक्षासहित नौवटा नयाँ वा अपडेटेड ईभी मोडल ल्याउने योजना बनाएको छ । चीनको अटो उद्योगको तीव्र वृद्धिले सबै श्रेणीका विदेशी अटोमोकरहरूको बिक्रीमा भारी गिरावट ल्याएको छ । स्टार टेक्नोलोजी परामर्श कम्पनीका अटोमोटिभ प्रमुख एन्ड्र्यु फेलोज भन्छन्, 'उनीहरूले त्यो बजार हिस्सेदारी फिर्ता पाउने छैनन् ।' यद्यपि केही विदेशी ब्रान्डहरूले अझै चीनमा सान्दर्भिक रहने प्रयास गरिरहेका छन् । आर्थिक रूपमा संकटग्रस्त निशानले शोमा चीनमा थप १.४ अर्ब डलर लगानी गर्ने र आगामी वर्षहरूमा १० वटा नयाँ गाडी ल्याउने घोषणा गर्यो । निशानका चीन प्रमुख स्टिफेन मा भन्छन्, 'चिनियाँ ब्रान्डहरूले निकै कम समयमा राम्रा मोडलहरू ल्याए । अब, मलाई लाग्छ हामीले फेरि सुरुवात गरेका छौं ।' केही कम्पनीका उज्याला पक्ष जनरल मोटर्सले गत डिसेम्बर चीनमा आफ्नो सञ्चालनमा ५ अर्ब डलर घाटा देखाएको थियो, तर अब कम्पनी पुनः उठ्ने प्रयासमा छ । यसको प्रयासको केन्द्रबिन्दु क्याडिलाक ब्रान्ड हो, जसले शाङ्घाईमा चारवटा विद्युतीय मोडलहरू प्रदर्शन गर्यो । बुइकको जीएल ८ भने जीएमको लागि चीनमा उज्यालो पक्ष बनेको छ । यो चीनको बहुप्रयोगी सवारीसाधन (एमपीभी) श्रेणीमा अगाडि छ, जसलाई अमेरिकामा मिनिभ्यान भनिन्छ । एमपीभीहरू चिनियाँ ग्राहकहरूद्वारा परिवारका लागि र कार्यकारीहरूका लागि लक्जरी सवारी दुवैको रूपमा रुचाइन्छ । बुइकले नयाँ जीएल ८ अवधारणाको प्रदर्शन गर्यो । कम्पनीका डिजाइन प्रमुख म्याट नूनले यो केवल ईभी वा हाइब्रिड संस्करणमा आउनेछ र भित्र अत्याधुनिक प्रविधिले भरिएको हुनेछ । बुइकले एमपीभी बजारमा बीवाईडीको डेन्जा, ली अटो र एक्सपेङ्गजस्ता प्रतिस्पर्धीहरूलाई रोक्ने प्रयास गर्दैछ, जसले शाङ्घाई शोअघि एक्स ९ एमपीभी सार्वजनिक गर्यो । जीलीको जीक्रले पनि हालै चार सिटे ००९ ग्रान्ड एमपीभी ल्याएको छ, जसमा फ्रिज, ४३ इन्चको टिभी र २४ क्यारेट सुनको जीक्र लोगो छ । मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला
काठमाडौं । यही साता शाङ्घाई अटो शोको आयोजना हुँदैछ । अटो शोमा ७० भन्दा बढी चिनियाँ तथा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूले १०० भन्दा बढी नयाँ वा परिमार्जित मोडलहरू प्रदर्शन गर्ने जनाइएको छ । शोले संसारकै सबैभन्दा ठूलो विद्युतीय तथा हाइब्रिड सवारीको बजारमा चर्को प्रतिस्पर्धा अझ तीव्र बनाउनेछ । चीनका अग्रणी ब्रान्डहरू जस्तै बीवाईडी र जीली अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने शोमा मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ । साथै फक्सवागन, निसान, टोयोटा र जनरल मोटर्सको क्याडिल्याकजस्ता विदेशी कम्पनीहरूले पनि ध्यान तान्ने प्रयास गर्नेछन् । चीनमा लामो समयदेखि जारी मूल्य प्रतिस्पर्धाको बीचमा अब चालक-सहायता प्रविधि (अटोमेटेड ड्राइभिङ फिचर्स) नयाँ प्रतिस्पर्धाको क्षेत्र बन्न थालेको छ । तर मार्चमा साओमी एसयू सेभेनको दुर्घटनापछि चिनियाँ सरकारले 'स्मार्ट' वा 'स्वचालित' जस्ता शब्दहरू प्रयोग गरेर प्रविधिको प्रचार गर्न प्रतिबन्ध लगाएपछि अटो शोमा अगिल्लो पुस्ताको चालक-सहायता प्रणालीहरू प्रस्तुत गर्ने योजनामा बाधा पुगेको छ । एसयू सेभेन पोलमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो । चालकले कारको सहायक प्रणालीबाट नियन्त्रण लिन खोजेपछि दुर्घटना भएको हो । त्यसैले चीनले 'स्मार्ट' र 'स्वचालित' शब्द प्रयोगमा रोक लगाएको हो । गत वर्षको बेइजिङ अटो शोअघि लन्च भएको एसयू सेभेनले निकै चर्चा पाएको थियो र हालसम्म यो ईभी २ लाख १५ हजारभन्दा बढी बिक्री भइसकेको छ, जसले टेस्लाको मोडेल थ्रीलाई मासिक बिक्रीमा पछि पारेको छ । यस घटनापछि सरकारले थप निगरानी बढाएसँगै बीवाईडी र जीक्रजस्ता कम्पनीहरू चालक–सहायता क्षमताको प्रचार कम गर्दै सुरक्षित र जिम्मेवार ड्राइभिङको सन्देश दिन थालेका छन् । चीनको भिडन्तपूर्ण ईभी बजारमा कम्पनीहरूले आफूलाई भिन्दै देखाउन चालक–सहायता प्रणाली महत्त्वपूर्ण उपकरण बनेको छ । बीवाईडीले 'गड’आइज' नामक चालक-सहायता प्रणालीलाई सबै मोडलहरूमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि यो प्रविधिमा प्रतिस्पर्धा अझ तीव्र बनेको हो । यसले सस्तो मूल्यका (१० हजार डलरजति) मोडलहरूमा पनि यो सुविधा ल्याउनेछ । जाटो डाइनामिककी विश्लेषक बो युले भनिन्, ’धेरै कम्पनीहरूले बीवाईडीलाई मूल्य युद्धको लागि आलोचना गर्छन् । अब 'गड’आइज’ प्रणालीमार्फत पनि बीवाईडी सबैलाई असहज बनाइरहेको छ ।’ फेब्रुअरीमा नियामकहरूले सरकारको अनुमतिबिना चालक-सहायता सफ्टवेयरमा ओटीए अपडेटहरू निषेध गरेपछि टेस्लाले चीनमा आफ्नो 'फूल सेल्फ ड्राइभिङ’ प्रणालीको निःशुल्क परीक्षण बन्द गर्यो । हुवावेले पनि सावधानी अपनाउन आग्रह गर्दै आफ्ना सिस्टमहरू प्रयोग गर्दा सुरक्षा मनन गर्नुपर्ने सन्देश फैलाएको छ । शोमा जीलीको जीक्र ब्रान्डले लेभल थ्री चालक-सहायता प्रविधिसहितको पहिलो मोडल सार्वजनिक गर्ने योजना बनाएको भए पनि अब त्यसको सट्टा हाइब्रिड तथा ब्याट्री प्रविधिमा ध्यान केन्द्रित गरिनेछ । चिनियाँ नियामकहरूले आगलागी तथा विस्फोटको जोखिम घटाउनका लागि ईभी ब्याट्री मापदण्ड पनि कडा बनाउँदै लगेका छन् । टेस्लालाई लक्षित गर्दै नयाँ मोडेलहरू नियमसम्बन्धी चुनौतीहरूका बाबजुद चीनको 'नयाँ ऊर्जा सवारी’ क्षेत्र (विद्युतीय तथा ग्यासोलिन–इलेक्ट्रिक हाइब्रिड सवारी) को बिक्री तीव्र गतिमा बढ्दो छ । चीनमा अहिले नयाँ सवारी बिक्रीको आधाभन्दा बढी हिस्सा विद्युतीय वा हाइब्रिड सवारीहरूले ओगटेका छन् जुन अमेरिका, युरोप वा अन्य देशहरूसँग तुलना गर्दा धेरै अगाडि छ । यस हप्ताको शोमा सार्वजनिक हुने दर्जनौं नयाँ मोडलहरू टेस्लाको मोडेलसँग प्रतिस्पर्धा गर्न मिल्ने मूल्यमा ल्याइनेछ । टेस्लाले यसबारे कुनै टिप्पणी गरेको छैन । चीनमा टेस्लाको बजार हिस्सा २०२० मा १५ प्रतिशतबाट घटेर यो वर्षको पहिलो त्रैमासिकमा ९ प्रतिशतमा झरेको छ । गत वर्षदेखि यसको वार्षिक बिक्री पनि घटेको छ । अमेरिका तथा युरोपमा बिक्री घट्नुमा सीईओ एलन मस्कको राजनीतिक भूमिकाको आलोचनालाई पनि कारण मानिन्छ । टेस्लाले सन् २०२१ यता चीन अटो शोहरूमा भाग लिएको छैन । चिनियाँ प्रतिस्पर्धीहरूसँग तुलना गर्दा टेस्लाले नयाँ मोडलको गति निकै ढिलो राखेको छ । यस पटक सार्वजनिक हुने मोडेल वाईका प्रतिस्पर्धीहरूमा एक्सपेङको जी सिक्स र जिक्रको ई सिक्स छन्, जसले सस्तो मूल्यमा उन्नत ब्याट्री चार्जिङ, सहायक ड्राइभिङ र इन-कार मनोरञ्जन सुविधा दिनेछन् । साओमीले आफ्नो बहुप्रतीक्षित वाईयूसेभेन क्रसओभर ल्याउने अपेक्षा गरिएको भए पनि अब यसले केवल एसयू सेभेन र एसयू सेभेन अल्ट्रा देखाउनेछ र कुनै प्रेस सम्मेलन गर्ने छैन । चिनियाँ अटो उद्योगका स्वतन्त्र विश्लेषक लेई जिङले यस्ता क्रसओभरहरूलाई 'मोडेल वाई किलर' भनेका छन् । 'यो टेस्लाको लोकप्रिय मोडलमा ठूलो दबाव हो,' उनले भने, 'मोडेल वाईलाई हराउने एउटा मात्रै सवारी होइन- यो १२ वा १३ वटा सवारीहरू हुन् ।' सान्दर्भिक सामग्रीहरू ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
दिल्लीको ईभी नीति ३ महिनाका लागि थप, अटो-रिक्सा बन्द नहुने
काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्री रेखा गुप्ताको सरकारले विद्युतीय सवारीसाधन (ईभी) नीतिलाई जनतासमक्ष सार्वजनिक गरेको छ र जनताका धेरै चासोलाई सम्बोधन गरेको छ । सरकारको स्पष्ट भनाइ छ कि सीएनजी अटो–रिक्सा बन्द हुने छैनन् । मन्त्रिपरिषद् बैठकमा हालको ईभी नीति आगामी तीन महिनासम्म थप्ने निर्णय गरिएको हो । यस निर्णयको अध्यक्षता मुख्यमन्त्री गुप्ताले नै गरेकी हुन् । साथै बिजुलीमा दिइँदै आएको अनुदान पनि यथावत रहनेछ । सवारीमाथि कुनै प्रतिबन्ध छैन दिल्ली सरकारका यातायातमन्त्री पंकज सिंहले जानकारी गराएअनुसार ईभी नीतिमा केही संशोधन हुन सक्छन्, जसबाट जनतालाई अझ सहज र लाभदायक बनाउन सकिन्छ । उनले स्पष्ट रूपमा भने कि तीनपाँग्रे साइकल वा अरू कुनै पनि गाडीमाथि प्रतिबन्ध लगाइने छैन । सरकारले बताएको छ कि उसले दिल्लीको प्रदूषण नियन्त्रण गर्न र जनतालाई उत्तम यातायात सेवा दिन काम गरिरहेको छ । प्रदूषण नियन्त्रणमा सरकारको प्रयास दिल्ली सरकारले फेरि एकपटक स्पष्ट पारेको छ कि कुनै अटोमा प्रतिबन्ध लाग्ने छैन । यसको अर्थ ईभी नीति संशोधित हुँदै जाँदा पनि अटोमा आश्रित यात्रु वा जीविकोपार्जन गर्ने व्यक्तिहरूको चासोको समाधान गरिनेछ । प्रस्तावित ईभी नीति २.० अनुसार सन् २०२७ सम्म दिल्लीमा ९५ प्रतिशत नयाँ सवारीहरू विद्युतीय हुने लक्ष्य राखिएको छ । यस नीतिमा महिलाहरूका लागि विशेष अनुदान र बिस्तारै जैविक इन्धनमा चल्ने गाडीहरू हटाउने योजना समेत समावेश गरिएको छ । दिल्लीको नयाँ ईभी नीतिका मुख्य विशेषताहरू महिलाहरूका लागि विशेष अनुदान- जसको नाममा ड्राइभिङ लाइसेन्स छ र जो इलेक्ट्रिक दुईपाँग्रे सवारी किन्छन्, तिनीहरूलाई अनुदान दिइनेछ । पहिलो १० हजार महिलालाई प्रति किलोवाट आवर १२ हजार भारुको दरमा अनुदान दिइनेछ (अधिकतम ३६ हजार प्रति सवारी)। सामान्य सब्सिडी- दिल्लीवासीहरूले इलेक्ट्रिक दुईपांग्रे सवारी किन्दा प्रति किलोवाट हावर १० हजार भारुको दरमा अनुदान पाउनेछन् (अधिकतम ३० हजार भारु)। पुराना सवारी हटाउनेमा थप लाभ- जसले १२ वर्ष पुराना पेट्रोल÷डिजेल इञ्जिन भएका दुईपाँग्रे गाडी हटाएर ईभी किन्छन्, उनीहरूलाई थप १० हजार भारुको लाभ दिइनेछ । इलेक्ट्रिक तीनपाँग्रे सवारी र अटो- रिक्सालाई पनि लाभ- यी सवारीमा ४५ हजार भारुसम्मको अनुदान र स्क्र्यापिङ इन्सेन्टिभ स्वरूप २० हजार भारुसम्मको लाभ दिइनेछ ।
अटोका ग्राहक हायर पर्चेज कम्पनीमा सिफ्ट, राष्ट्र बैंकको व्यवस्थाले बैंकको आम्दानी घट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधन (ईभी)को ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशतमा झार्ने घोषणा गर्यो । सोही बमोजिम फागुन १९ गते बैंक तथा वित्तीय संस्थाहरूलाई सो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दियो । ‘बैंक तथा वित्तीय संस्थाले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनका लागि सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । तर, अटो व्यवसायीहरूले भने ८० प्रतिशत फाइनान्समै सवारी साधन कर्जा दिइरहेका छन् । अटो कम्पनीहरूले अफरका रूपमा ग्राहक तान्न हायर पर्चेज कम्पनीसँग सहकार्य गरेर ८० प्रतिशत फाइनान्सको सुविधा दिन थालेका हुन् । दीपलको आधिकारिक बिक्रेता चांगन नेपालले ८० प्रतिशत फाइनान्सको अफर ल्याएको छ । कम्पनीले १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा ८.९९ प्रतिशत ब्याजदर र ४८ घण्टामा कर्जा स्वीकृति हुने गरी आफ्नो अफर ल्याएको हो । एमएडब्लू इन्भेष्टमेन्टसँगको सहकार्यमा दीपल कार खरिद गर्ने ग्राहकहरूलाई ८० प्रतिशत फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ । ‘राष्ट्र बैंकले ४० प्रतिशत डाउनपेमेन्टमा ६० प्रतिशत फाइनान्सको सुविधा दिनुपर्ने निर्देशन छ । यो व्यवस्था बैंक तथा वित्तीय संस्थाहरूलाई लागू हुने हो । सर्कुलरमा हायर पर्चेज कम्पनीलाई भनिएको छैन,’ चांगन नेपालका एक कर्मचारीले भने, ‘त्यसैले हामीले एमएडब्लू इन्भेष्टमेन्ट कम्पनीबाट ८० प्रतिशतको सुविधा उपलब्ध गराउँछौं । यो इनहाउस अफर हो । केही समयका लागि मात्रै यो अफर सञ्चालन हुन्छ ।’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ईभी कर्जामा कडाइ गरेपछि ग्राहकको सहजीकरणका लागि हायर पर्चेज कम्पनीसँग सहकार्य गरेको अटो व्यवसायीहरू बताउँछन् । स्कोडा, सेरेस, सेट्रोन, निशान, टाटा लगायतका सवारीसाधन खरिदका लागि सम्बन्धित कम्पनीहरूले हायर पर्चेज कम्पनीसँग सम्झौता गरेर ८० प्रतिशतको फाइनान्सको सुविधा दिइरहेका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको भएपनि हायर पर्चेज कम्पनीलाई भने खुला छाडेको देखिन्छ । बैंकले दिने ईभी कर्जामा कडाई गरेपछि ग्राहकहरू हायर पर्चेज कम्पनीमा सिफ्ट हुन थालेको एक बैंकरले विकासन्युजलाई बताए । राष्ट्र बैंकको उक्त व्यवस्थाले बैंकको व्यवसायमा धक्का लागेको उनको भनाइ छ । ‘हायर पर्चेज कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाटै ऋण लिने हुन् । हायर पर्चेज कम्पनीलाई त व्यक्तिलाई दिएको जति शुल्क तोक्न मिल्दैन । हायर पर्चेजले कम ब्याजदरमा ऋण लिने हुन् । ग्राहकलाई प्रत्यक्ष ऋण दिन नपाएपछि बैंकको आम्दानी पनि घट्छ,’ एक बैंकका नायव प्रमुख कार्यकारी अधिकृतले भने, ‘एउटै व्यवसायका लागि फरकफरक नीति विभेदकारी छ । सवारी खरिदका लागि बैंकले ६० प्रतिशत मात्रै फाइनान्सको सुविधा दिने तर हायर पर्चेजले ८० प्रतिशत दियो भने सबै ग्राहक उतै जान्छन् ।’ ती बैंकरका अनुसार विगतमा ८० प्रतिशत फाइनान्स हुँदा बैंकलाई पुँजी बढी लगानी गर्न पाइन्थ्यो । तर, यसले गर्दा बैंकको लगानीमा समेत असर गरिरहेको उनको भनाई छ । ग्राहकहरूको सकेसम्म कम रकम लगानी गर्ने सोच हुने भएकाले बैंकमा नआउने उनले बताए । डाउन पेमेन्ट कम गर्ने ग्राहकलाई हायर पर्चेज कम्पनीमा फाइदा भएपनि कम ब्याजदरका हिसाबले भने बैंकमा फाइदा रहेको उनको भनाइ छ । बैंकहरूले स्थिर ब्याजदरमा ८ प्रतिशत र फ्लटिङमा साढे ६ प्रतिशत ब्याजदरमा अटो लोन दिइरहेका छन् । फ्लटिङमा आधार दरमा ०.५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम दर तोकेर अटो कर्जा दिइरहेको उनले बताए । ‘बैंकहरूले अटो लोनको ब्याजदर घटाएर ग्राहक आकर्षित गर्न खोजिरहेका छौं । एक/दुई बैंकको ब्याजदर ६ प्रतिशतको हाराहारीमा झरिसकेको पनि छ,’ उनले भने, ‘अब बैंकहरूले ब्याजदर कम गरेर अटोका ग्राहक तान्ने हो । तर, कम डाउनपेमेन्टमा ऋण दिन भने व्यवस्थाले नै रोकेको छ ।’ राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपाने हायर पर्चेज कम्पनीले पुरानो व्यवस्था अनुसार ८० प्रतिशतसम्म फाइनान्स गर्न पाउने बताउँछन् । हालैको सर्कुलरले हायर पर्चेज कम्पनीलाई कुनै असर नगरेको उनको भनाइ छ । अर्काे व्यवस्था नभएसम्मका लागि पुरानै ८० प्रतिशत फाइनान्सको सुविधा रहेको उनले बताए । ‘हायर पर्चेज कम्पनीमा पुरानो व्यवस्था जे छ सोही अनुसार दिन पाउँछन् । क, ख र ग वर्गका संस्थालाई मात्रै नयाँ सर्कुलर लागू भएको हो । बैंक तथा वित्तीय संस्थाहरूले ६० प्रतिशतभन्दा बढी नहुने गरी फाइनान्सको सुविधा छ । तर, अन्य संस्थालाई भने पुरानै व्यवस्था लागू छ,’ उनले भने । साथै, बजारमा प्रतिस्पर्धा गर्न अटो कम्पनीले छुट लगायत स्किम ल्याएपनि बैंकबाट कर्जा भने दिन नपाउने उनको भनाइ छ । ‘अटो व्यवसायीहरूले आफैं जोखिम लिएर ग्राहकलाई छुट दिन सक्नुहुन्छ । बजारमा प्रतिस्पर्धा गर्न ग्राहकलाई बीमादेखि अन्य सुविधा दिन सक्नुहुन्छ । तर, आफै कर्जा दिन पाउनु हुन्न । कर्जाका लागि बैंक वा हायर पर्चेज कम्पनीसँग सहकार्य गर्नुपर्छ,’ उनले भने ।
११ बैंकले लगानी घटाउँदा पनि बढ्यो अटो लोन, अग्रस्थानमा आरबिबि, पुच्छारमा एनआईसी
काठमाडौं । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले साढे ५ अर्ब रुपैयाँ सवारी कर्जा (हायर पर्चेज लोन) बढाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा २० वटा बैंकले १ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ अटो लोन प्रवाह गरेका हुन् । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूले १ खर्ब ७ अर्ब ६४ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका थिए । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूले सवारी कर्जा ५.३७ प्रतिशत अर्थात् ५ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ बढाएका हुन् । समीक्षा अवधिमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंक (आरबिबि)ले सवारी कर्जा बढाएको छ । फागुनसम्म राष्ट्रिय वाणिज्यले ६०.९३ प्रतिशत अर्थात् ३ अर्ब ३१ करोड रुपैयाँ बढाएर ८ अर्ब ७६ करोड रुपैयाँ सवारी कर्जामा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ सवारी साधनमा लगानी गरेको थियो । नेपाल बैंकको ३६.६५ प्रतिशत बढेर ३ अर्ब ७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.१८ प्रतिशत बढेर २ अर्ब ७१ करोड रुपैयाँ, कृषि जिकास बैंकको ३१.१५ प्रतिशत बढेर ४ अर्ब ६८ करोड रुपैयाँ, एभरेष्ट बैंकको २९.०७ प्रतिशत बढेर ४ अर्ब ५५ करोड करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार सानिमा बैंकको २७.७० प्रतिशत बढेर ६ अर्ब ७० करोड रुपैयाँ, नबिल बैंकको १८.९४ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १६.१० प्रतिशत बढेर १५ अर्ब ८६ करोड रुपैयाँ र एनएमबि बैंकको १४.०४ प्रतिशत बढेर ६ अर्ब ६९ करोड रुपैयाँ सवारीमा लगानी गरेका छन् । तर, यसअवधिमा विभिन्न ११ बैंकको सवारी कर्जा भने घटेको देखिन्छ । साथै एनआईसी एशिया बैंकको सवारी कर्जा सबैभन्दा धेरै घटेको छ । एनआईसी एशियाको ३८.१७ प्रतिशत अर्थात् १ अर्ब ७१ करोड रुपैयाँ घटेर २ अर्ब ७८ करोड रुपैयाँमा सवारी कर्जा झरेको छ । जबकी गत वर्षको फागुनमा यस बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ सवारीमा लगानी गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६.५५ प्रतिशत घटेर १ अर्ब ८४ करोड रुपैयाँ, कुमारी बैंकको २२.२६ प्रतिशत घटेर ५ अर्ब ५१ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १८.११ प्रतिशत घटेर ३ अर्ब ३४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १५.९३ प्रतिशत घटेर ३ अर्ब ७३ करोड रुपैयाँ, प्रभु बैंकको ६.४४ प्रतिशत घटेर ५ अर्ब ८९ करोड रुपैयाँ सवारी कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । हिमालयन बैंकको ६.१९ प्रतिशत घटेर ६ अर्ब ३८ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ५.३४ प्रतिशत घटेर ५ अर्ब १९ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ४.४२ प्रतिशत घटेर ४ अर्ब ३८ करोड रुपैयाँ, सिटिजन्स बैंकको ३.७८ प्रतिशत घटेर ४ अर्ब ५० करोड रुपैयाँ र प्राइम बैंकको १.०२ प्रतिशत घटेर ५ अर्ब ८४ करोड रुपैयाँ सवारीमा लगानी गरेका छन् ।
ट्रम्पको अटो शुल्क कायम रहे फोर्ड मोटरले मूल्य बढाउन सक्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अटो शुल्कहरू जारी रहे फोर्ड मोटरले नयाँ सवारीसाधनहरूको मूल्य बढाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फोर्डले बुधबार डिलरहरूलाई पठाएको ज्ञापनलाई आधार मानी सञ्चारमाध्यमहरूले मूल्य बढाउन सक्ने बताएका हुन् । मिशिगन राज्यको डियरबोर्नमा रहेको यो अटोमोबाइल कम्पनीले यसै महिनाको सुरुतिरदेखि जुन २ सम्मका लागि आफ्ना सबै मोडेलहरूमा ठूलो छुटको प्रस्ताव ल्याएको थियो । यो कार्यक्रम जारी रहनेछ, तर मे महिनामा उत्पादन गरिएका र त्यसपछि आउने नयाँ मोडेलहरूको मूल्य परिवर्तन हुन सक्ने उक्त ज्ञापनमा उल्लेख छ । अटोमोटिभ न्यूजले पहिलो पटक उक्त ज्ञापनको समाचार प्रकाशित गरेको थियो । 'ग्राहकहरूका लागि धेरै विकल्पहरू हुनेछन् र जुन २ सम्म पर्याप्त स्टक उपलब्ध छ । शुल्कको अवस्था परिवर्तनशील छ र हामी त्यसको सम्भावित प्रभावको मूल्याङ्कन गर्दैछौं,’ फोर्डका एक प्रवक्ताले भने । उनले यदि मे महिनामा उत्पादन गरिएका सवारीहरूको मूल्य परिवर्तन भयो भने पनि ग्राहकहरूले जुलाईको सुरुतिर मात्र मूल्य वृद्धिको प्रभाव देख्ने पनि बताए । अमेरिकी र विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले उपभोक्ताको मूल्यवृद्धि प्रतिको चिन्ता कम गर्न मूल्य स्थिरता र ठूलो छुटहरूको प्रस्ताव गरेका छन् । यद्यपि शुल्कका छोटो अवधिका प्रभावहरूले बिक्री बढाएको देखिएको छ । अमेरिकी अटो निर्माता कम्पनीहरूले गोप्य रूपमा सांसदहरूलाई चेतावनी दिइसकेका छन् कि यदि शुल्कहरू यथावत रहे भने उनीहरूलाई सवारीसाधनको मूल्य उल्लेखनीय रूपमा बढाउन बाध्य हुनुपर्नेछ । ’हालसम्म सार्वजनिक गरिएको शुल्क नीतिमा ठूला परिवर्तनहरू नभएको अवस्थामा हामी भविष्यमा सवारी साधनको मूल्य समायोजन गर्नुपर्ने आवश्यकता देखिरहेका छौं, जुन मे महिनाको उत्पादनसँगै सुरु हुनसक्छ,’ फोर्डका कार्यकारी एन्ड्रयू फ्रिकले उक्त ज्ञापनमा भनेका छन् । फोर्डले हाल फोर्ड र लिनकन डिलरहरूमा स्टकमा रहेका कुनै पनि सवारीमा स्टिकर मूल्य (सूचीकृत मूल्य) नबढाउने पनि ज्ञापनमा उल्लेख छ । यसै महिनाको सुरुमा प्रकाशित सेन्टर फर अटोमोटिभ रिसर्चको एक विश्लेषणअनुसार अप्रिल ३ मा लागु गरिएको ट्रम्पको २५ प्रतिशत अटो आयात शुल्कका कारण सन् २०२५ मा अमेरिकी अटो निर्माता कम्पनीहरूलाई झन्डै १०८ अर्ब डलर अतिरिक्त खर्च लाग्नेछ । फोर्ड अमेरिकी बजारमा बेचिने करिब ८० प्रतिशत सवारीहरू स्वदेशमै उत्पादन गर्ने भएकाले शुल्कहरूको असर झेल्न सक्षम अटो निर्माता कम्पनीहरूमध्ये एक मानिन्छ । यसै हप्ता ट्रम्पले अटो सम्बन्धी शुल्कहरूमा परिमार्जन गर्ने विचार गरिरहेको संकेत दिएका थिए, जसअनुसार हाल लागु भएका शुल्कहरूमा केही छुट दिन सकिने सम्भावना रहेको छ । घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
ट्रम्पको अटो शुल्कका बाबजुत पनि स्टेलान्टिस मसेराटी ब्रान्डप्रति प्रतिबद्ध
काठमाडौं । कार निर्माता स्टेलान्टिस मसेराटीजस्तो समस्याग्रस्त लक्जरी ब्रान्डप्रति अझै प्रतिबद्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी भन्सार शुल्कहरूले सम्पूर्ण अटोमोबाइल उद्योगलाई नै जटिल बनाइरहेको अवस्थामा पनि स्टेलान्टिस मसेराटीप्रति प्रतिबद्ध रहेको हो । यसै साता स्टेलान्टिसका एक प्रवक्ताले बताएअनुसार समूहले कन्सल्टेन्ट म्याकिन्सीलाई मसेराटी र अल्फा रोमियो ब्रान्डहरूका लागि हालै घोषणा गरिएका भन्सार शुल्कहरूको प्रभावबारे सल्लाह दिन नियुक्त गरेको छ, किनकि यी दुई ब्रान्डहरू भविष्यको योजना तयार गरिरहेका छन् । यो समाचारले फेरि मासेराटीको भविष्यबारे अड्कलबाजीलाई ताजा बनाएको छ, जसले २०२४ मा उत्पादन आधाभन्दा बढी घटाएर केवल ११ हजार ३०० गाडी मात्र बनायो र २६० मिलियन युरो (२९५.८३ मिलियन डलर) अपरेटिङ घाटामा गएको थियो । हाल मसेराटीको दायरामा ग्रानटुरिज्मो कूपे र यसको कन्भर्टिबल संस्करण ग्रानकाब्रियो, ग्रेकाले एसयूभी र कम मात्रामा उत्पादन हुने एमसी २० स्पोर्ट कार छन् । कम्पनीको कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना छैन र स्टेलान्टिसले गत वर्ष रोकिएको मसेराटीको व्यापार योजनाको पुनरावलोकन गरिरहेको छ ।
२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा लगाएको २५ प्रतिशत अटो ट्यारिफले सन् २०२५ मा अमेरिकास्थित अटो निर्माता कम्पनीहरूले करिब १०८ अर्ब डलरको थप लागत बेहोर्नुपर्ने देखिएको छ । अटोमोटिभ रिसर्च केन्द्रले गरेको नयाँ विश्लेषणले यस्तो देखाएको हो । मिशिगन राज्यको एन आर्बरमा आधारित संस्थाले बिहीबार सार्वजनिक गरेको अध्ययनमा फोर्ड मोटर, जनरल मोटर्स र स्टेलान्टिस (जीप र राम ट्रक बनाउने कम्पनी) लगायत डिट्रोइटका प्रमुख तीन अटो कम्पनीहरूलाई मात्र ४२ अर्ब डलरको अतिरिक्त लागत पर्ने देखिएको छ । अध्ययन अनुसार यी डिट्राेइट थ्री कम्पनीहरूले अमेरिकाभित्र उत्पादन गरिएका प्रत्येक सवारीका लागि आयात गरिएका पार्टपुर्जामा औसत करिब ५ हजार डलर ट्यारिफ तिर्नुपर्नेछ र आयात गरिएका सवारीका लागि करिब ८ हजार ६०० ट्यारिफ तिर्नुपर्नेछ । ट्रम्पको २५ प्रतिशत अटो आयात ट्यारिफ अप्रिल ३ देखि लागू गरिएको थियो, जसले विश्वभरबाट आउने आपूर्तिमा आधारित अटो उद्योगमा ठूलो असर पारेको छ । मेक्सिको र क्यानडामा बनेका सवारीसाधनहरूमा पनि यो ट्यारिफ लागू भए पनि युएस-मेक्सिको-क्यानडा सम्झौताअनुसार अमेरिकी सामग्रीको मूल्य घटाएर ट्यारिफ गणना गर्न सकिन्छ । यी ट्यारिफहरूले अटो निर्माता कम्पनीहरूलाई उत्पादन रणनीति फेरबदल गर्न बाध्य पारेका छन् । जीएमले इन्डियानाको प्लान्टमा ट्रक उत्पादन बढाएको छ भने स्टेलान्टिसले मेक्सिको र क्यानडाका दुई प्लान्ट अस्थायी रूपमा बन्द गरेको छ । यी परिवर्तनहरूले ती प्लान्टहरूसँग सम्बन्धित पाँच अमेरिकी प्लान्टहरूमा प्रभाव पारेका छन् । अध्ययन अनुसार डिट्रोइट थ्री कम्पनीहरूले प्रत्येक सवारीका लागि पार्ट्समा औसत ४ हजार ९११ ट्यारिफ तिर्नुपर्नेछ, जुन सम्पूर्ण अटो उद्योगको औसत ४ हजार २३९ भन्दा बढी हो । आयात गरिएका सवारीहरूमा सम्पूर्ण अटो उद्योगको औसत ट्यारिफ लागत ८ हजार ७२२ देखिएको छ भने डिट्रोइट थ्रीको लागि ८ हजार ६४१ । अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले एक विज्ञप्तिमा भने, '२५ प्रतिशत ट्यारिफले अटो उद्योगमा पार्ने गहिरो प्रभाव यो अध्ययनले देखाउँछ ।' अमेरिकी अटो निर्माता कम्पनीहरू- फोर्ड, जीएम, र स्टेलान्टिसले संयुक्त रूपमा भनेका छन् कि उनीहरूले अमेरिकी अटो उत्पादन वृद्धिका लागि प्रशासनसँग चलिरहेको संवादलाई जारी राख्नेछन् । जीएम र स्टेलान्टिसले उक्त अध्ययनबारे आफ्नो धारणा व्यक्त गर्न व्यापार समूहको टिप्पणीलाई समर्थन गरेका छन् भने फोर्ड तत्काल उपलब्ध थिएन । साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने
संकटमा नाडा अटो शो, ३ कम्पनी मात्र इच्छुक
काठमाडौं । अटो व्यवसायीका लागि दशैं पर्व मानिने नाडा अटो शोमा यसपटक भने संकटमा परेको छ । नाडा अटो शो-२०२५ मा तीन ठूला कम्पनीले मात्र स्टल बुकिङ गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा) संस्था खडा भएपछि नाडा अटो शो संकटमा पुगेको हो । नाडाभित्र चरम राजनीति भएको, निषेधको परिपाटी र आयातकर्ताको विषय सुनुवाइ नै नभएको भन्दै रातारात नयाँ संस्था ‘नाइमा’ खोलिएको हो । नाडा र नाइमा दुवै संस्थाले यसअघि नै फरकफरक मितिमा अटो शो गर्ने घोषणा गरिसकेका छन् । नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो तथा नाइमाले साउन २१ गतेदेखि २५ गतेसम्म मोबिलिटी शो गर्ने घोषणा गरिसकेका छन् । यसैगरी, नाडाले स्टल बुकिङका लागि गत फागुन २७ गतेदेखि चैत ४ गतेसम्म दर्ता खुला गरेको थियो । जसमा चारपाङ्ग्रे गाडीहरुमा तीनवटा ठूला कम्पनीले मात्रै स्टल बुकिङ गराएका छन् भने दुई पाङ्ग्रेतर्फ दुईवटा कम्पनीले बुकिङ गराएका छन् । नाडाका एक सदस्यले भर्खरै पोखरामा वाडा शो सम्पन्न गरेको बताउँदै वाडा शोले राम्रै संकेत गरेको दाबी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा शो खोल्यौँ । राम्रै भएको छ । धेरैले बुकिङ पनि गराएका छन् ।’ नाडा अटो शोका लागि तयारीमा जुटिरहेको उनको भनाइ छ । उनले भने, ‘तीन ठुला कम्पनीबाहेक अरू कसैले नाडा अटो शोका लागि हालसम्म बुकिङ गराएका छैनन् । गाह्रो छ, हेरौं के के हुन्छ । अहिले यो विषयमा दुवै संस्थाबीच छलफल चलिरहेको छ । बाँकी छलफलमा के-के निर्णय हुन्छ ।’ वाडा अटो शोमा नेपालका धेरै ब्राण्डहरू गएकाले नाडा अटो शोमा पनि ती ब्राण्ड देखिनेमा उनी विश्वस्त छन् । यसपटक नाडा अटो शो नहुने संकेत नाडाको कुरा नाइमासँग मिलेन भने यसपालिको नाडा अटो नहुन सक्ने व्यवसायीहरू बताउँछन् । नाइमाका एक सदस्यका अनुसार यो नाडा सकिन लागेको संकेत हो । उनले हरेक वर्ष साउनमा खुलाउनुपर्ने बुकिङ फागुनमै खुलाएको आरोप लगाए । उनले, ‘स्टल बुकिङ खुलाउन धेरै हतार गर्यो । अब नाडाको ब्याण्ड बज्छ । उनीहरूसँग बजेट नै कम छ । स्टल बुकिङ खोलियो तर त्यसमा तीनवटा कम्पनी मात्रै सहभागी छन् । त्यसमा पनि धेरै ब्राण्ड छैनन् ।’ नाइमाले स्टल बुकिङ वैशाखतिर खुलाउने तयारी भइरहेको जानकारी दिएको छ । आफूहरूले कुनै हतार नगरेको र व्यवस्थित तरिकाले अघि बढिरहेको ती सदस्यको दाबी छ । नाइमाको मोबिलिटी शोमा ओमोडा एण्ड जेको, टोयोटा, किया, निसान, एमजी, सिट्रोन, हुन्डाई, फोर्ड, प्युजो, पा्रोटोन, जीडब्लुएम, बजाज,ट्राइफ, एथर, सुजुकी बाइक, हिरो, होण्डा, महेन्द्रालगायतका विभिन्न ब्राण्ड रहने जनाइएको छ । ती सदस्यले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तोमा स्टल दिने जानकारी दिए । साउन २१ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलोकनकर्ता धेरै हुने नाइमाको भनाइ छ । गाडीको मूल्य सस्तो हुने भ्रम नाडा र नाइमाको प्रतिस्पर्धामा गाडीको मूल्य सस्तो हुने बजारमा हल्ला चलिरहेको छ । तर यो हल्लामात्र रहेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । ‘गाडीको मूल्य सस्तो हुने हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन। दुवै संस्थाले अटो शो गर्दा गाडीको मूल्य घट्ने भन्ने हुँदैन,’ एक व्यवसायीले भने । उनले अन्तिम अवस्थामा नाइमा र नाडाबीच सहमति हुनसक्ने पनि संकेत गरे । सानो देशमा दुइटा अटो शोको आवश्यक नरहेको उनको बुझाइ छ । चौधरी र वैद्यबीच प्रतिष्ठाको लडाइँ हाल नाडाका अध्यक्ष रहेका करणकुमार चौधरी र नाइमाको तदर्थ समिति संयोजक रितुसिंह वैद्य नेतृत्वको दुवै संस्थाले आफ्नो प्रतिष्ठाको लडाइँ गरिरहेको बुझिन्छ । सवारीसाधन आयातकर्ताको हक र हितमा काम गर्न विसं २०३२ सालमा छाता संगठनको रूपमा नाडाको स्थापना भएको थियो । संस्थाले सवारीसाधनको बिक्री-वितरणलाई सहज बनाउने उद्देश्य अनुरूप २०५५ बाट नै नाडा अटो सो आयोजना गर्ने निर्णय गरेको थियो ।