‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने तयारीमा जुटिरहेको छ । नाडाले यस पटकको नाडा अटो शो विगतको भन्दा फरक हुने दाबी गरिरहेको छ । यही नाडा अटो शोको तयारीबारे नाडाका अध्यक्ष करण चौधरीसँग विकासन्युजका लागि नरेन्द्र विष्टले गरेको कुराकानीको संक्षिप्त अंश : विगतमा नाडा अटो शो मात्रै हुन्थ्यो । यसपटक दुईवटा एक्स्पो हुँदैछन् । यो नयाँ मोबिलिटी एक्स्पो र नाडा अटो शोलाई कसरी हेरिरहनुभएको छ ? यसपटकको नाडा अटो शो विगतको भन्दा फरक हुनेछ । फरक हुनेवाला छ । साँच्चिकै अटो शो कस्तो हुन्छ भन्ने कुरा तपाईंहरूले अवलोकन गरेपछि मात्रै थाहा पाउनुहुन्छ । तपाईंहरूले नै यसपटकको अटो शोको मुल्यांकन गर्नुपर्नेछ । त्यसकारण नाडा अटो शोमा आउनुहोला, अवश्य पनि यहाँले हेर्नुहुनेछ र त्यो हेरेपछि कस्तो फिल हुन्छ । पक्कै प्रतिक्रिया दिनुहुनेछ ।  मोबिलिटी एक्स्पो अहिलेसम्मकै भव्य र ठूलो हो भनेर दाबी गरिएको छ । यसमा तपाईंको धारणा के छ ? म नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोबीच तुलना गर्दिनँ । किनभने नाडाको आफ्नो ५० वर्षको इतिहास छ । यो इतिहासले आफै बोल्छ । नाडा अटो शोलाई पर्खिनुस् । नाडा अटो शो हेर्नुहोला । त्यसपछि म प्रतिक्रिया आफै दिनेछु । अहिले भनिराख्नु पर्दैन ।  विगतका नाडा अटो शो भन्दा यो नाडा अटो शो कत्तिको फरक हुनेछ ? यस वर्षको नाडा अटो शो प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुनेछ । नाडा आफ्नो स्वर्णजयन्तीको संघारमा छ । यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं । जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन् । अटो शो ३ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा आयोजना हुनेछ ।  यो शोले नयाँ मानक स्थापना गर्नेमा हामी ढुक्क छौं ।  शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यू वृद्धिले चाङ्गानको (चार खुट्टे) रोबोट ‘युनिट्री रोबोट’ र भविष्यको सहरी हवाई यातायातको नमूनाको रूपमा ‘दीपल ईभीटीओएल युएभी’ (उड्ने गाडी) को प्रदर्शन गर्नेछ । नेपालमा फ्लाइङ ट्याक्सीसम्बन्धी नीति नभए पनि अटो शोले नीति निर्माणका लागि बहस सिर्जना गर्ने विश्वास हामीले लिएका छौं । धेरै भनिरहनु पर्दैन । नाडा अटो शोमा आएपछि मात्रै अनुभव लिनसक्नुनेछ । नाडाले के के गर्छ यस पटक भनेर । नेपालमा ईभीप्रतिको माहोल बढ्दो क्रममा छ । ईभीलाई नाडा अटो शोले कत्तिको प्राथमिकतामा राखेको छ ? चार पाँग्रेको हकमा त यहाँहरुलाई थाहा नै छ । ९९ प्रतिशत भेहिकल्सहरू सबै ईभी छन् । गत वर्ष पनि ९० प्रतिशत ईभी थिए । यसपटक पनि सम्पूर्ण स्टलमा ईभी नै हुनेछन् ।  नाडा अटो शोमा कत्तिको कारोबार र अवलोकनकर्ता आउने अपेक्षा गर्नुभएको छ ? हाम्रो एउटै मात्र टार्गेट छ– नाडा अटो शोमा अवलोकन गर्नेको संख्या १ लाखभन्दा बढी हुनेछ । यसपटक धेरै निर्यातकर्ताले मिहिनेत गरेर आफ्नो स्टल बनाउने योजना गरिराख्नु भएको छ । यो योजना के हुन्छ भन्ने कुरा यहाँहरुले नाडामा आएर हेर्न सक्नुहुनेछ ।  दुईटा अटो शो हुनुलाई तपाईले कसरी लिनुहुन्छ ? मैले पहिलै पनि भनेको थिएँ । म धेरै कुरा अहिले भन्न सक्दिनँ । अब एक्स्पोहरू नेपालमा धेरै हुनेछन् । पहिला पनि हेर्नुहुन्थ्यो भने विभिन्न ब्रान्डहरूले नै एक्स्पो गर्थे । तर नाडाको स्केलमा आजसम्म कहिले भएको पनि थिएन । नाडाले आफ्नो स्केल सधैं म्यानेज गर्छ जस्तो लाग्छ । त्यसको लागि पनि एक्सपेरियन्स गर्न आउनुस्, त्यसपछि बुझ्नुहुन्छ । आईसीई सवारीको आयात घट्ने क्रममा छ । नेपालमा आईसीई गाडीको भविष्य अन्त्यतिर जाँदै हो ? कुनै पनि गाडीहरूको अन्त्य कहिल्यै हुँदैनन् । पछिल्लो समय कसको बजार हिस्सा कति हुने भन्ने मात्र हो । यहाँहरूले देख्नुभएकै छ । डिजेल इन्जिन अहिलेसम्म बन्द भएको छैन । आईसीई गाडीहरुको सधैं केही न केही हिस्सा रहन्छ ।  हाल नेपालको अटोमोबाइल बजारको अवस्था कुन दिशातर्फ गइरहेको देख्नुभएको छ ? हाल नेपाली अटो बजार ग्रिन इकोनोमीतिर गइरहेको छ । फ्युचर र मोबिलिटीतिर गइरहेको हामी पाएका छौं । यो राम्रो पक्ष हो । अहिले पहिलेको तुलनामा धेरै परिवर्तन भइसकेको छ।   सवारीसाधन आयातमा सरकारले तयार   पारेको नयाँ मापदण्डअनुसार मात्र आयात   गर्ने  भनिएको छ । यसप्रति तपाईंको धारणा   के छ ? यो मापदण्ड छलफलको क्रममा छ । यसबारे    सरकारलाई नाडाले आफ्नो सल्लाह सुझाव    लिखित रूपमा दिनेछ । यो चिज भएपछि    सरकारको उत्साहले हामीलाई धेरै हेल्प गर्छ    जस्तो मलाई लाग्छ । हामीले कुनै पनि पक्षलाई    अर्थात् उपभोक्तालाई मार नपर्ने गरी सरकारलाई   आफ्नो सुझाव दिने छौं ।   यस वर्षको नाडा अटो शोले   नेपाली  अटोमोबाइल उद्योगमा प्रविधि,   लगानी  र रोजगारीको क्षेत्रमा कस्तो योगदान   पु¥याउने अपेक्षा गर्नुभएको छ ? नाडा अटो शो नेपाली उपभोक्ताहरु तथा विशेष गरी हाम्रो अटोमोबाइलप्रेमीहरुका लागि चाड हो । यहाँहरूले दशैंमा जस्तो अपेक्षा गर्नुभएको छ । त्यहीं अपेक्षा नाडाले अटो शोमा गरेको हुन्छ । र हामीले पनि गरेका छौं ।  नाडा अटो शोमार्फत ईभी प्रवर्द्धनका लागि कस्तो योजना बनाउँदै हुनुहुन्छ ? यसबारेको बारेमा नाडा अटो शोमा डाइलग हुनेछ । त्यो टाइममा हामीबाट भन्दा पनि अरुको मुखबाट सुन्दा तपाईंलाई अझै रोचक लाग्नेछ । धेरै कुराहरु सिक्ने अवसरहरु पाउनु हुनेछ ।  के यस्ता प्रदर्शनी बिक्री केन्द्रित मात्र हुन् ? नाडा अटो शो हाम्रो लागि ठूलो चाड हो । किनभने वर्षभरि हामी अटो व्यवसायीहरूले जति बेच्ने प्रयास गर्छौं, त्यसको ४० प्रतिशत नाडा अटो शोको टाइममा बिक्री हुन्छ । यसपटक पनि त्यही आश गरेका छौं । जुन त्योभन्दा बढी हुनेछ ।   नाडाका मुख्य चुनौतीहरू र अवसरहरू के   देख्नुभएको छ ?   नाडाका चुनौतीबारे चार पाना लामो एनालिसिस   गरेका छौं । त्यसको मैले ठ्याक्कै नाडा अटो   शोको क्लोजिङमा दिनसक्छु । आज यी कुरा   सार्वजनिक गर्न सकिँदैन ।   नाडा हुँदा हुँदै नाइमा किन स्थापना भयो ?  म सबैलाई आग्रह गर्छु । नाडा र नाइमाको विषयलाई नकारात्मक रूपमा नलिउँ। सकारात्मक रूपमै लिएर अगाडि बढौं । हामी टुक्रिएका छैनौं । अहिलेसम्म नाइमामा रहेका साथीहरुले नाडाको सदस्यता त्यागेको   छैन । नाडाबाट छुट्टिएर नाइमा खोलिएको कुरा गलत हो ।  

मोरङ उद्योग व्यापार संघमा इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयकमा सात दिने तालिम सम्पन्न

काठमाडौं । इन्डस्ट्रियल अटोमेसन पावर कन्ट्रोल विषयक ७ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।   साउन १४ गते देखि २० गतेसम्म मोरङ उद्योग व्यापार संघमा सञ्चालित उक्त तालिममा विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक औद्योगिक विद्युत प्रणाली, अटोमेसन कन्ट्रोल, प्रोगामेबल लोजिक कन्ट्रोलर,मोटर ड्राइभ, विद्युत सुरक्षाका उपायहरु र ऊर्जा दक्षतासम्बन्धी विषयमा सैद्धान्तिक र व्यवहारिक सीपहरू प्रशिक्षण गराइएको हो ।  तालिमको समापन कार्यक्रमलाई सभापतित्व गर्दै मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले संघले आफ्नो मूलभूत उद्देश्य बमोजिम उद्योगरव्यवसाय क्षेत्रको विकास तथा आधुनिकिकरणका निम्ति आवश्यक पर्ने विविध विषयका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । सोही क्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीपहरू उद्योगहरूका लागि लाभदायक रहेको र प्रशिक्षार्थीहरूले आफू कार्यरत उद्योगमा कार्यान्वयनमा ल्याई विद्युतसम्बन्धी थप सुरक्षित र आधुनिक सेवाहरु प्रदान गर्न सक्ने बताए । संघका कार्यकारिणी सदस्य तथा संघको ऊर्जा समितिका संयोजक सुशील सुरानाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिए । तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये एशियन विस्कुट एण्ड कन्फेक्सनरी उद्योगका प्राविधिक बलरामकुमार साहले आफुले तालिमबाट प्राप्त गरेको सीपहरू उद्योगको विद्युत व्यवस्थापनका लागि अत्यन्त उपयोगी र प्रभावकारी रहेको बताए । मोरङ(सुनसरी औद्योगिक करिडोरका विभिन्न उद्योगका विद्युत प्राविधिक तथा इलेक्ट्रिसियनहरूको  सहभागिता रहेको उक्त तालिममा संघले प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।

नाडा अटो शोमा उड्ने ट्याक्सी राखिँदै, नीति सुधार्न सरकारमाथि दवाव

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्षको ‘नाडा अटो शो २०२५’ लाई प्रविधि र नवीनतामा केन्द्रित गर्ने घोषणा गरेको छ । बुधबार आयोजित एक पत्रकार सम्मेलनमा आयोजकले नेपालमा पहिलो पटक ‘फ्लाइङ ट्याक्सी’ (ईभीटीओएल) र अत्याधुनिक रोबोटहरू प्रदर्शन गरिने जानकारी दिएको हो । शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुनेछन् । ‘गो फर मोर’ नाराका साथ आयोजना हुन लागेको यस पटकको प्रदर्शनीको औपचारिक उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ ।  नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको नाडा अटो शो  प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुने बताए । ‘नाडा आफ्नो स्वर्ण जयन्तीको संघारमा छ। यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं, जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन्,’ अध्यक्ष चौधरीले भने ।  उनका अनुसार ३ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा आयोजना हुने यो शोले नयाँ मानक स्थापना गर्नेछ । शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यू वृद्धिले चाङ्गानको (चार खुट्टे) रोबोट 'युनिट्री रोबोट' र भविष्यको सहरी हवाई यातायातको नमूनाको रूपमा 'दीपल ईभीटीओएल युएभी’ (उड्ने गाडी) को प्रदर्शन गर्नेछ । नाडाका अध्यक्ष चौधरीले नेपालमा फ्लाइङ ट्याक्सीसम्बन्धी नीति नभए पनि यस प्रदर्शनीले नीति निर्माणका लागि बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे ।  एमएडब्ल्यूका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘हामी नाडा अटो शोको मुख्य प्रायोजक हुन पाउँदा उत्साहित छौं । यस शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन्, जसमा एमएडब्ल्यूले मात्र ७ वटा नयाँ उत्पादन लन्च गर्नेछ ।’ नाडा अटो शो २०२५ मा ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरू र १२२ भन्दा बढी स्टलहरू रहने जनाइएको छ । जसमा १९ वटा चार पाङ्ग्रे ब्रान्ड, १४ वटा हल्का व्यावसायिक गाडी ब्रान्ड २४ वटा दुई पाङ्ग्रे ब्रान्ड, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्था गरी ३५ कम्पनीहरू कूल ३ लाख वर्ग फिट क्षेत्रफलमा फैलिने यो प्रदर्शनी नेपालमा आजसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी हुने नाडाले दाबी गरेको छ । कार्यक्रममा सह-प्रायोजक शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेले विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै नयाँ बीमा योजनाको आवश्यकता रहेको बताउँदै नाडासँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।  टिकटिङ पार्टनर खल्तीकी प्रतिनिधि पूजा धामीले आगन्तुकहरूको सहजताका लागि डिजिटल टिकटिङको व्यवस्था गरिएको र ‘अर्ली बर्ड’ टिकटमा २० प्रतिशत  छुट दिइने घोषणा गरिन् । यस वर्षको शोको संरचनामा पनि नवीनता ल्याइएको छ । शोको सुरुवातमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्न मेड इन नेपाल पेभिलियन राखिनेछ ।  साथै भिन्टेज कार प्रदर्शनी, अन्तर्राष्ट्रिय व्यापार पेभिलियन र मिडियाकर्मीका लागि विशेष सुविधासहितको मिडिया डेस्कको व्यवस्था गरिएको छ ।  शोमा फोर-ह्विलरका १९, लाइट कमर्सियल भेइकलका १४, र टु-ह्विलरका १० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ । दृष्टिविहीन पत्रकारको सुझावलाई सम्बोधन गर्दै उनले विद्युतीय गाडीको आवाज बढाएर सबैका लागि सुरक्षित बनाउने विषयलाई नाडाको अटो डायलगमा प्रमुखताका साथ उठाइने प्रतिबद्धता जनाए । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रतिष्ठित र प्रतीक्षित मेला ’नाडा अटो शो’ को १७ औं संस्करण आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ। 

एलएस अटोका २ नयाँ कार नेपालमा

काठमाडौं । एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएको छ ।  एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचब्याक र अलह्वील ड्राइभका दुई मोडल नेपाल आइपुगेका हुन् ।  आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा एलईभी ०५ र एलईभी एक्स प्रदर्शन हुनेछ ।  एलईभी ०५ एक प्रिमियम ह्याचब्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ ।  त्यस्तै, एलईभी एक्स एक अलह्वील ड्राइभ क्रसओभर एसयूभी हो ।  यसअघि नेपालमा बिक्री भईरहेको एलईभी वानको अलह्वील ड्राइभ भर्सन एलईभी एक्समा ७७ किलोवाट आवरको व्याट्रीप्याक र १९८ किलोवाटको मोटर रहेको छ ।  यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ । सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्वील ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरूमा समेत आरामले चलाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलईभी वानमा भन्दा अलह्वील ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरू समेत अपडेट भएका छन् ।  यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ ।

हेनरी भोल्ट्सको ‘मोडेल सी प्रो’ विद्युतीय गाडी नाइमा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेन्री भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ को सार्वजनिक घोषणा गरेको छ । सन् २०२२ देखि नेपालमा हेन्री भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेलको शुभारम्भ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गर्नेछ । मोडेल एचको सफलतापछि ल्याइएको मोडेल सी प्रो ३०० किमी लामो रेञ्ज, ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरूसहित बजारमा प्रवेश गर्न लागेको हो । यसले अब ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । यसमा ३५ किलोवाट मोटर, ११० एनएम टर्क र हिल होल्ड असिस्ट जस्ता विशेषताहरू छन् । काठमाडौंको साँघुरा गल्ली र ट्राफिकलाई ध्यानमा राखेर यसको ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ। यस मोडेलमा लेमन ग्रीन, चेरी रेड, रुबी ब्ल्याक, र कोकोनट ह्वाइट जस्ता आकर्षक रंग विकल्प, ९ इन्च टचस्क्रिन, ७ इन्च इन्स्ट्रुमेन्ट डिस्प्ले, र स्मार्ट सेफ्टी फिचरहरू जस्तै एबीएस,ईबीडी, आईएसओ‌ फिक्स र रिभर्स क्यामेरा उपलब्ध छन् । ‍धेरै अपग्रेड र फिचरका बाबजुद पनि कम्पनीले यसको प्रारम्भिक मूल्य २३ लाख रुपैयाँभन्दा कम हुने बताएको छ । हेनरी भोल्ट्सको विशेषता रहेको डोरस्टेप सर्भिसिङ यो मोडेलमा पनि उपलब्ध हुने एस क्युब इन्टरप्राइजेजले जनाएको छ ।  

नाइमा अटो शोमा याडियाको भेलक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन ९नाइमा० अटो शो- २०२५ मा याडियाको भेलक्स सिरिज सार्वजनिक हुने भएको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलक्स सिरिज सार्वजनिक गर्न लागेको हो ।  भेलक्स फास्ट चार्जिङ, भेलक्स यू अल्ट्रा परफर्मेन्स र भेलक्स एच हाइ परफर्मेन्स पहिलो पटक सार्वजनिक गर्न लागेको हो ।  भेलक्स फास्ट चार्जिङ मोडलले ११० किमी सम्मको रेञ्ज दिने जनाइएको छ । यसमा २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता रहेको छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा गति र १७२ एनएम टर्क रहेको छ । भेलक्स यू प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडेल हो । यो डुअल ७४ भी २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमीसम्म रेञ्ज प्रदान गर्छ । यसमा ४ हजार ९०० वाट शक्तिशाली मोटर, ८० किमीरघण्टा गति र १७६ एनएम टर्क रहेको छ । दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडेल हो । यसमा ७२ भी ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा टप स्पीड र १७२ एनएम टर्क रहेको छ । याडिया भेलक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ विश्वास कुजु नेपालले जनाएको छ ।

रसुवागढी नाका बन्दले तातोपानीमा चाप, अटो शो प्रभावित हुने चिन्ता

काठमाडौं । बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी नाकामा चाप बढेको छ । चीनतर्फको व्यापारका लागि तातोपानी नाकामा अत्यधिक चाप बढेको हो । मुख्य नाका रसुवागढी बन्द भएपछि तातोपानी नाकामा चाप बढेको हो ।  यही समयमा सवारीसाधन र तीर्थयात्रीको आवतजावत बढेपछि तातोपानी नाकामा भन्सार जाँचपास तथा समग्र व्यवस्थापनमा चुनौती थपिएको बताइएको छ ।  रसुवागढी नाका बन्द भएपछि अहिले सम्पूर्ण सवारीसाधन तातोपानीतर्फ ’डाइभर्ट’ भएका छन् । साउन महिनामा मानसरोवर जाने तीर्थयात्रीहरूले पनि यही नाका प्रयोग गर्न थालेपछि जाँचपासमा ठूलो दबाब सिर्जना भएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।  उनका अनुसार हाल दैनिक औसत ३ सय तीर्थयात्री १ सय बढी संख्यामा मालवाहक गाडीहरू आवतजावत हुने गरेका छन् ।  ‘रसुवागढीबाट आउने गाडीहरू पनि यहीँ आएका छन्, मानसरोवरका लागि आउने तीर्थयात्रीको चाप पनि थपिएको छ,’ सूचना अधिकारी काफ्लेले भने, ‘भन्सार परिसरको क्षमता करिब १ सयवटा गाडी भण्डारण गर्ने हो । गाडीको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिएको छ ।’ अटो शो प्रभावित हुन सक्ने  नाकामा बढेको चापको प्रत्यक्ष असर आगामी सवारी मेला नाइमाको मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा पर्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । दशैं-तिहारलाई लक्षित गरी आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो’ र ‘नाडा अटो शो’ का लागि नयाँ मोडेलका गाडीहरू धमाधम आयात भइरहेका छन् । तर, नाकामा सवारी जाँचपासमा ढिलाइ हुँदा समयमै गाडीहरू काठमाडौं ल्याउन नसकिने र त्यसले वर्षभरिको व्यापारमा असर पार्ने नाडाका पूर्वअध्यक्ष ध्रुव थापाको धारणा छ ।  ‘यो समयमा हुने व्यापारले वर्षभरि अर्थ राख्छ,’ उनले भने, ‘तर नाकाको अवस्था र भन्सार प्रक्रियामा हुने सम्भावित ढिलाइले अटो शो नै प्रभावित हुने जोखिम छ । तातोपानी नाकाको यार्ड पनि रसुवागढीको तुलनामा साँघुरो भएकाले समस्या थपिएको हो ।’ यो समय सरकारको राजस्व संकलनका लागि पनि महत्त्वपूर्ण भएकाले भन्सार प्रक्रियालाई सहज बनाउन तत्काल तदारुकता देखाउनुपर्ने उनको माग छ । पूर्वअध्यक्ष थापाले भन्सारमा अतिरिक्त कर्मचारी खटाएर भए पनि कामलाई छिटो-छरितो बनाउन आग्रह गरे ।  ‘यो समस्याले व्यवसायीलाई मात्र होइन, सरकारको राजस्वमा पनि असर पार्छ, त्यसैले सरकारले यसलाई प्राथमिकतामा राखेर तत्काल समाधान खोज्नुपर्छ,’ उनले भने ।  यस्तै,  सिट्रोन गाडीको आधिकारीक वितरक साँग्रिला मोटर्सका मार्केटिङ म्यानेजर कुमुद नकर्मीले तातोपानी भन्सारमा चाप बढेकाले नयाँ मोडेल चाँडो ल्याउन सक्ने अवस्था नरहेको बताए ।   उनले भने, ‘दुई/चार वटा नयाँ मोडेलका गाडी आयात गर्न त्यति समस्या त छैन । तर, मोबिलिटी एक्स्पोमा बढी ल्याउनुपर्ने हुन्छ, तातोपानी भन्सारमा चाप बढी भएकाले चाँडो आउन सक्ने अवस्था छैन ।’ उनका अनुसार चीनबाट आयात गरिनुपर्ने नयाँ मोडेलको गाडी रसुवागढी नाका बन्द भएका कारण तातोपानी नाकाबाट ल्याउने प्रयास भइरहेको छ । तर, तातोपानी नाकामा पनि अत्यधिक चाप भएकाले भन्सार प्रक्रियामा ढिलाइ भइरहेको नकर्मीको भनाइ छ ।  ‘नयाँ मोडेलको गाडी चीनबाट छुटिसकेको छ । तर, भन्सारमा समय लाग्ने देखिन्छ । एक्स्पोका लागि समयमै आइपुग्छ कि पुग्दैन भन्ने निश्चित छैन,’ उनले भने ।  आयातका लागि आवश्यक कागजात प्रक्रियामा कुनै समस्या नभएको व्यवसायीहरू बताउँछन् । कागजातहरू गाडीसँगै आउने र बैंकमार्फत गरिने भुक्तानी प्रक्रिया पनि एकै दिनमा सकिने भएकाले मुख्य समस्या भन्सार नाकाको भौतिक व्यवस्थापनमै रहेको व्यवसायीहरूको भनाइ छ ।  जनशक्ति अभाव  नाकामा बढेको चापलाई व्यवस्थापन गर्न जनशक्ति अभाव मुख्य चुनौतीको रूपमा देखिएको छ । भन्सार कार्यालयले जनशक्ति थप गर्नका लागि भन्सार विभागमा अनुरोध गरिसकेको छ । विभागले कर्मचारी सरुवाको तयारी गरिरहेको र चाँडै थप जनशक्ति उपलब्ध हुने कार्यालयले जनाएको छ । हालको अवस्थालाई मध्यनजर गर्दै कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम सुरु गरेका छन् । सशस्त्र प्रहरी बलले पनि अतिरिक्त गोदाम सञ्चालनमा ल्याएर सामान भण्डारणमा सहयोग गरिरहेको भन्सार कार्यालयका सूचना अधिकारी काफ्लेले जानकारी दिए ।  भन्सार कार्यालयका अनुसार फलफूल र मसलाजन्य सामानलाई गोदाममा राखेर अन्य व्यावसायिक सामानको जाँचपासलाई निरन्तरता दिइएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले छिटोभन्दा छिटो गाडी पठाइदिन आग्रह गरिरहेको सुनाए । भन्सारमा समस्या बढ्न नदिन र जाँचपास प्रक्रियालाई सहज बनाउन तत्काल जनशक्ति थप्नुपर्ने माग सरकारसँग गरिरहेका उनको भनाइ छ ।  ‘कर्मचारीहरूले बिहान ८ बजेदेखि नै काम गरिरहनुभएको छ,’ उनले भने, ‘उज्यालो रहुञ्जेल सवारीसाधनलाई क्रमशः निकाल्ने काम भइरहेको छ । अहिले पाँच जनाले १० वटा गाडी चेक गर्छन् भने १० जना भए २० वटा गाडी जाँच गर्न सकिन्छ । त्यसैले जाँचपासलाई सहज बनाउन जनशक्ति थप्नुपर्छ ।’  उनले यस विषयमा सरकारी निकायलाई जानकारी गराइसकिएको पनि बताए । रसुवागढी नाका बन्द हुँदा तातोपानी नाकामा चौतर्फी दबाब सिर्जना भएको छ । भन्सार कार्यालय, सुरक्षा निकाय र व्यवसायीहरूबीच समन्वय गरेर चुनौतीलाई सामना गर्ने प्रयास भइरहेको छ । तर, पूर्वाधार र जनशक्तिको सीमितताका कारण आगामी दिनहरू थप चुनौतीपूर्ण बन्ने देखिन्छ ।

म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता

काठमाडौं । म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता छ । याङ्गुन कन्भेन्सन सेन्टरमा चिल्लो विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिएका थिए । चम्किलो ड्यासबोर्डहरू, एआई सुविधाहरू र उत्सुक भीडले सफा अटोमोटिभ भविष्यमा म्यानमारको बढ्दो चासोलाई उजागर गरेको छ । तीन दिने म्यानमार अन्तर्राष्ट्रिय अटो एक्स्पो २०२५ मा ३० भन्दा बढी ब्राण्डहरू रहेका थिए । जसमध्ये धेरैजसो चिनियाँ थिए ।   

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको अपेक्षा समेटिएन : नाडा

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन (नाडा) ले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको मौद्रिक नीताले अटोमोबाइल क्षेत्रको माग र सुझावलाई बेवास्ता गरेको गुनासो गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति अटोमोबाइल व्यवसायीहरूको न्यूनतम अपेक्षा भन्दा निकै टाढा रहेको जनाएको छ । नाडाका अनुसार सवारीसाधन आयातसँग सम्बन्धित नीतिहरूमा कुनै सहजीकरण गरिएन, लक्जरी, हेवी सेग्मेन्ट र उच्च प्रविधिका सवारीसाधनसम्बन्धी नीति जस्ताको तस्तै राखिएको छ । मौद्रिक नीतिले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न खोजेको भए पनि, प्रत्यक्ष कर्जा प्रवाहको प्राथमिकता दिइएको छैन । यसलाई ग्रिन फाइनान्सको सन्दर्भमा मात्र उल्लेख गरिएको छ । सवारी ऋण, आयात प्रक्रिया तथा औद्योगिक मान्यतामा उल्लेखनीय सुधार नभएको भन्दै नाडाले मौद्रिक नीतिलाई ‘अनुदार’ भनेको छ । हायर पर्चेज कर्जा दिने कम्पनीहरूको स्वीकृति, सेवा शुल्क, ब्याजदर गणना लगायतका विषयमा भने केही सकारात्मक संकेत देखिएको नाडाले जनाएको छ । नाडाले अटोमोबाइल क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट रोडम्याप मौद्रिक नीतिमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'रोजगारी सिर्जना, विद्युतीय इकोसिस्टम प्रवद्र्धन र औद्योगिकीकरणमा अटोमोबाइल क्षेत्रको योगदान महत्त्वपूर्ण छ । त्यसैले यस क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत सहजीकरण गर्न आवश्यक छ ।' नाडाले सरकारले अटोमोबाइल क्षेत्रको आर्थिक महत्वलाई गम्भीरतापूर्वक बुझी आवश्यक सहयोग र नीतिगत हस्तक्षेप तत्काल गर्नुपर्ने माग समेत गरेको छ ।

विदेशी मुद्रा सञ्चिति पर्याप्त छ, अटो लोन खुकुलो बनाउँदा हुन्छ : नरबहादुर थापा

काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफलपछि आउनु पर्नेमा छापामार शैलीमा ल्याउन लागेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौद्रिक नीति दीर्घकालीन प्रभाव हेरेर ल्याउनु पर्ने बताएका हुन् । अर्धवार्षिक समीक्षाबाट विद्युतीय गाडीमा परिवर्तन गरेको लोन टु भ्यालु रेसियोलाई पुरानै अवस्थामा पुर्‍याउन माग गरेका छन् । नेपालको ब्यालेन्स अफ पेमेन्ट पर्याप्त हुँदा अटो लोनको विषयमा खुल्ला गर्दा फरक नपर्ने बताए । ‘मौद्रिक नीतिमा सुझावका कार्यक्रमहरू भइरहेको समयमा साउन पहिलो हप्ता आउने गरेकोमा छिट्टै आउन लागेको देखिन्छ,’ थापा भन्छन्,‘राष्ट्र बैंकले लोन टु भ्यालु रेसियोमा गरेको फेरबदल हुँदा अटोमोबाइल्स व्यवसायी नाखुस देखिएका छन् । नयाँ मौद्रिक नीतिमा बढी चासो देखाएका छन् ।’ नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालको सहकार्यमा भएको कार्यक्रममा थापाले सरकारले सवारी साधनमा बढी कर लगाउँदा मुद्रास्फीति नबढे पनि लागत नै बढी हुँदा छिमेकी मुलुकको तुलनामा महँगो रहेको बताए । नेपालमा अटो एसेम्बल उद्योग, स्पेयर पार्टस्का उद्योग स्थापना भइरहेको बताए ।

रसुवाको बाढी-पहिरोले अटोमोबाइल आयात प्रभावित, पीडितप्रति सहयोग गर्न नाडाको आग्रह

काठमाडौं । हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण केवल जनधनको क्षति नभई मुलुकको प्रमुख व्यापारिक नाका-केरुङ-रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा पनि ठूलो असर परेको जनाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ । नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ । संघले अटोमोबाइल क्षेत्रले जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ । 'यदि यस्ता विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने, जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'संकटको यस घडीमा हामी सबै मिलेर करुणा, ऐक्यबद्धता र सहयोगका साथ अगाडि बढ्न जरुरी छ ।'

अटो हब थापाथलीमा जगदम्बा मोटर्सकाे अत्याधुनिक शोरुम, थप १५ ठाउँमा खोल्दै

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंको अटोमोबाइल हब मानिने थापाथलीमा आफ्नो नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमबीच कम्पनीले आफ्नो इलेक्ट्रिक गाडी ‘प्रोटोन ईमास ७’ को नयाँ शोरुम उद्घाटन गरेको हो ।  कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ता, वरिष्ठ उपाध्यक्ष राजु भेटवाल, चर्चित गायिका तथा अभिनेत्री केकी अधिकारी र गायक तथा संगीतकार बृजेश श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर तथा पानसमा बत्ती बालेर शोरुमको शुभारम्भ गरे ।  कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले थापाथली जस्तो प्रमुख व्यापारिक केन्द्रमा शोरुम स्थापना गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए । उनले प्रोटोन ईमास-७ मलेसिया र चीनमा आफ्नो सेगमेन्टमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक गाडी रहेको जानकारी दिँदै यसको सफलता विश्वव्यापी रहेको उल्लेख गरे । गुप्ताले भने, ‘हामीले सन् २०२५ भित्र नक्साल र थापाथलीसहित नेपालभर १५ वटा नयाँ शोरुम खोल्ने योजना बनाएका छौँ ।  केही महिनाभित्रै हाम्रो सञ्जाल देशभर फैलनेछ ।’ कम्पनीका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नेपालको अटोमोबाइल बजार अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो कठिन बजारमा ग्राहकलाई उत्कृष्ट सेवा दिन हामीले ‘कम्पनी आफैंले स्वामित्व लिई सञ्चालन गर्ने’ योजना बनाएका छौं ।’ उनले आगामी महिनाहरूमा भक्तपुर, पोखरा, नारायणघाट र नेपालगञ्जमा पनि थ्रीएस (३ एस) सुविधासहितका शोरुमहरू खोल्ने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा चर्चित अभिनेत्री केकी अधिकारीले प्रोटोन ईमास ७ गाडी खरिद गरेकी छन् । उनलाई कार्यकारी निर्देशक गुप्ता र वरिष्ठ उपाध्यक्ष बेटवालले गाडीको हस्तान्तरण गरे ।  गाडी बुझ्दै अभिनेत्री अधिकारीले गाडीको क्लासिक डिजाइन, आरामदायी भित्री भाग र शंकर ग्रुप जस्तो विश्वसनीय संस्थासँग जोडिएको ब्रान्ड भएकाले आफूले प्रोटोन रोजेको बताइन् ।  उनले भनिन्, ‘आज तुलसी एकादशीको शुभ दिनमा मैले यो गाडी पाएकी छु ।  यो गाडीको बनावट र विशेषताहरूले मलाई पहिलो नजरमै आकर्षित गर्यो । मलाई विश्वास छ, यसले मेरो यात्रालाई अझ सहज र सुखद बनाउनेछ । ’ कार्यक्रममा गायक तथा संगीतकार बृजेश श्रेष्ठले आफुले पहिलेदेखि नै प्रोटोन ईमास ७ को गाडी चलाइरहेको अनुभव सुनाए । उनले प्रोटोन ईमास ७ निकै सुरक्षा र यात्राका लागि भरपर्दो भएको दाबी गरे । उनले भने, ‘यो गाडीको फाइभ-स्टार सुरक्षा रेटिङ र लामो यात्राका लागि उपयुक्त हुनु मेरो पहिलो प्राथमिकता हो । मेरो परिवार पनि यो गाडीबाट अत्यन्तै खुसी छ । यसको पफर्मेन्स र आरामले म पूर्ण रूपमा सन्तुष्ट छु । ’ प्रोटोन सन् १९८३ मा मलेसियाको पहिलो राष्ट्रिय कारको रूपमा स्थापना भएको र सन् २०१७ मा चिनियाँ अटोमोबाइल ’जिली’ सँगको साझेदारीपछि प्रविधि र नवीनतामा ठूलो फड्को मारेको उनले बताइन् ।  ईमास ७ मा १६० किलोवाटको शक्तिशाली मोटर, द्रुत गतिको चार्जिङ क्षमता भएको  ब्लेड ब्याट्री र सुरक्षाका लागि ’ सेल-टु-बडी’ जस्ता अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ । यो मलेसियाको ब्राण्ड हो । दक्षिण एशियासहितका राइट ह्याण्ड ड्राइभ भएका देशमा प्रोटोन इमास-७ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार यो दुई ब्याट्री अप्सनमा छ भने प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । दुबै भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ ।  यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास–७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने कम्पनीले दाबीको छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ । यस्तै, इमास-७ को भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिने कम्पनीले बताएको छ ।  मलेसियन बजारमा २३ हजारदेखि २७ हजार अमेरिकी डलर मूल्य पर्छ । 

‘नाडा अटो शो- २०२५’ को स्टल बाँडफाँट सम्पन्न

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।  शोका लागि आवश्यक पर्ने स्टल बाँडफाँटको काम सम्पन्न भएसँगै यसको औपचारिक तयारी सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नाडाले जनाएको छ । स्टल बाँडफाँट कार्यक्रममा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटो सामग्री र उपकरणका क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।  यस वर्षको प्रदर्शनीमा प्रविधि, नवप्रवर्तन र दिगोपनालाई विशेष प्राथमिकतामा राखेको नाडाले दावी गरेको छ। नाडाका अनुसार चारपाङ्ग्रे सवारीतर्फ १८, हल्का व्यावसायिक सवारीतर्फ १३, दुईपाङ्ग्रेतर्फ ४ तथा सामग्री र उपकरणतर्फ ४० भन्दा बढी ब्राण्डहरूको सहभागिता रहनेछ । चारपाङ्ग्रे (१८ स्टल) डीपल, अवटार, डोङ्फेङ, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयन भी, एक्सपेङ, रिड्डारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्ल्यू ब्रम्बी, जेवाई एयर, हाभाल, एलएस अटो र जिनपेङ प्रर्दशनीमा राखिनेछन् ।  दुईपाङ्ग्रेतर्फ हिरो, रोयल इनफिल्ड, जोन्सन र यामाहा प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।  हल्का व्यावसायिक सवारी (१३ स्टल) न्यु गोनाओ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकन, सीजी केवाईसीरकिङलङ, मोन्ट्रा, स्काइवर्थ, कैनिउ, कावेईरनावेको र सनलङको सहभागीता रहनेछ ।  सामग्री तथा उपकरण (४० स्टल) एसियन, गल्फ, डकह्याम्स, म्याक्सशाइन, मिश्लिन, लिक्वी मोली, सिएट टायर, जेकेरगुड टायर, टाटा ग्रीन, टोटल एनर्जिज, स्टड्सरएसएमके लगायतका प्रमुख ब्राण्डहरू रहेका छन् ।  यसपटकको अटो शोमा केही नयाँ आकर्षणहरू पनि थपिने नाडाले बताएको छ । ‘मेड इन नेपाल’ पेभिलियन, पुराना गाडीहरूको प्रदर्शनी (भिन्टेज कार पेभिलियन) र अटो क्षेत्रका विविध विषयमा छलफल गरिने ‘अटो डाइलग्स क्याफे’ प्रमुख आकर्षणका रूपमा रहनेछन् । सन् १९९८ देखि आयोजना हुँदै आएको नाडा अटो शो नेपाली अटोमोटिभ क्षेत्रको सबैभन्दा प्रतिष्ठित प्रदर्शनी मानिन्छ । यस वर्षको प्रदर्शनीलाई एमएडब्लू समूहले प्रायोजन गरेको छ ।

नेक्सन भेन्चरको नयाँ शोरुम उद्घाटन, नाइमा अटो शोमा नयाँ गाडी सार्वजनिक गर्ने

काठमाडौं । नेक्सन भेन्चरले नयाँ शोरुम उद्घाटन गरेको छ । काठमाडाैंकाे तीनकुनेमा नयाँ शाेरुम खाेलेकाे हाे । कम्पनीले नयाँ शाेरुममा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ पनि सार्वजनिक गरेको छ । आगामी एलभी ५ र एलभी एक्स मोडेलहरू नाइमा अटो शोमा सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइनजस्ता आकर्षक एलिमेन्ट छन् । गाडीको भित्री संरचना पनि उच्चस्तरीय छ । लेदरेट स्टेरिङ व्हील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा यसमा उपलब्ध छन् । यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायत उच्च सुरक्षा प्रविधिहरू समावेश गरिएको छ । युरो एनक्यापको क्र्यास टेस्टमा पाँचतारे सुरक्षा रेटिङ प्राप्त यो गाडीले उपभोक्तालाई भरपर्दो सुरक्षा सुनिश्चित गर्छ । कम्पनीका अनुसार एलईभी ०१ को स्ट्यान्डर्ड एडिसन (केभी) को मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसन (सीभी) को मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर र ब्याट्री वारेन्टी दिइएको छ ।  हाल काठमाडौंको तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ भने कालोपुलमा सर्भिस सेन्टर स्थापना भइसकेको छ। नेक्सन भेन्चरले उत्पादनकर्ता टर्कीको प्रतिष्ठित डिजाइन हाउसमार्फत विकास गरिएका अन्य इलेक्ट्रिक मोडेलहरू पनि सन् २०२५ मा नेपाल भित्र्याउने तयारी गरिरहेको छ ।   नयाँ मोडेलमा ५०० किमी रेन्ज, ०.२६८ एरोडाइनामिक ड्र्याग कोएफिसियन्ट, र एलएफपी ब्याट्री टेक्नोलोजी समावेश गरिने जानकारी दिइएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर हो ।

चिनियाँ ईभीको बाढीले ब्राजिलका अटो उद्योग संकटमा

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सवारीसाधन बोक्ने पानीजहाज (जसमा २० वटा फुटबल मैदान बराबरका गाडी अटाउन सक्छन्) गत महिनाको अन्त्यतिर पहिलो यात्रा पूरा गर्दै ब्राजिलको इताजाइ बन्दरगाहमा पुगेको छ। चीनको अग्रणी इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडी निर्माता बाइडी (बीवाईडी) ले ब्राजिलेली ग्राहकलाई तुलनात्मक रूपमा सस्तो मूल्यमा हरित गाडी उपलब्ध गराउँदैछ, यद्यपि यहाँ हरित गाडी प्रवर्द्धन अझै प्रारम्भिक चरणमै छ । ब्राजिलको अटो उद्योगका अधिकारी र श्रमिक नेताहरू चिनियाँ कम्पनीहरूबाट ठूलो मात्रामा आउने गाडीहरूले स्वदेशी उत्पादनलाई पछाडि धकेल्ने र रोजगारीमा हानी पुर्‍याउने चिन्ता व्यक्त गर्छन् । रोयटर्सले शिपिङ तथ्यांक र कम्पनीका बयानहरूका आधारमा गरेको विश्लेषण अनुसार बाइडीले विदेश विस्तार तीव्र बनाउन बढ्दो संख्यामा आफ्नो कार्गो जहाज परिचालन गरेको छ, जसमा ब्राजिल प्रमुख लक्ष्य बनेको छ । मे महिनाको अन्त्यमा आएको यो जहाज यस वर्ष ब्राजिलमा डुंगा लगेको बीवाईडीको चौथो जहाज हो, जसबाट करिब २२ हजार गाडी ल्याइएको छ । बाइडी विश्वकै ठूलो इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडी निर्माता हो र ब्राजिलमा विस्तार गर्ने लक्ष्य राख्ने थुप्रै चिनियाँ ब्रान्डहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ब्राजिलको मुख्य अटो संघका अनुसार चीनमा बनेका गाडीहरूको आयात यस वर्ष झन्डै ४० प्रतिशतले बढेर करिब २ लाख पुग्ने अनुमान गरिएको छ, जसले कुल साना गाडी दर्ताको करिब ८ प्रतिशत हिस्सा ओगट्नेछ । उद्योग र श्रमिक समूहहरू भन्छन्, ‘चीनले ब्राजिलमा अस्थायी रूपमा न्यून ट्यारिफको फाइदा उठाएर कारखाना खोल्नेभन्दा बढी निर्यातमै जोड दिइरहेको छ ।’ उनीहरूले सबै इभी आयातमा लागू हुने ट्यारिफ १० प्रतिशतबाट सिधै ३५ प्रतिशत पु‍र्याउने योजना एक वर्ष अघि सार्न सरकारसँग माग गरिरहेका छन् । इन्डस्ट्रीअल ब्राजिलका अध्यक्ष र मर्सिडिज–बेन्जका उत्पादन श्रमिक आरोआल्डो दा सिल्भाले भने, ‘विश्वका धेरै देशहरूले चिनियाँ गाडीको बाटो बन्द गरे तर ब्राजिलले गरेन । चीनले त्यसको भरपुर फाइदा उठायो ।’ अतिरिक्त उत्पादन ब्राजिल चीनको अटो उद्योगको तीव्र विश्वव्यापी विस्तारको केन्द्र बिन्दु बनेको छ । चिनियाँ कारखानाबाट बढी उत्पादन भएर निर्यात बढेपछि चीन २०२३ मा जापानलाई उछिन्दै विश्वकै ठूलो गाडी निर्यातकर्ता बनेको हो । धेरैजसो अतिरिक्त गाडीहरू युरोप, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकामा पठाइँदै छन् । ब्राजिलमा ठूलो बजार रहेको छ- बजार आकारका आधारमा यो विश्वकै छैठौं ठूलो बजार हो( जहाँ फक्सवागन, जनरल मोटर्स र जिप निर्माता स्टेलान्टिस जस्ता कम्पनीहरूले दशकौंदेखि स्थानीय रूपमा गाडी उत्पादन गर्दै आएका छन् । ब्राजिल सरकारले पनि इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीको बिक्री बढाउन नीति बनाएको छ, जुन बीवाईडीको प्रमुख क्षेत्र हो । यसैबीच, बीवाईडीलाई स्वदेश र विदेश दुवै ठाउँमा विस्तार गर्ने बाटो साँघुरिँदै गएको छ । स्वदेशमा बीवाईडी तीव्र मूल्ययुद्धमा फसेको छ, जसले गर्दा यसको सिगल नामक सस्तो मोडेलको मूल्य १० हजार डलरभन्दा तल झार्नुपरेको छ र नाफा कम भएको छ । विदेशमा युरोपले ४५.३ प्रतिशत शुल्क र अमेरिकाले १०० प्रतिशतभन्दा बढी ट्यारिफ लगाउनुका  साथै चिनियाँ सफ्टवेयर प्रतिबन्ध गरेर कडा व्यापार अवरोध लगाएका छन् । विगतमा ब्राजिलले चिनियाँ गाडी कम्पनीलाई स्वतन्त्र प्रवेशबाट जोगाउन कदम चाले पनि अन्य देशजस्तो छिटो र कडा कारबाही गरेको छैन । २०१५ मा ब्राजिलले इलेक्ट्रिक गाडी प्रवर्द्धन गर्न बीवाईडी जस्ता निर्माता कम्पनीलाई ट्यारिफ छुट दिएको थियो तर गत वर्ष त्यसमा फेरि १० प्रतिशत ट्यारिफ लगाइयो । यो शुल्क हरेक ६ महिनामा बढाउँदै २०२६ सम्ममा ३५ प्रतिशत पुग्ने योजना छ । ब्राजिलको विकास, उद्योग र वैदेशिक व्यापार मन्त्रालयका अनुसार ट्यारिफ चाँडै बढाउने उद्योग संघको मागमाथि समीक्षा भइरहेको छ । बीवाईडी र अन्य चिनियाँ कम्पनीहरूले हाल ब्राजिलमा प्लग(इन हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक गाडीमा करिब १६९ मिलियन डलर र २२६ मिलियन डलरसम्म ट्यारिफ-मुक्त आयात गर्न पाउने नीतिको फाइदा उठाइरहेका छन् । यसले पुरा कोटा सकिनुअघि धेरै गाडी ल्याउन प्रेरणा दिएको विश्लेषकहरू बताउँछन् । आयातको बाढी बीवाईडीको रणनीति स्थानीय अधिकारीको कडा प्रतिरोध बिना निर्यात विस्तार गर्नेमा निर्भर छ । तर ब्राजिलमा उद्योगका प्रतिनिधिहरू बीवाईडीले स्वदेशमै उत्पादन सुरु गर्ने योजना पछि धकेलिएकोमा चिन्तित छन्। २०२३ मा ब्राजिल सरकारले बीवाईडीलाई बाहियास्थित फोर्डको पुरानो कारखाना किनेर उत्पादन सुरु गर्ने योजना स्वागत गरेको थियो । तर निर्माण स्थलमा श्रम शोषणको अनुसन्धानका कारण अब उत्पादन २०२६ को डिसेम्बरसम्म मात्र ‘पूर्ण रूपमा सञ्चालनमा आउने’ स्थानीय अधिकारीहरूले बताएका छन् । अरू चिनियाँ कम्पनी जीडब्लुएमले पनि मर्सिडिज–बेन्जको पुरानो कारखानामा गाडी बनाउन थाल्ने योजना एक वर्षभन्दा बढी पछि सारेको  छ। सरकारले भने यो कारखाना यसै वर्ष सञ्चालन हुने अपेक्षा गरेको छ । ब्राजिलको अटो संघ एएनएफएभीईएका अध्यक्ष इगोर काल्भेटले भने, ‘हामी नयाँ ब्रान्डहरूलाई ब्राजिलमा उत्पादन गर्न, स्थानीय उद्योग बढाउन, रोजगारी सिर्जना गर्न र नयाँ प्रविधि भित्र्याउन स्वागत गर्छौं । तर अत्यधिक आयातले स्वदेशी उत्पादनमा लगानी घटाउँछ भने त्यो हाम्रो लागि चिन्ताको कुरा हो ।’   इन्डस्ट्रीअलका दा सिल्भाले भने, ‘बीवाईडी कारखाना सुरु हुनुभन्दा १८ महिना अगाडि नै स्थानीय आपूर्तिकर्तासँग सम्झौता हुनुपर्ने हो तर अहिले सम्म त्यस्तो केही सुनिएको छैन ।’ ‘कारखाना भए पनि यदि सबै उपकरण, विकास र प्रविधि बाहिरबाट आउँछ भने त्यसले कति मूल्य थप्छ ?,’ उनले थपे । राष्ट्रपति लुला दा सिल्भाको बामपन्थी सरकारले रोजगारी र वातावरण जोगाउने प्रयास गरिरहेको छ । आगामी नोभेम्बरमा कोप ३० विश्वव्यापी जलवायु सम्मेलन आयोजना गर्न लागेको ब्राजिलले आफ्नो हरित छवि बलियो पार्न उद्योग फिर्ता ल्याउन चाहन्छ । तर ब्राजिलको हरित गाडी बजार अझै पनि चिनियाँ आयातमा निर्भर छ । ब्राजिलको ईभी संघ एबीभीईका अनुसार ब्राजिलमा बिक्री हुने इलेक्ट्रिक गाडीमध्ये ८० प्रतिशत चिनियाँ हुन् । ब्राजिलमा लिथियम लगायत ईभी ब्याट्री बनाउन चाहिने खनिज प्रशस्त छन् तर सबै आवश्यक पाटपुर्जा उत्पादन गर्ने पूर्वाधार अझै नभएको जीडब्लुएम ब्राजिलका सरकारी सम्बन्ध निर्देशक र एबीभीईका अध्यक्ष रिकार्डो बास्टोसले भने । जीडब्लुएमले २०२१ मा वार्षिक ५० हजार गाडी उत्पादन क्षमताको कारखाना किनेर यस जुलाईदेखि हवाल एच ६ एसयूभी उत्पादन सुरु गर्ने तयारी गरेको छ । बास्टोसका अनुसार करिब १०० वटा ब्राजिलेली आपूर्तिकर्तासँग सम्झौता गर्न छलफल भइरहेको छ । मस्कको रोबोट्याक्सीमा डेमोक्र्याटको हस्तक्षेप कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित  

चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै

काठमाडौं । चिनियाँ अटो निर्माता विश्वव्यापी शून्य उत्सर्जन सवारीसाधन (जेडईभी) बजारमा तीव्र गतिमा अग्रस्थानमा पुगिरहेका छन् । अन्तर्राष्ट्रिय क्लिन ट्रान्सपोर्टेसन काउन्सिल (आईसीसीटी) ले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।  हाल विश्वव्यापी विद्युतीय सवारीसाधन बजारमा प्रमुख खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ । आईसीसीटीको प्रतिवेदनअनुसार चीनले विद्युतीय सवारीसाधन रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने चीनमा वार्षिक १ करोड १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भइरहेका छन्, जुन विश्वव्यापी विद्युतीय सवारीसाधन बिक्रीको आधाभन्दा बढी हो । यस वर्ष पहिलो पटक चीनमा एक महिनामा नै १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री भएका छन्, जुन घरेलु माग र चिनियाँ निर्माताहरूको लक्षित निर्यात प्रयासका कारण सम्भव भएको अनुसन्धान संस्था रो मोसनले बताएको छ । चीनमा आधारित अटो निर्माताहरूले जेडईभी क्षेत्र कभरेजमा शीर्ष ५ स्थान ओगटेका छन् र विद्युतीय सवारीसाधन बिक्री सेयरमा शीर्ष ६ मध्ये ५ स्थान ओगटेका छन् । जीली र एसएआईसीजस्ता कम्पनीहरूले पहिले नै आफ्नो २०२५ को लक्ष्यभन्दा एक वर्ष अघि नै ५० प्रतिशत ईभी बिक्री सेयर पुरा गरिसकेका छन् । बीवाईडीले २०२४ मा पहिलो पटक विश्वव्यापी ब्याट्री विद्युतीय सवारीसाधन ९बीईभी० बिक्रीमा टेस्लालाई उछिनेको छ । बीवाईडीको बीईभी बिक्रीमा २५ प्रतिशत वृद्धि र बीईभी तथा प्लग(इन हाइब्रिड विद्युतीय सवारीसाधन (पीएचईभी) संयुक्त बिक्रीमा ४७ प्रतिशतले वृद्धि भएको अनुसन्धानले जनाएको छ । दुबै कम्पनीहरू आईसीसीटीको रेटिङमा ‘लीडर्सको श्रेणीमा पर्छन् । ‘चीनमा आधारित अटो निर्माता विश्वव्यापी रूपमा विस्तार भइरहँदा अन्य अग्रणी विश्वव्यापी निर्माताहरूले पनि आफ्नो रूपान्तरण प्रक्रिया छिटो गर्न दबाब महसुस गरिरहेका छन्, नत्र प्रतिस्पर्धात्मक स्थान गुमाउने जोखिम छ,’ आईसीसीटीका अध्यक्ष तथा सीईओ ड्र्यु कोडज्याकले भने । ‘पूरै विश्व अटो उद्योगका लागि अब यो केवल भविष्यका लक्ष्य पूरा गर्ने कुरा होइन- यो अहिलेको बजारमा प्रतिस्पर्धी रहने कुरा हो,’ उनले थपे । सेयरधनीको आलोचनाबीच टोयोटा मोटरको नेतृत्वमा पुनः टोयोडा

नाडा अटो शो २०२५ को उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटनका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक निमन्त्रणा दिएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेट गरी कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भई उद्घाटन गर्न आग्रह गरेको हो । भेटघाटका क्रममा अध्यक्ष चौधरीले लामो समयपछि आएको बजेट निजी क्षेत्रमैत्री भएको भन्दै त्यसले अटोमोबाइल क्षेत्रलाई आशावादी बनाएको उल्लेख गरे । उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमै पहिलो पटक सिमरामा सवारीसाधन निर्माण उद्योग खोल्ने तयारी भइरहेको जानकारी गराउँदै त्यस्ता उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखे । छलफलमा अर्थमन्त्री पौडेलले नाडाको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै अटोमोबाइल व्यवसायीहरूबाट सरकारलाई अझ बढी राजस्व योगदानको अपेक्षा राखेको बताए । प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानको सहभागिता थियो ।

नेपाल माइक्रो इन्स्योरेन्स र बालाजु अटो वर्क्सबीच बीमा सहकार्य सम्झौता

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुनेगरी अग्नि समूह अन्तर्गत बालाजु अटो वर्क्ससँग बीमा सहकार्य गर्ने भएको छ ।  बिहीबार आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।  दुवै पक्षबीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिलराज गिरी र बालाजु अटो वर्क्सको तर्फबाट नायव महाप्रबन्धक शिवसुदन श्रेष्ठले हस्ताक्षर गरे ।  उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वर्क्सका सहायक महाप्रबन्धक सन्तोषकुमार अधिकारी समेतको उपस्थिति रहेको थियो। 

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको छ ।  २०२५ को जुन ६-७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे । नाडाका अध्यक्ष करण चौधरीले चीन-आसियान सत्रमा प्यानललिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरूबारे धारणा राखेका थिए । यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए । सो कार्यक्रममा चीन-आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनबारे समेत छलफल भएको थियो । सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो ।  उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरूको अवस्था र वातावरण, तथा नाडाले आउँदो अगष्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो।  यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूकोतर्फबाट समेत उच्च चासो राखिएको थियो। नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवर्द्धन गर्न थप मद्दत पुगेको छ । उक्त सम्मेलनमा नाडाकोतर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो ।  नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको हाे ।

जीली अध्यक्षको चेतावनी: विश्व अटो उद्योगमा गम्भीर अति उत्पादन संकट

काठमाडौं । जीलीका अध्यक्ष तथा संस्थापक ली शुफुले शनिबार विश्वव्यापी अटोमोबाइल उद्योग अहिले ‘गम्भीर अति उत्पादन क्षमता’को समस्याबाट जुधिरहेको बताएका छन् ।  यसैकारण चिनियाँ कार निर्माता कम्पनी जीलीले नयाँ उत्पादन संयन्त्र ९कारखाना० नबनाउने र हालका उत्पादन केन्द्रहरू पनि विस्तार नगर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार उनले यो टिप्पणी चीनको केन्द्रीय सहर छोंगछिङमा आयोजित एक अटो फोरममा गरेका थिए । जीली होल्डिङले जीली अटो, जीक्र र भोल्भो लगायतका अटो ब्रान्डहरू स्वामित्वमा राखेको छ । विश्वकै सबैभन्दा ठूलो अटो उद्योग चीनले अहिले कडा मूल्य प्रतिस्पर्धामा फसेको छ । यही बेला उनको यस्तो टिप्पणी आएको हो । यसले धेरै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जाने बाध्यता बनाएको छ र चिनियाँ नियामकहरूलाई मूल्ययुद्ध रोक्नका लागि कदम चाल्न प्रेरित गरेको छ । चिनियाँ कार निर्माताहरू जसमध्ये केहीले विदेशमा कारखाना निर्माण गरिरहेका छन् । तीमध्ये बीवाईडी, चेरी अटो र ग्रेट वाल मोटर प्रमुख हुन् । जीलीले यसअघि फेब्रुअरीमा घोषणा गरेको थियो कि उनीहरूले फ्रान्सेली कार निर्माता रेनोको ब्राजिलमा रहेको हालको उत्पादन संयन्त्र प्रयोग गर्ने र रेनोको लाटिन अमेरिकी व्यवसायमा अल्प हिस्सेदारी सेयर लिने योजना बनाएका छन् ।