आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई हेभी इक्यूपमेन्ट अपरेटर तालिम
काठमाडौं । आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई नि:शुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर तालिम सुरु गरेकाे छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरुभएको उक्त तालिमको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखेका छन् । उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए । ‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ, तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरुगरिसकेका छन्,’ उनले भने । तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।
सिटिजन्स बैंकका ग्राहकलाई जामुनी अटो सेन्टरमा छुट
काठमाडौं । सिटिजन्स बैंक र जामुनी अटो सेन्टरबीच समझदार भएको छ । सिटिजन्स बैंक र जामुनी अटो सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझाैताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा २५ हजारसम्मको आकर्षक छुट पाइने कम्पनीले जनाएकाे छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
चांगन अटोले ल्यायाे बबाल अफर, वैदेशिक भ्रमणदेखि ४० हजारसम्मकाे छुट
काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ुनयाँ साल, साह्रै बबाल अफरु सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स जित्न सक्नेछन् । यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् । साथसाथै, ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न चाहे थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।
अटोमोवाइल व्यवसायीको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग सल्लाह गर्छु : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटोमोवाइल व्यवसायीको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग सल्लाह गर्ने बताएका छन् । नाडाका अध्यक्ष धुव्र थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलबीच भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले सो बताएका हुन् । ‘अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ, त्यसको समुचित समाधानका लागि प्रयास गर्छु,’ उनले भने । साथै, उनले उक्त समस्याबारे आउदो बजेट सुझावमा समावेश गर्नको लागि पठाउन समेत व्यवसायीहरुलाई आग्रह गरेका छन् । सोही भेटघाटको क्रममा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेका छन् । अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरेका छन् । त्यसैगरी, सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे । सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे । सोही क्रममा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे । त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए । उक्त छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।
आईएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने
काठमाडाैं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई गाडी चलाउन नि:शुल्क तालिम दिने जनाएकाे छ । उक्त तालिमले महिलालाई ब्याक हो लोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएकाे छ । मुख्य लक्ष्य भनेको महिलाहरूलाई बाधाहरू तोड्न र परम्परागत रूपमा पुरुष प्रधान क्षेत्रमा उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्नु हो। आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले र्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न बताए । ‘निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ, यो नि:शुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं,’ उनले भने । कम्पनीकाे अनुसार प्रशिक्षण कार्यक्रम सबै उमेर र पृष्ठभूमिका महिलाहरूको लागि खुला हुनेछ ।
सिन्धुली पुग्याे ट्रियो इलेक्ट्रिक अटो
हेटौंडा । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सिन्धुलीमा सार्वजनिक भएको छ । सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितीमा सार्वजनिक गरेका थिए । सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो । ८ लाख ४० हजार मूल्य तोकिएको यस अटोले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालि रहेकाे छ ।
एक कम्पनीलाई मात्र फाइदा हुनेगरी प्रस्ताव खोलेको भन्दै रोकियो यातायात अटोमेसनको प्रक्रिया
फाइल फाेटाे काठमाडौं । यातायात कार्यालयलाई अटोमेसनमा लैजाने प्रक्रिया तत्काल रोकिएको छ । बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल उक्त प्रक्रिया राक्न श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई परिपत्र गरेसँगै प्रक्रिया रोकिएकोे हो । मुख्यमन्त्री कार्यालयले कुनै एक कम्पनीलाई मात्र लाभ हुनेगरी यातायात मन्त्रालयले प्रस्ताव आह्वान गरेको भन्दै रोक्न परिपत्र गरेको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै यातायात कार्यालयलाई अटोमेसन गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो । प्राविधिक सहयोगका लागि खोलिएको प्रस्तावमा आशंका गर्दै मुख्यमन्त्री कार्यालयले रोक्न निर्देशन दिएको हो । मन्त्रालयले प्रस्ताव खोलेर मूल्यांकनको चरणमा मुख्यमन्त्री कार्यालयबाट रद्द गर्न परिपत्र गरेसँगै यातायात कार्यालय अटोमेसनमा जाने प्रक्रिया रोकिएको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । उनका अनुसार पुरानो प्रक्रिया रोकेर नयाँमा जानुपर्दा केही समय लाग्ने भएको छ । ‘हाम्रो योजना आगामी आर्थिक वर्ष सबै यातायात कार्यालयलाई अटोमेसनमा लैजाने थियो, सोही योजना अनुसार काम पनि भएको थियो’, उनले भने, ‘मुख्यमन्त्री कार्यालयको निर्देशनसँगै तत्काल अटोमेसनको काम रोकिएको छ, पुन नयाँ प्रस्तावसँगै बोलपत्र आह्वान गरेर प्रक्रिया सुरु गर्दा समय लाग्छ ।’ प्रक्रिया सुरु गर्दा नै ४ महिना लाग्ने उनको भनाई छ । मन्त्रालयले अटोमेसनका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो । तर मन्त्रालयले तोकिएको रकमभन्दा कम हुनेगरी अटोमेसनका लागि प्राविधिक प्रस्ताव आह्वान गरेको थियो ।
एभरेष्ट बैंक र क्वीक फक्सबिच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौता
काठमाडौं । एभरेष्ट बैंक र क्वीक फक्सबिच रोबोटिक प्रोसेस अटोमेशन सम्बन्धी सम्झौता गरेको छ । एभरेष्ट बैंकले आफ्नो विभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कायर्हहरु अटोमेशन गर्नको लागि क्वीक फक्स कन्सल्टिङसंग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शूरु गरेको हाे । एभरेष्ट बैंक निरन्तर रुपमा सबल हून, प्रतिस्पर्धी रहन र आफ्नो ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेशनको यात्रा शूरु गरेको हो । बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहूने र एकै प्रकृतिका समेत हुने भएको हाे । जसलाई पुरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नू पर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रूटीपुर्ण हून सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो । स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२३ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
सिंहदरबारमा ५ लाख खर्चेर अटोमेटिक धारा जडान गरिने
काठमाडौं । खानेपानी मन्त्रालयले सिंहदरबारभित्र अटोमेटिक (सेन्सर) धारा निर्माण गर्ने भएको छ । दुरदराजबाट सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयले सुरुवाती चरणमा चार स्थानमा धारा निर्माणको तयारी भएको जनाएको छ । मन्त्रालयका सचिव मणिराम गेलालले सुरुवाती चरणमा ४ स्थानमा छिट्टै अटोमेटिक धारा स्थापना गरिने बताए । ‘हामीले यही साता धारा जडानसक्ने लक्ष्य लिएका थियौं, धारा जडान गर्न भन्दा पनि धाराबाट निस्कने पानीको व्यवस्थापनमा केही समय लाग्ने भएर जडान भएन, अब २/३ दिनभित्रै सिंहदरबारभित्र धारा जडान भैसक्छन्,’ उनले भने । मन्त्रालयले धारा निर्माणको सम्पूर्ण जिम्मा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिएको छ । खानेपानी लिमिटेडले ५ लाख रुपैयाँ लगानीमा सिहंदरबारका ४ स्थानमा धारा जडान गर्न लागिएको जनाएको छ । सचिव गोलालले सिंहदरबारभित्र पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने भन्दै जार र बोतलको पानी विस्थापन हुने बताए । सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताउँदै पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताए । खानेपानी मन्त्री अब्दुल खानले सिंहदरबारभित्र सबैले मेलम्चीको पानी पिउनुपर्ने बताए । उनले सिंहदरबार आएका सबै जनालाई खानेपानी उपलब्ध गराउन विभिन्न स्थानमा पानीका धारा जडान गर्न लागिएको बताए । ‘अब प्रधानमन्त्रीले पनि मेलम्चीको पानी पिउनुपर्छ, प्रधानमन्त्रीलाई मेलम्चीको पानी पिलाएर सिंहदरबारभित्र जडान गरिएको धारा उद्घाटन गर्ने तयारीमा छौं,’ उनले भने । पहिलो चरणमा सिंहदरबार भित्र जडान हुने अटोमेटिक धारा विस्तार विमानस्थल, बसपार्क, सरकारी अस्पताल लगायत धेरै भिड हुने स्थानमा जडान गरिने उनले बताए । आफू मन्त्री भएपछि पहिलो उद्देश्यका रूपमा सिंहदरबारभित्र जार र बोतलको पानी निषेध गर्ने लक्ष्य राखेकोमा सो पूरा भएको बताउँदै अब सार्वजनिक धारा राख्ने दोस्रो उद्देश्य रहेको उनले बताए । यस्तै, उनले तेस्रो उद्देश्यका रूपमा नेपालभरि नै खानेपानी सर्वसुलभ रूपमा पुर्याउने र चौथो उद्देश्यको रूपमा नेपालको पानी खाडी राष्ट्रहरू साउदी अरब, दुबई, कतार देशमा कसरी निर्यात गर्न सकिन्छ त्यसबारेमा काम गर्न लागिपरेको बताए ।
गाडी निर्माता र बैंकर्सको चेपुवामा अटो व्यवसायी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा नयाँ गाडीहरु ल्याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । चार पाँग्रे गाडी आयात खुला भएतापनि बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको उनीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्र कुमार उप्रेती बैंक तथा वित्तीय संस्थाले सहज रुपमा कर्जा नदिँदा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको बताए । ‘आयात खुल्यो तर व्यवसायीले गाडी ल्याउन सकेका छैनन्, राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा कडाइ गरेका छन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी समेत बिक्री भएन’, उनले भने । उनले अटो लोनमा गरिएको कडाई तथा जोमिख भारलाई नहटाईएसम्म अटो व्यवसाय सामान्य अवस्थामा फर्कन नसक्ने बताए । ‘अटो लोनमा कडाई गर्दा नयाँ गाडी खरिद गर्नेहरुलाई समस्या भयो, बैंक तथा वित्तीय लोन दिएनन, नगद पैसा तिरेर गाडी किन्नेहरु न्यून छन्’, उनले भने, भएका गाडी बिक्री भएका छैनन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो ।’ उनले गाडी निर्माता कम्पनीहरुले व्यवसायीहरुलाई नयाँ गाडी लैजान प्रेसर गर्न थालेको बताए । ‘पहिला गाडी आयातमा प्रतिबन्ध लाग्दा हामी व्यवसायीलाई सजिलो थियो, अहिले आयात खुलेको छ, गाडी किन्ने मानिस नहुँदा तथा बैंकले फाइनान्समा कडाई गर्दा गाडी ल्याउन सक्ने अवस्था छैन’, उनले भने, ‘आयात खुला भयो, गाडी लैजाउँ भन्दै कम्पनीले फोर्स गर्न थालेको छ, पहिला एकलौटी काम भएको थियो, अहिले एलसी खेल्न र नयाँ गाडीहरु ल्याउन कम्पनीले दबाब दिन थाल्यो ।’ कर्जा नदिँदा ३२ सय गाडी रोकिए नाडाले बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा ७ महिनादेखि विभिन्न भन्सार नाकामा गाडीहरु रोकिएको जनाएको छ । नाडाले व्यवसायीहरुले ल्याएका कमर्सियल तथा निजी प्रयोजनका भेकल भन्सारमै राखिएको जनाएकोे छ । नाडा अध्यक्ष धुब्र थापा ७ महिनाादेखि ३ हजार २ सयभन्दा बढी गाडिहरु नाकामै राखिएको बताउँछन् । उनले बैंक तथा वित्तीय संस्थाले अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गर्नुपर्ने लगायतका कुरा सम्बोधन नहुँदासम्म व्यवसायीहरु समस्यामा पर्ने बताए । यस्तै, नाडाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवाहारिक बुँदाहरुको संशाेधनका लागि आग्रह गर्दै आएको छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे ८ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको थियो । नाडाले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन नै गरेका थिए ।
अटो व्यवसायी पानी बिनाका माछा भए : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले अटो व्यवसायी पानी बिनाका माछा भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) को ४६औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले सो बताएका हुन् । ‘अटो व्यवसायी पानी बिनाका माछा भए, राज्यले सोचेर नीति बनाउनु पर्छ,’ उनले भने । उनले आयात प्रतिबन्ध गर्दा ठूलो समस्या व्यहोर्नु परेको समेत बताए । ‘आयात प्रतिबन्ध सफल भएन, अनाधिकृत व्यापार बढ्यो, राजश्व घट्यो, बजार सुस्त भएर अर्थतन्त्र सुस्त भयो,’ उपाध्यक्ष श्रेष्ठले बताए । पछिल्लो समय बजारमा नैराश्यता रहेको बताउँदै उनले भने- ‘२ दर्जनले आत्महत्या गरे, कयौं डिप्रेसनको औषधि खाइरहेका छन्, यसको समाधान कसले गर्ने हो ? राज्यले जवाफ दिनु पर्छ ।’ साथै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध वार्षिक मौद्रिक नीतिको समीक्षा अपुग भएको उपाध्यक्ष श्रेष्ठको धारणा छ ।
अग्नि ग्रुपको इलेक्ट्रिक थ्री–ह्विलर अटो किन्दा ४० हजारसम्म छुट
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो ‘ट्रियो र यारी’ तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो । कम्पनीले यसै अवसरमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणा समेत गरेको छ । यो छुट बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका सबै महिन्द्रा शोरुमहरुमा लागु हुने कम्पनीले जानकारी दिएको छ । यस अफर अन्तर्गत नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गर्दा ग्राहकले ४० हजारसम्मको नगद छुट पाउनेछन् । कम्पनीको अनुसार यो योजना २०२३ को पूरै फेब्रुअरी महिना भरका लागि लागु हुनेछ ।
यी हुन् अटो एक्स्पोमा राखिएका ६०० किलोमिटरसम्म रेञ्ज दिने विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता
नयाँ दिल्ली, भारत । बुधबारदेखि भारतको नयाँ दिल्लीमा अटो एक्स्पो २०२३ सुरु भएको छ । बुधबार भारतको ग्रेटर नोयडामा अटो एक्स्पो २०२३ सुरु भएको हो । प्रदर्शनीमा विभिन्न कम्पनीले विभिन्न मोडलका गाडीहरु प्रदर्शनीमा राखेका छन् । । एक्स्पोमा विशेष गरेर विद्युतीय सवारी साधनहरुको बाहुल्यता छ । बुधबार अर्थात् पहिलो दिन ५९ मोडलका सवारी साधनहरु सार्वजनिक गरिएको थियो । जसमा सबैभन्दा बढी विद्युतीय गाडीको नै वर्चश्व थियो । बुधबार आधा दर्जन बढी कम्पनीले विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेका थिए । बुधबार मारुती, सुुजुकी, हुन्डाई, टाटा, किआ, एमजी र बीवाईडी कम्पनीहरूले करिब दुई दर्जन मोडलका विद्युतीय गाडी प्रदर्शन गरेका छन् । ती विभिन्न कारहरु २०२३ देखि २०२५ सम्म भारतीय बजारमा आउन आउने बताइएको छ । प्रदर्शनीमा मारुतीको इभीएक्स, हुण्डाई आइकोनिक–५, आइकोनिक–६, टाटा सियरा, टाटा हैरियर, टाटा कर्व, टाटा अविन्या, एमजी इएचएस, एमजी फोर, एमजी फाइभ, मिफा–८ र किया ईभी–९ लगायतका विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएका छन् । एक्स्पो सर्वसाधारणका लागि भने भोलि अर्थात् शुक्रबार मात्रै खुल्ला गरिने छ । दुई पाँग्रे सवारी साधनहरु पनि प्रदर्शनीमा उल्लेख्य मात्रामा छन् । टर्क मोटर, लाइजर, मेटर, कार्टस्, भिडा, बजाज, टीभीएस लगायतका ब्राण्डले ईभी प्रदर्शनीमा राखेका छन् । यस्ता छन् कारका विशेषता इभीएक्स भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले अटो एक्स्पो २०२३ मा ईभीएक्स विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस ईभीको लम्बाइ ४ हजार ३०० एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६०० एमएम रहेको बताइएको छ । यस कारमा ६० किलोवाट आवरको ब्याट्री प्याक, ५५० किलोमिटरसम्म ड्राइभिङ रेन्ज र मूल्य अधिकतम् २० लाख रुपैयाँ भारु तोकेको छ । यो गाडी २०२५ सम्म बजारमा ल्याउने बताइएको छ । आइकोनिक–५ र ६ कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले इलेक्ट्रीक कार आइकोनिक ५ र आइकोनिक –६को सार्वजनिक गरेको छ । यी दुवै कारण धेरैले रुचाइएका मध्येका कार हुन् । आइकोनिक–५ मा ६२१ किलोमिटर रेञ्ज, ७२.६ किलोवाट आवरको ब्याट्री छ भने ४४.९५ लाख रुपैयाँ भारु मुल्य निर्धारण गरिएको छ । हुण्डाई आइकोनिक–६ को भने ७७.४ किलोवाट ब्याट्री, ६१० किलोमिटरको रेञ्ज रहेको छ । यो कारको मूल्य भने निर्धारण गरिएको छैन । टाटा टाटा कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस कम्पनीले टाटा कर्व, टाटा अविन्या, टाटा हैरियर र टाटा सियरा कार प्रदर्शनीमा राखेको छ । यी सबै गाडीहरु २०२४ देखि २०२५ भित्र बजारमा पठाउने कम्पनीको दावी छ । यी गाडीहरुको रेञ्ज ४०० देखि ५०० किलामिटरसम्मको रेञ्ज छ । एमजी एमजीले पनि विभिन्न मोडलका विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । एमजी इएचएस, एमजी फोर, एमजी फाइभ मोडलका विद्युतीय गाडी प्रदर्शनीमा छन् । एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने अनुमान गर्न थालिएको छ । एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । एमजी फोरको ५१ देखि ६४ किलोवाट आवरको ब्याट्री अप्सनमा छ । एमजी फाइभको पनि ४०२ किलोमिटर रेञ्ज र ६१.१ किलोवाट ब्याट्री छ । एमजीको विद्युतीय कार एमजी जेडएस ईभी नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको थियो । किया ईभी–९ किया मोटर्सले प्रदर्शनीम किया ईभी–९ मोडलको विद्युतीय कार राखेको छ । यस कारले एक पटकको फुल चार्जमा ५४० किलोमिटरको रेन्ज दिने बताइएको छ । इभी ९ को लम्बाइ ४९३० एमएम, चौडाइ २०५५ एमएम र उचाइ १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेसको लम्बाइ भने ३१०० एमएमको रहेको छ । यस कारलाई २० मिनेट चार्ज गर्दा ८० प्रतिशत हुने बताइएको छ । जसको ७७.४ किलोवाट आवर ब्याट्री प्याक रहेको छ ।
इण्डिया अटो एक्स्पोमा तीन दर्जन कम्पनीका नयाँ मोडलका गाडी प्रदर्शन (फोटोफिचर)
नयाँ दिल्ली, भारत । भारतमा आज बुधबारदेखि अटो एक्स्पो सुरु भएको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो अटो एक्स्पो आयोजना गरेका हुन् । उक्त अटो एक्स्पो सन् २०२३ को जनवरी ११ मा सुरू हुनेछ भने १८ सम्म जारी रहनेछ एक्स्पो ग्रेटर नोएडामा सञ्चालन भएको छ । जनवरी ११ र १२ गते पत्रकारहरुका लागि मात्रै खुल्ला गरिएको छ भने १३ गते व्यवसायिक प्रदर्शनी गरिने बताइएको छ । एसआइएएका अनुसार यस पटकको अटो एक्स्पोमा विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई प्राथमिकतामा राखिनेछ । एक्स्पोमा करिब तीन दर्जन कमपनीहरुको गाडीहरु प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा टर्क मोटर्स, हिरो इको टेक, म्याटर मोटर्स, ओकिनावा अटोटेक लगायत दुई पांग्रे एवम् तीन पांग्रे सवारी निर्माता कम्पनीहरूको सवारी साधन प्रदशर्नी राखिएका छन् । एक्सपोमा टाटा मोटर्स, सुजुकी, मारुती, हुन्डाई मोटर्स, किया इन्डिया, एमजी मोटर इन्डिया, बीवाईडी इन्डिया, अशोक लेल्यान्ड र टोयोटा नयाँ मोडलका गाडी सार्वजनिक गरेका छन् । यस्तै, ओकिनावा अटोटेक, ग्रीभ्स कटन, हिरो इको टेक, स्लेजह्यामर वर्क, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, क्वान्टम इनर्जी, एलएमएल इमोशन्स र ब्लाइभ ३ ईभी एक्स्पोमा प्रदर्शनीमा राखिएका छन् ।
टाटाका नक्कली पार्टस् पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक ढुङ्गेअड्डाबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । निज व्यक्तीले लामो समय देखि भारतबाट अबैध रुपमा नक्कली पार्टसहरु झिकाई बिक्री वितरण गर्दै आईरहेको जनगुनासो ब्यापक रुपमा पाईएको हुँदा सो न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा निज ब्यक्तीले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाईएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ । रौनियार मात्र नभएर देशै भरी अन्य व्यक्तीहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा निजले बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।
सरकारविरुद्ध आन्दोलन जारी राख्ने अटोमोवाइल व्यवसायीहरुको निर्णय
काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा शुक्रबार र शनिबार नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो । सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान र १५० सिसिभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि उच्च ब्याजको कारण सहजता आउन नसकेको र व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्राे चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ । नाडाले मिति मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो । भेलाले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने र व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । सोहि दिन बसेको नाडाको १३ औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडाैंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।
चितवमा भेला हुँदै अटो व्यवसायी, आगामी कार्ययोजनाको विषयमा छलफल हुने
काठमाडौं । नेपाल अटोमोबाइल्स एशाेसिएशन अफ नेपाल (नाडा)ले चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत भेला गर्ने भएको छ । नाडाले पुस ८ र ९ गते गते चितवनको पार्क सफारी रिर्सोटमा पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा केन्द्रिय कार्य समिति भेला गर्ने भएको हो । भेलाबाट नाडाले अटोमोवाइल क्षेत्रले बैंकहरुको उच्च व्याजदर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्ने जानकारी दिएको छ । नाडाले मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो । कार्यक्रम सम्पन्न हुन अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने बताइएको छ ।
नाडाको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइलको साथ
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले साथ दिएको छ । नेपाल सरकारले चार पाँग्रे गाडी आयातमा लगाएको प्रतिबन्ध तथा राष्ट्र बैंकको नीतिको विरोध गर्दै आएको नाडालाई पश्चिमाञ्चल अटोमोवाइलले साथ दिएको हो । नाडाको आन्दोलनलाई साथ दिदैँ नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा भएको धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एशोसिएशन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समेत समर्थन र एक्येवद्धता जनाएका थिए । उक्त धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एन वाइइएफका अध्यक्ष सुयस मल्ल लगायतले आन्दोलनको औचित्य र आवश्यकता बारे आ धारणा राखेका थिए । धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिम भार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने जस्ता मागहरु राखेका थिए ।
व्यवसायीका माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने अटो व्यवसायीहरुको चेतावनी
काठमाडौं । अटो व्यवसायीहरुले माईतीघर मण्डलामा धर्ना दिएका छन् । बिहीवार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरेका छन् । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए । धर्ना कार्यक्रममा बोल्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताए । उनले गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको बताए । उनले सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने, ,५० प्रतिशतमात्रै फाइनान्सिङ मात्रै गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको बताए । उनले सरकारले गाडी आयात गर्न दिने निर्णय भएपनि प्रतिवन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने जानकारी दिए । उनले सरकाले गाडीको आयात खुलेपनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने बताए । अध्यक्ष थापाले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने जानकारी दिए । उनले आयात खुल्ला भएपनि तत्काल गाडी ल्याउनसक्ने अवस्था नभएको बताए । अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाब मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरुका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । उनले नाडाले अटो व्यवसायीहरुको हकहीतको लागि चरणवद्ध आन्दोलन गरेको बताए । उनले सरकारको अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरुमा हुनुपर्ने व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था आएको बताए । उनले अटो क्षेत्रका लागि राष्ट्र बैंकले बनाएका नीतिहरु व्यवसायीहरुले गरिखान दिन खालको नभएकोमा जोड दिए । उनले बजारमा तरलता अभाव,ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको बताए । राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्याएको छ । व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ । नेपाल राष्ट्र बैँकद्वारा जारी चालु पुँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्न माग गरेको छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने माग रहेको छ । अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने माग रहेको छ । त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने माग रहेका छन् । धर्नामा व्यवसायीहरुले जस्ले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार व्याजदर कहिले घट्छ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर व्यवसायी आन्दोलित भएका छन् ।
कर दिवसको अवसरमा बालाजु अटो वर्कस सम्मानित
काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ । आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे हाे । बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।