काठमाडौं । नेपाल अटोमोबाइल्स एशाेसिएशन अफ नेपाल (नाडा)ले चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत भेला गर्ने भएको छ ।
नाडाले पुस ८ र ९ गते गते चितवनको पार्क सफारी रिर्सोटमा पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा केन्द्रिय कार्य समिति भेला गर्ने भएको हो ।
भेलाबाट नाडाले अटोमोवाइल क्षेत्रले बैंकहरुको उच्च व्याजदर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्ने जानकारी दिएको छ ।
नाडाले मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी मंसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
कार्यक्रम सम्पन्न हुन अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने बताइएको छ ।