७५३ स्थानीय तहमा खुल्यो अधिकृत र सुब्बाको जागिर 

काठमाडौं । सबै स्थानीय तहहरुमा जागिर खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहरुमा रोजगार संयोजक मागेको हो । मन्त्रालयले शाखा अधिकृत र नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो । मन्त्रालयले ७०५ जना अधिकृत र ४८ जना नायब सुब्बाका लागि आवेदन मागेको हो । उनीहरुको कार्यकाल एक बर्षको हुनेछ । २१ बर्ष पुरा भएर ४५ बर्ष नकटेकाहरुले आवेदन दिन सक्नेछन् । नेपाली र अंग्रेजी टाईप, इमेल इन्टरनेट सञ्चालन र सूचना प्रणाली व्यवस्थापन(एमआईएस)को ज्ञान हुनुपर्नेछ । सरकारले एक सय दिन रोजगारी दिने योजना अनुसार अघि सारेको कार्यक्रम कार्यान्वयनका लागि सबे स्थानीय तहहरुमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो ।

कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर ढुङ्गाना

काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिरकुमार ढुङ्गाना नियुक्त भएका छन् । मन्त्रीपरिषद्को गत पुस २९ गतेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव ढुङ्गानालाई कोषको अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । कर्मचारी सञ्चय कोष ऐन २०१९ (आठौं संशोधन २०५३) ले कोषको अध्यक्षमा सरकारबाट नियुक्त कुनैपनि व्यक्ति कोषको अध्यक्ष रहने प्रावधान छ । सोही बमोजिम कोषमा ढुङ्गानालाई अध्यक्ष नियुक्त गरिएको हो । ढुङ्गाना यसअघि पनि काेषकाे अध्यक्ष थिए । अर्थ मन्त्रालयबाट सरुवा भए पनि उनलार्इ अध्यक्षकाे जिम्मेवारीमा निरन्तरता दिइएकाे छ ।

शुक्रबार ७५३ जना अधिकृत र नासु खुल्दै, समावेशी कोटा हटाइयो यसरी भर्नुस् अनलाइन फारम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्न करारमा कर्मचारी भर्ना गर्ने भएको छ । ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो । सरकारले शुक्रबार देशभर अनलाइन फारम खुलाउने भएको हो । प्रत्येक स्थानिय तहमा एक जना रोजगार संयोजक रहनेगरी विज्ञापन आव्हान गर्न लागिएको हो । कर्मचारी छनोट वैज्ञानिक पद्धतिबाट गरिने भएको छ । जसमा ७० नम्बर सिधै फारम भरेको आधारमा प्रतिस्पर्धीले प्राप्त गर्नेछ भने ३० नम्बर प्रयोगात्मक परिक्षाबाट प्रदान गरिनेछ । १० हजार भन्दा कम जनसंख्या रहेको स्थानिय तहमा नायब सुब्बा नियुक्ति गरिनेछ भने १० हजार भन्दा बढी जनसंख्या भएको तहमा शाखा अधिकृत राखिनेछ । मन्त्रालयको अनुसार यसरी नियुक्ति भएका कर्मचारीहरुको सेवा सुविधा हाल करार सेवाका कर्मचारीले पाइरहेका अनुसार हुनेछ । मन्त्रालयले आवेदन भरेका मध्ये सुरुमा २३ सय जनाको नाम निकाल्नेछ । यसमध्ये ७५३ जनाको नाम निकालिने छ । यदि थप कर्मचारी आवश्यक परेको खण्डमा वैकल्पिक उम्मेदवारबाट छनोट गरिनेछ । यस परिक्षामा समावेशी कोटालाई भने हटाईएको छ । कर्मचारीले प्रर्दशन गरेको काम अनुसार म्याद थप गर्ने नगर्ने निर्णय सरकारले गर्नेछ । चालू आर्थिक वर्षको लागि प्रधानमन्त्री रोजगार कोषमा ३ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । यसरी भर्नुस् अनलाइन फारम