स्वावलम्बन लघुवित्तका नायब महाप्रबन्धक चापागाँईले सम्हाले कार्यभार

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक गोबिन्द चापागाँईले आज (असार २१ गते) बाट कार्यभार सम्हालेका छन् । गत असार १५ गते नायब महाप्रबन्धकमा नियुक्त भएका चापागाँईले ६ दिनपछि आफ्नो कार्यभार सम्हालेका हुन् । संस्थाको सञ्चालक समितिको बैठकले उनलाई नायब महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले चापागाँईलाई एक वर्षको लागि वित्तीय संस्थाको नायब महाप्रबन्धकमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त नायब महाप्रबन्धक चापागाँईले २०७९ असार २१ गतेसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रामशरण पुडासैनी लिए शपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक संचालक समितिको आईतबार(असार २० गते) बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् । यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे निर्वाचित

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्वाचित भएका छन् । असार २१ गते सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारणसभाले सञ्चालकमा दुई जनालाई निर्वाचित गरेको हो । सभाले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी चार वर्षको लागि सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै नवनियुक्त दुबै सञ्चालकले आगामी चार वर्ष अर्थात २०८२ असार २१ गतेसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । सभाले संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ । साथै, सभाले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।